Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चार नयाँ घातक यौनरोगहरूबाट स्वास्थ्यकर्मी त्रसित

सधैँभरि नयाँ नयाँ रोगहरू उत्पत्ति भइरहेका हुन्छन् र यौनरोगहरू अपवाद होइनन्।यहाँ चार त्यस्ता जीवाणु (ब्याक्टेरिया) बारे कुरा छन् जुन भविष्यमा जनस्वास्थ्यका लागि गम्भीर खतरा बन्न सक्छन्।

१. नीसेरिया मेनिन्जाइटाइड्स निसेरिया मेनिन्जाइटाइड्सलाई मेनिन्गोकोकस पनि भनिन्छ। यसले कडा किसिमको मेनिन्जाइटिस बनाइदिन्छ। यसले मस्तिष्क र मेरुदण्ड बचाउने झिल्लीहरूमा आक्रमण गर्छ। यो मूत्रेन्द्रियहरूमा सङ्क्रमण गर्ने रोगका रुपमा परिचित हुँदै गइरहेको छ। सन् १९७० मा गरिएको एउटा महत्वपूर्ण अध्ययनमा एउटा भाले चिम्पान्जीले आफ्नो यौनाङ्ग आफ्नै मुखले चलाउँदा कसरी उसको नाक र घाँटीबाट मूत्रमार्गमा सङ्क्रमण भयो भन्ने जानकारी थियो।

लेखकहरूले भनेका छन्, \"यो प्राणीले बारम्बार स्वयं आफ्नो यौनाङ्ग चलाइरहन्छ।\" घातक निसेरिया मेनिन्जाइटाइड्स सर्ने प्रमुख माध्यम भनेको मुखमैथुन होपाँचदेखि १० प्रतिशत वयस्कहरूको नाक र घाँटीमा नीसेरिया मेनिन्जाइटाइड्स भएको हुन्छ। अध्ययनहरूका अनुसार संक्रमितहरूले आफ्ना पार्टनरहरूलाई गहिरो चुम्बन या मुखमैथुनमार्फत रोग सार्छन्।अनुसन्धानकर्ताहरू अहिलेसम्म कसरी यो डरलाग्दो यौनजन्य सङ्क्रमण युरोप, क्यानडा र अमेरिकाका समलैंगिक र अन्य पुरुषहरूमा फैलियो भन्नेबारे निश्चित भइसकेका छैनन।तर एकजना हेटेरोसेक्सुअलसहित केही पुरुषहरूसँग गरिएको नीसेरिया मेनिन्जाइटाइडीससम्बन्धी अध्ययनले मुखमैथुनका कारण सङ्क्रमण सरेको देखाएको थियो।सन २०१५ मा विभिन्न अमेरिकी शहरहरूमा फैलिएको मूत्रमार्ग सङ्क्रमणको निसेरिया मेनिन्जाइटाइड्समा नजिकको बंशाणुगत समानता भएको निसेरिया गोनोरोहियासको ब्याक्टेरियासँग डीएनए म्युटेशन गरेर भएको थियो। यसरी बनेको ब्याक्टेरिया यौनसम्पर्कबाट सजिलै सर्छ।नीसेरिया मेनिन्जाइटाइड्सका पाँच प्रकारले विश्वका धेरै सङ्क्रमण गराएका छन्। सौभाग्यबस, दुईवटा खोपले सबै पाँच किसिमका रोगबाट रोकथाम गर्न केही सहयोग पुर्‍याउँछन्।

२. माइकोप्लाज्मा जेनिट्यालियम माइकोप्लाज्मा जेनिट्यालिअम नामक जीवाणु महिला प्रजननका लागि खतरनाक हुन्छ  । माइकोप्लाज्मा जेनिट्यालिअम सबैभन्दा सूक्ष्म ब्याक्टेरियामध्ये हो तर यसको सङ्क्रमणको चिन्ता ठूलो हुँदै गइरहेको छ।सन् १९८० मा पत्ता लागेको यो ब्याक्टेरियाले एकदेखि दुई प्रतिशत मानिसहरूलाई सङ्क्रमण गर्छ। यो खासगरी किशोर उमेरमा धेरै देखिने गरेको छ।माइकोप्लाज्मा जेनिट्यालियम सङ्क्रमणमा धेरैजसो कुनै लक्षण देखिन्न। पुरुषमा मूत्रप्रणालीमा निरन्तर असजिलो हुने र महिलामा गोनोरोहीया रोगजस्तै लक्षण देखिन सक्छ।

यसले महिलामा सङ्क्रमण गरेर महिलाका प्रजनन प्रणालीलाई असर पार्न सक्छ। बाँझोपन हुने, गर्भ खेर जाने, समयअगावै बच्चा जन्मिने या मृत बच्चा जन्मिने खतरा हुन्छ।कन्डोमको प्रयोगले यो सङ्क्रमणबाट बचाउन सक्छ तर एन्टिबायोटिक एजीथ्रोमाइसीन र डक्सीसाइक्लीनले भने काम गर्दैन जसले गर्दा स्वास्थ्यकर्मीहरू चिन्तित छन्।पब्लिक हेल्थ सियटल एण्ड किङ काउन्टी एचआइभी/एसटीडी कार्यक्रमका निर्देशक म्याथ्यु गोल्डेन भन्छन्, \"जति यो रोग औषधी प्रतिरोधी बन्छ, त्यति नै यो फैलँदै जान्छ।\"परीक्षणहरूले माइकोप्लाज्मा जेनिट्यालियमको सङ्क्रमण फैलिनबाट रोक्न सकिन्छ।तर पिसाब परीक्षण र भजाइनल स्वाबको परीक्षणहरू अमेरिकाका नियममा रहेका कठिनाइहरूका कारण विरलै गरिन्छ।

३. शीगेला फ्लेक्सनरी

शीगेलोसीस अथवा शीगेला डिसेन्ट्री मानिसको दिशासँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कबाट फैलिन्छ।यो सङ्क्रमणमा नराम्ररी पेट दुख्छ, रगत र मासी मिसिएको पखाला लाग्छ जसले ब्याक्टेरिया फैलिन मद्दत पुग्छ।साना बालबालिका र न्यून तथा मध्यम आय भएका देशका घुमन्तेहरूमा साधारणतया देखिने भएपनि अनुसन्धानकर्ताहरूले महिला र पुरुष दुबैसँग यौन सम्पर्क राख्ने पुरुषहरूमा यो रोग हुने गरेको गरेको पाएका छन्।एस फ्लेक्सनरी भन्ने ब्याक्टेरियाले मलद्वार-मुखमैथुन गर्दा संक्रमित गर्ने यो यौनरोगका कारण संसारभर पटक पटक महामारी फैलिएको वैज्ञानिकहरू विश्वास गर्छन्।न्यूयोर्कका डिपार्टमेन्ट अफ हेल्थ एन्ड मेन्टल हाइजिनका आयुक्त भन्छन्, \"यौनसम्पर्कका माध्यमबाट सर्ने रोगहरू एन्टिबायोटिक प्रतिरोधी बन्दै गइरहेका छन्।\"यो रोगको उपचारका लागि औषधीभन्दा पनि यसको पीडादायी तर केही समयमा निको हुने गुणको कारण सहनु ठिक हुने बताएका छन्।

४. लीम्फोग्र्यानुरोमा भेनेरम(एलजीभी)वान मेडिकल क्लिनिकका डा. क्रिष्टोफर सिसेल भन्छन्, \"यो यौन सम्पर्कका माध्यमबाट सर्ने असाध्यै नराम्रो सङ्क्रमण हुन सक्छ।\"एलजीवीले शुरूमा यौनाङ्गमा फोका वा घाउ बनाउन सक्छ र त्यसपछि शरीरको लिम्फ्याटिक प्रणालीलाई असर पर्न सक्छ।मलद्वारमा सङ्क्रमण भएमा यो मलद्वारको रोगजस्तै लाग्न सक्छ, जसले फिस्टुलाजस्ता गम्भीर दीर्घकालीन समस्या उत्पन्न गर्न सक्छ।गएको दशकमा एलजीभी युरोप र उत्तरी अमेरिकामा बढ्दो देखिएको छ र यो समलिंगी वा अन्य पुरुषहरूमा अरू थुप्रै किसिमका रोग उत्पन्न गर्ने रोग भनेर चिनिन थालेको छ।यौन सम्पर्कका बेला कन्डोम लगाउने हो भने सङ्क्रमणको खतरा कम गर्न सक्छ। एलजीबीको उपचारका लागि तीन हप्ता एन्टीबायोटिक सेवन गर्नुपर्छ। बिबिसिबाट

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies