Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सवारी दुर्घटनाको  बृद्धि डरलाग्दो  हुदैँ

रोल्पा । रोल्पा सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको यात्रुवाहक जीप दुर्घटना हुँदा जीपमा सवार दुईको ज्यान गयो । २० यात्रु लिएर सवार लु १ ज ३३३२ नम्बरको उक्त जीप सडकबाट करीब १०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका थिए । केही दिन अघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेको आशिरवाद प्रालिको ग १ ख ५५२१ नम्बरको बस दुर्घटनाग्रस्त भयो । सो दुर्घटनामा समेत दुईले ज्यान गुमाए भने २६ घाइते भए । छोटो अवधिमा भएका यी दुईवटा दुर्घटनाले जिल्लावासीलाई चिन्तित बनायो । सवारी दुर्घटनामा परी पुस महीनामा मात्रै सातले ज्यान गुमाए भने २६ घाइते भए । रोल्पामा पछिल्ला दिनमा सवारी दुर्घटनामा परी घाइते हुने तथा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म १२ ले ज्यान गुमाइसकेका छन् । यो अवधिमा एक दर्जन बढी गम्भीर घाइते भए भने चार दर्जन बढी सामान्य घाइते भए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार हरेक वर्ष यातायात दुर्घटनाको सङ्ख्या बढी रहेको छ । आव ०७३÷०७४ मा रोल्पामा भएको सवारी दुर्घटनामा परी पाँचले ज्यान गुमाएका थिए । उक्त वर्ष सामान्य र गम्भीर घाइतेको सङ्ख्या २७ थियो । आव ०७४/०७५ मा सवारी दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेको सङ्ख्या ह्वात्तै बढेको ट्राफिक प्रहरी कार्यालयको अभिलेखमा देखिन्छ । सो वर्ष १८ को मृत्यु भयो भने २८ घाइते भए । चालू आवको छ महीनामा भएको सडक दुर्घटनाबाट प्रभावित हुनेको सङ्ख्यामा आएको वृद्धिले जिल्लाको यातायात व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ । दुर्घटनाको मुख्य कारण ट्राफिक नियम पालना नगरेर सवारी चलाउने तथा ट्रयाक नखुल्दै सवारी चलाउन खोज्दा दुर्घटना बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अम्मर थापाले बताउनुभयो । समितिको अनुमति बिना नै यात्रुले जबर्जस्ती सवारी सञ्चालन गर्न दबाब दिने गरेका कारण पनि दुर्घटना बढेको छ कार्यालय प्रमुख थापाले भन्नुभयो । सडक मापदण्ड विपरीत हचुवाको भरमा निर्माण गरिनु र ती सडकमा १८ वर्ष नपुगेका किशोरले गाडी चलाउँदा दुर्घटना बढिरहेको जिल्लावासीको गुनासो रहेको छ । ग्रामीण सडक रहेका स्थानमा ट्राफिक प्रहरीको पहुँच नहुँदासमेत दुर्घटना बढेको बताइन्छ । रोल्पामा बनेका सडकमध्ये करीब ४८ किलोमिटर मात्र पक्की छ । पक्की सडकबाहेक अन्य सबै सडक बाह्रै महीना सञ्चालन गर्न सकिँदैन । जिल्लामा रहेका राष्ट्रिय र रणनीतिक सडक मात्र बाह्रै महीना चल्ने गर्दछन् । गाउँ गाउँसम्म पुग्ने सबैजसो सडक तोकिएको मापदण्ड नभएका कारण सवारी दुर्घटना बढिरहेको बताइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies