Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

'रामवीरले राजीनामा दिएका छैनन्, वामदेव गाैतम चुनाव लड्ने निर्णय भएको छैन्'

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । मिडियामा आएको कुरा झुठो हो भनेर म भन्न सक्दिन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ । तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आँफैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ । अहिले माननीय सांसद रामबीर मानन्धरले राजीनामा दिने भनेर भन्नुभएको छ । तर, राजीनामा दिनुभएको छैन । र, उहाँले राजिनामा दिन जरुरी पनि छैन् । जबसम्म पार्टीको निर्णय हुँदैन्, तबसम्म राजिनामा दिन जरुरी छैन् । पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन् ।’ आयोजित साक्षात्कारमा बोल्दै उनले सरकार कमजोर भयो भनेर पार्टीभित्र असहमतिपत्र दर्ता हुनु स्वभाविक भएको प्रतिक्रिया दिए । उनले भने,‘हाम्रो पार्टीभित्र अहिले लाखौं सदस्यहरु हुनुहुन्छ, सबैले आफ्नो असहमति लिखित रुपमै पार्टीमा दर्ता गराउन सक्नुहुन्छ । लिखित रुपमा दर्ता भएका असहमतिहरुमाथि छलफल हुन्छ ।’ महासेठले सरकार अहिले संकटमा नभएको पनि जिकिर गरे । उनले भने,‘सरकार दुई तिहाईको छ । हामी दायाँ/बायाँ नहेरी अब ५ वर्ष देश र जनताको हितमा काम गर्छौं ।’ उनले अबको पाँच वर्षभित्र वर्तमान सरकारले कसैले नसोचेको प्रगति र विकास गरेर देखाईदिनेपनि दाबी गरे । उनले भने,‘जनतासामू गरेका सबै प्रतिबद्धताहरु हामी पूरा गरेर छाड्छौं । आउने दश वर्षभित्र त नेपाल कहाँबाट कहाँ पुग्छ ? कसैले कल्पनापनि गर्न सक्दैन् ।’ उनले सकार गठन भएको यो करिब ८ महिनामा ईतिहाँसमै सम्झना हुने कामहरु भएकोपनि जिकिर गरे । उनले भने,‘हाम्रो सरकार गठन हुनुपुर्व मुलुकमा एकात्मक शासन प्रणाली थियो । तर, हामी आएपछि संघात्मक प्रणालीमा प्रवेश गरेको छ । स्थानीय, प्रादेशिक र संघीय सरकारलाई आवश्यक कानुनहरु बनाउने काम हामीले गर्यौं । हामीले घोषणापत्रमार्फत अघि सारेका सबै कार्यक्रमहरु पूरा गर्छौं । तर, यसको लागि केही समय लाग्छ ।’ मित्रराष्ट्र चीनको आर्थिक समृद्धिको उदाहरण पेश गर्दै मन्त्री महासेठले भने,‘चीनलाईपनि अहिलेको यो अवस्थामा आईपुग्न ४२÷४३ वर्ष लाग्यो । साईप्रसलाईपनि अहिलेको अवस्थामा आईपुग्न ३५ देखि ४० वर्षसम्म लाग्यो । मलेसियालाई त्यस्तै १८ देखि २० वर्षसम्म लाग्यो । हामीले पनि घोषणापत्रमा उल्लेख गरेका कुराहरु ५ वर्षभित्र पूरा गरेर देखाउँछौं । अहिले ६ महिनाभित्रै सबै पूरा हुने कुरा होईन् । केही समय लाग्छ ।’ सरकारको कामप्रति असहमति जनाउँदै बरिष्ठ नेता माधव कुमार नेपालले संसदमा बोलेको कुराप्रति टिप्पणी गर्दै महासेठले भने,‘संसदमा उहाँले नेताभन्दापनि प्रतिनिधिसभा सदस्यको हैसियतले बोल्नुभएको छ । उहाँले बोलेको ठिक की बेठीक भनेर म अहिले टिकाटिप्पणी गर्न चाहँन्न । किनकी टिकाटिप्पणी गर्ने हाम्रो आफ्नै ठाउँ छ । हामी अहिले एउटै कमिटीमा बसिरहेका छौं । उहाँले ठिक बोल्नुभयो या बेठीक बोल्नुभयो भनेर यसबारेमा म आफ्नै कमिटीमा कुराहरु उठाउनेछु । तर, जुन कुरा संसदमा उठ्यो, चाहे उहाँमार्फत होस या अरुमार्फत, देशमा सरकार छ भनेर जनताले महशुस गरेनन भनेर । हो, त्यसमा कुनै सत्यता छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जनताप्रति बडो दृढताकासाथ प्रतिबद्ध भएर अगाडि बढिरहनुभएको छ। यो सरकारले जनतासामू गरेका सबै प्रतिबद्धताहरु समयमै पूरा गर्नेछ भन्नेमा म विश्वस्त छु ।’ उनले विकासको दृष्टिकोणमा आफूहरुले धेरै नयाँ–नयाँ योजनाहरु ल्याएकोपनि दाबी गरे । महासेठले भने,‘विकासको काममा हामीले धेरै फड्को मारेका छौं । १२ सय किलोमिटरको मदन भण्डारी राजमार्गको काम हामीले सुरु गरिसकेका छौं । अहिलेसम्म २२ वर्षदेखि बनाउन नसकेको हुलाकी राजमार्ग यो तीन वर्षभित्रमा हामी पूर्ण रुपमा सम्पन्न गर्न गैरहेका छौं । म यही मञ्चबाट मिडियामार्फत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई भन्न चाहन्छु की आगामी चुनावमा तपाईहरुले यही बाटो हिँडेर भोट चाहीँ माग्न सक्नुहुन्छ।’ त्यस्तै महेन्द्र राजमार्ग बनेकोदेखि अहिलेसम्म जस्ताको त्यस्तै अवस्थामा रहेपनि आफूहरु आएपछि चार लेन बनाउने काम भैरहेको उनले जनाए । महासेठले थपे,‘अहिले धमाधम काम भैरहेको छ। महेन्द्र राजमार्गलाई मेची–महाकालीसम्म चार लेन बनाउनेगरि काम सुरु गरिसकेका छौं । बुटवलबाट काम सुरु भैसकेको छ । अब कमलाबाट पनि सुरु गर्न गैरहेका छौं । र, आगामी चुनावसम्म यो राजमार्ग चार लेन बन्छ । म दाबाका साथ भन्छु ।’ उनले मदन भण्डारी राजमार्ग (झापाको बाहुनडाँगीदेखि लिएर शान्तिनगर हुँदै डढेलधुराको रुपायलसम्म) आफूहरुले नयाँ योजना ल्याएकोपनि सुनाए । उनले भने,‘करिब–करिब त्यो कामपनि अगाडि बढिसकेको छ । देशमा राजमार्गसँगको दायाँ–बायाँ दक्षिण र उत्तर ६ लेनहरु आगामी १८ महिनाभित्र हामी पूरा गर्न गैरहेका छौं ।’ त्यस्तै उनले रेलमार्गको सम्बन्धमा प्रि–फिजिविलटीको कामहरु सम्पन्न भैसकेको उल्लेख गर्दै अब डिपिआर बनाउने चरणमा पुगेको बताए । मन्त्री महासेठले भने,‘बर्दिवासदेखि काँकडभिट्टा हामी निकट भविष्यमा नै सम्झौता गर्न गैरहेका छौं । २४६ किलोमिटर फाष्ट ट्रेनको रुपमा यसलाई विकास गरेर हामीले निकट भविष्यमा एग्रिमेन्ट गर्न गैरहेका छौं । त्यस्तै जयनगर–जनकपुर–बिजलपुरा–बर्दिवास यही डिसेम्बरबाट सकभर सञ्चालन गर्न हामी गैरहेका छौं ।’ काठमाडौंदेखि केरुङसम्मको प्रि–फिजिवीलिटी सम्पन्न भैसकेको जनाउँदै अब डिपिआर बनाउन थालिसकेको पनि उनले जानकारी दिए । मन्त्री महासेठले भने,‘त्यस्तै भारतसँग सहमति भएअनुसार विरगंज–काठमाडौं रेलमार्गको प्रि–फिजिविलीटी सम्पन्न भैसकेको छ । अब छिट्टै डिपिआर बनाउन लागिसकेका छौं । यो छोटो अवधिमा पनि हामीले यी नयाँ–नयाँ कामहरु गरेर ल्याएका छौं ।’ सरकारले विकास र यातायातको दृष्टिकोणले दशैं तथा तिहारको अवसरमा मन्त्रालय र विभागहरुले यातायात क्षेत्रलाई व्यवस्थित गरेकोपनि उनले सुनाए । उनले भने,‘यातायातको टिकटमा कालोबजारी चलेको भनेर हामीकहाँ रिपोर्ट छैन । हामीले प्रत्येक ठाउँमा कुन ठाउँको भाडा कति छ ? भनेर लिष्ट राख्न लगाएका छौं । त्यसपछाडि उपभोक्ता मञ्चका प्रतिनिधिहरुलाई राखेका छौं । प्रहरी र हाम्रो विभागका कर्मचारी मिलेर अनुगमन गरिरहेका छौं । काठमाडौंमा हामीले १३ वटा हेल्प डेस्कपनि बनाएर काम गरिरहेका छौं । र, मलाई विश्वास छ कि विगत वर्षहरुजस्तो यसपालाी त्यस्ता गुनासाहरु आउँदैनन् भनेर ।’ त्यस्तै उनले चालक अनुमतिपत्रको विषयमा पनि धेरै कुराहरु उठ्ने गरेको उल्लेख गर्दै अब त्यो अध्याय सकिएको विश्वास दिलाए । उनले भने,‘हामीले धेरैलाई व्यवस्थित गरिसकेका छौं । र, निकट भविष्यमा हामी ७ लाख (तिहारअघि) प्रत्येक नेपाली जसले अहिलेसम्म लाईसेन्स पाउनुभएको छैन, उहाँहरुको हातमा लाईसेन्स पुग्नेछ ।’ आफूहरु सरकारमा आउनेवित्तिकै नयाँ सरकारसँग समस्यै समस्या रहेको पनि उनले सुनाए । उनले थपे,‘विगतको सरकारले गरेको कमिकमजोरीको कारणले ८ खर्ब रुपैयाँको दायित्व हामीमाथि थपिएको थियो । जुन हामीले स्वेतपत्रमार्फत सम्पूर्ण नेपालीहरुको अगाडि ल्याईसकेका छौं । यो ७ महिनाभित्रमा हामीले स्थानीय, प्रदेश र संघ तीनै तहमा चाहिने नियम, कानून बनाउने काम गर्यौं । सबै ठाउँमा कर्मचारी व्यवस्थापन गरेका छौं । सरकारको ध्यान अब विकास निर्माणतर्फ अघि बढेको छ । यो सरकार बनेको एक वर्षभित्र नेपाली जनताले विकास र समृद्धिको अनुभुति पाउँछन ।’ त्यस्तै कलंकी–नारायणघाटसम्म पुग्न ८ घण्टा नलाग्ने उनको दाबी छ । उनले थपे,‘अहिले दशैंलाई ध्यानमा राखेर हामीले जुन नाघढुंगाभन्दा तल कुनै गाडी बिग्रिएर एक दुई घण्टाजति जाम हुने गर्दथ्यो, अहिले हामीले क्रेन, लोडर सबैको व्यवस्था गरिसकेका छौं । गाडी बिग्रिनेबित्तिकै हामीले त्यसलाई व्यवस्था गर्ने गरेका छौं । कलंकीदेखि नाघढुगाासम्म हिजोजस्तो अब सडकको अवस्था छैन । अहिले पिचको काम भैरहेको छ।’ फरक प्रसँगमा उनले अहिले तराई विभाजनको कुरा उठिरहेकोप्रति कडा टिप्पणी गर्दै भने,‘जनताबाट तिरस्कृत भैसकेका व्यक्तिहरु मधेशलाई म छुट्टै देश बनाउँछु भनेर दम्भ देखाएर हिँडिरहेको छन् भने त्यसमा कुनै दम छैन् । छुट्टै देश बनाउँछु भन्नेहरुलाई म भन्न चाहन्छु, आउनुहोस चुनावको प्रक्रियाबाट तपाई जनताको बीचमा आउनुहोस्, जनताले तपाईलाई के हाल बनाउँछन्, अनि थाहा पाउनुहुन्छ । र, बनाईसकेका छन् । त्यसकारणले न तराई कहिले छुट्टै देश कहिले थियो, न छ, यो नेपालको अभिन्न अंग हो । रहिरन्छ । देश टुक्र्याउँछु भन्नेहरुको पछाडि कुनैपनि मधेशी जनता जाँदैनन् । देश टुक्र्याउँछु भन्नेलाई मधेशी जनताले आगामी दिनमा के सजाय दिन्छ ? चुनावमा तपाईहरु हेर्नुहोला । सस्तो लोकप्रियताको लागि कसैले म नेपाल टुक्र्याउँछु भन्छ भने यसमा हामीले धेरै समय खर्च गर्नुपर्ने जरुरीनै म देख्दिन् । किनकी त्यसमा कुनै सत्यता छैन्।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies