Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

दार्चुलाका स्थानीय निकायको ६ महिनाको खर्च शून्य

दार्चुला । दार्चुलाका ९ स्थानीय तहमध्ये ८ स्थानीय तहको २४ पुससम्मको पुँजीगत खर्च शून्य देखिएको छ । गाउँका सिंहदरबारका रूपमा चिनिएका स्थानीय सरकारमध्ये नौगाड गाउँपालिकाबाहेक अन्य स्थानीय तहको आर्थिक वर्षको ६ महिना पूरा हुनै लाग्दा पनि पुँजीगत खर्च एक रुपैयाँ पनि हुन सकेको छैन ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ - नौगाड गाउँपालिकाले २४ पुससम्म पुँजीगततर्फ २७ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।  अन्य २ नगरपालिका र ६ गाउँपालिकाले एक रुपैयाँ पनि पुँजीगततर्फको रकम खर्च गर्न सकेका छैनन् ।
यहाँका चार गाउँपालिकाबाहेक अन्यले स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलामा प्रथम चौमासिकको फाँटबारीसमेत बुझाएका छैनन् । आर्थिक अनुशासन कायम गर्न प्रत्येक चौमासिकमा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई फाँटबारी बुझाउनुपर्ने र दोस्रो चौमासिकसम्म ५० प्रतिशत प्रगति भएको हुनुपर्ने भनिएको छ ।
तर, जिल्लाका ८ स्थानीय तहले पुँजीगत रकम खर्च गर्न सकेका छैनन् भने २ नगरपालिका र ३ गाउँपालिकाले २४ पुससम्म चौमासिक फाँटबारी पनि बुझाएका छैनन् । हालसम्म नौगाड, व्यास, मार्मा र दुहुँ गाउँपालिकाले मात्रै कोष तथा लेखा नियन्त्रकको कार्यालयमा फाँटबारी बुझाएको कार्यालयका सूचना अधिकृत इन्द्रसिंह धामीले जानकारी दिए ।
 किन भएन खर्च ?
‘नीति तथा कार्यक्रम समयमै ल्याउन सकिएन, बजेट विनियोजनमा केही समय लाग्यो,’ महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले भने, ‘उपभोक्ता समितिको गठन प्रक्रिया नै ढिलो सुरु भएकाले पुँजीगत खर्च नभएको हो ।’ वडाहरूबाट गरिनुपर्ने कार्यसम्पदान समयमै नभएका कारण र उपभोक्ता समिति गठन प्रक्रिया चलिरहेकाले हाललाई खर्च नदेखिएको उनले बताए । महाकाली नगरपालिकाका प्रशासकीय प्रमुख लोकबहादुर भण्डारीका अनुसार पुस मसान्तसम्म फाँटबारी बुझाउने र पुँजीगत खर्चको काम सुरु हुनेछ ।
पुँजीगत रकम खर्च हुने काम सुरु नै नभएकाले खर्च नदेखिएको शैल्यशिखर नगरपालिकाका लेखापाल शेरसिंह विष्टको भनाइ छ ।  फाँटबारी नपठाएकै कारण खर्च नदेखिएको माकिलार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशसिंह साउदले बताए । उनले पुस अन्त्यसम्म खर्च देखिने जिकिर गरे ।
जिल्लामा सबैभन्दा पहिला उपभोक्ता समिति गठन गर्ने काम सुरु गरेको व्यास गाउँपालिकाले पनि हालसम्म पुँजीगत रकम खर्च गर्न सकेको छैन । बैंक स्थापनामा भएको ढिलाइ र कर्मचारीको टुंगो नलाग्दा खर्च गर्न नसकिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त जोशीले बताए  ।
तिंकर सडकको खर्च १३ करोड
८ स्थानीय तह र १३ सरकारी कार्यालयको २४ पुससम्मको पुँजीगत खर्च शून्य देखिए पनि दार्चुला–तिंकर सडक आयोजनाले भने यो अवधिमा १३ करोड ६८ लाख ८५ हजार ६ सय १८ रुपैयाँ ९८ पैसा खर्च गरेको छ ।
निर्माण व्यवसायीले पेस्की र भुक्तानीसमेत लगेकाले कार्यालयको पुँजीगत खर्च बढेको आयोजनाका सूचना अधिकृत इन्जिनियर दिनेश रैखोलाले जानकारी दिए ।
 प्रदेश कार्यलयको अवस्था पनि उस्तै
सुदूरपश्चि प्रदेश सरकार मातहत रहने ५ कार्यालयमध्ये घरेलु तथा साना उद्योग विकास समिति र जलस्रोत तथ सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाबाहेक अन्यले यो अवधिमा पुँजीगत रकम खर्च गर्न सकेका छैनन् । साना उद्योग विकास समितिले यो अवधिमा ५ लाख ४४ हजार ६ सय ६५ र सिँचाइ सब डिभिजन कार्यालयले ४३ लाख ४५ हजार २ सय १९ रुपैयाँ खर्च गरेका छन् ।
प्रतिकृया दिनुहोस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies