Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

खानेपानी मन्त्रालयले बनाउँदैछ दुई निर्देशिका मस्यौदा समिति

काठमाडौं । खानेपानी मन्त्रालयले देशैभरि ढलको व्यवस्थापन गर्न र पानी बोक्ने ट्यांकरहरुको अनुगमन गर्न निर्देशिका मस्यौदा समिति बनाउने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बसेको साप्ताहिक समीक्षा बैठकमा देशैभरि ढलको व्यवस्थापन तथा अनुगमन गर्न र ढलको प्रारम्भिक प्रशोधन गरेर मात्र निष्काशन गर्ने व्यवस्था लागु गर्न मस्यौदा समिति बनाउने निर्णय गरिएको हो ।
मन्त्रालयले बनाउन लागेको समितिको नाम पानीको स्रोत तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समिति रहेका छन् । पानीको स्रोत संरक्षण तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समितिको संयोजकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा र सदस्यहरुमा रमेश केसी, डेल प्रसाद चापागाई, नारायण खनाल र सुरेश महाजु र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समितिको संयोजकमा सहसचिव अनिलभद्र खनाल, सदस्यहरुमा मिना श्रेष्ठ, संजीव विक्रम राणा, अर्जुन ढकाल, टिकाबहादुर चौधरी र सुरत बम रहनु भएको छ ।
बैठकमा मन्त्री मगरले कामको गति बढाउन सम्बन्धित विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो । बैठकमा खानेपानी मन्त्री समक्ष मन्त्रालय मातहतका विभागीय प्रमुखहरुले साप्ताहिक रिपोर्टिङ गरेका थिए । यसैबीच अघिल्लो साता काठमाडौं उपत्यका लगायत देशका ७५ वटै जिल्लामा ढलको अनुगमन गरिएको थियो । काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा रहेका अस्पतालहरु मध्ये ३८ वटा अस्पताल र ३६ वटा होटलको अनुगमन गरिएको रिपोर्टिङ बैठकमा पेश भएको थियो ।
बैठकमा मन्त्रालयसँगको समन्वय मार्फत वाटर एडको सहकार्यमा नेपाल खानेपानी संस्थानले सिरहाको लहान नगरपालिका वडा नं. १ देखि १० सम्मको सेवा क्षेत्रमा रहेका गरिब निमुखा जनतालाई खानेपानीको सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको जानकारी समेत गराईएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies