/  Sat, March 23, 2019

ओली सरकारप्रति बाबुराम भट्टरार्इको टीप्पणीः न हाँसको चालमा न कौवाको

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको सरकारको चर्को आलोचना गरेका छन् । नयाँ शक्ति पार्टी जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले सरकारको चर्को आलोचना गरेका हुन् ।

उनले सरकार यही बाटोमा हिँडे जनताले विकल्प खोज्ने बताए । अहिले सरकारको लक्षण गतिलो नदेखिएको पूर्व प्रधानमन्त्री भट्टराईले बताए । राजनीतिक दल र नेतृत्व रुपान्तरण हुन तयार नहुँदा दुई तिहाइको सरकार न हाँसको चाल न कौवाको चाल बनेर अलपत्र भएर बसेको भट्टराईको आरोप छ ।

सरकारले विकास र समृद्घिको न्यूनतम कुराहरु पनि गर्न नसकेको उनले बताए । ‘महिलाहरुमा असुरक्षा बढेको छ, सरकार यस्ता घटनाका दोषी उपर केही गर्न सक्दैन हामी चिन्तित छौँ,’उनले भने ।

विकास निर्माणमा दलीय घेरामा बाँढिन नहुने उनले बताए । व्यक्ति वा निजी क्षेत्रले गर्ने काम राज्यले गर्ने अनि राज्यले गर्ने काम निजी क्षेत्रले गर्न खोज्ने प्रवृत्ति रहेको भन्दै राज्य र निजी क्षेत्रको भूमिका छुट्टायाउनुपर्ने भट्टराईले बताए ।
संघीयता कार्यान्वनमा जाँदा केन्द्रमा रहेको अधिकार स्थानीय तहसम्म नपुगेको गुनासो बढेको भन्दै यसको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने संयोजक भट्टराईले बताए । ‘केन्द्रमा रहेको अधिकार छाड्न संघीय सरकार तयार हुनुपर्‍यो’ उनले भने,‘लोकतन्त्रमा तलसम्म जति अधिकार पुग्यो त्यति समृद्धिको जग बलियो हुन्छ।’

अशोज २९ गते, २०७५ - १६:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । पूर्व गृहमन्त्री समेत...   

नेकपाका तल्ला तहमा धमाधम एकता, १५ जिल्लामा वडा तहसम्म एकीकरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष तहको विवादले जिल्ला र जनसंगठन एकीकरण १० महिनादेखि...   
कोरियाका लागी इपिएस फर्म खुल्ला : लाइन लाग्नु पर्दैन, घरमै बसेर अनलाइनमार्फत भर्नुहोस्

कोरियाका लागी इपिएस फर्म खुल्ला : लाइन लाग्नु पर्दैन, घरमै बसेर अनलाइनमार्फत भर्नुहोस्

काठमाडौं । शुक्रबारदेखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका...   
कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

सुर्खेत । यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट ३६ हजार...   

शिक्षामन्त्री पोखरेल पाटन अस्पताल भर्ना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल...   
उत्तर फर्केर सुते हृदयघात ! कति सुत्ने ? कसरी सुत्ने ?

उत्तर फर्केर सुते हृदयघात ! कति सुत्ने ? कसरी सुत्ने ?

काठमाडौं। स्वास्थ्यका लागि आराम एकदमै महत्वपूर्ण हुन्छ। आरामका लागि मानिसले आनन्दसँग सुत्नुपर्ने...   

रेल किन्दै सरकार : हेर्नुहोस मन्त्रिपरिषदको २१ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को यही चैत ४ गतेको बैठकले रेल खरिददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय...   
अमेरिकी पूर्वराजदूत डेलिसीद्वारा प्रचण्डको प्रशंसा– के लेखे फेशबुकमा ?

अमेरिकी पूर्वराजदूत डेलिसीद्वारा प्रचण्डको प्रशंसा– के लेखे फेशबुकमा ?

काठमाडौं। नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी...   

अमेरिकाले प्रचण्ड समात्ने होईन उजुरी पनि लिन मान्दैन `नो ईन्भेष्टीकेसन सर्कुलर’ जारी

काठमाडौं । अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’...   
महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य

महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य

महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । त्यसमा पनि महिलाको वक्षस्थल अर्थात् वक्षस्थलबाट पुरूषहरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top