Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अब प्रदेश र स्थानीय तहमा पनि युवा परिषद्

काठमाडौं । सरकार प्रदेश र स्थानीयस्तरमा पनि युवा परिषद् गठनको तयारीमा लागेको छ । राष्ट्रिय युवा परिषद् ऐन संशोधन गरेर नै सरकार ती दुई परिषद्का लागि तयारीमा लागेको हो । परिषद् ऐनमा नै प्रदेश र स्थानीय तहमा युवा परिषद् गठन गर्ने प्रस्तावसँगै गठनका लागि आवश्यक कानूनसमेत बनाउन थालिएको युवा परिषद्का सूचना अधिकारी धु्रवराज पौड्यालले जानकारी दिए । जिल्लास्तरमा रहेको युवा समिति खारेज गर्दै प्रदेश र स्थानीय तहको मागबमोजिम नै परिषद्ले प्रदेश र स्थानीय युवा परिषद् गठन गर्न लागेको हो । प्रदेशमा ‘प्रदेश युवा परिषद् र स्थानीय तहमा ‘नगर/गाउँपालिका युवा परिषद्’ नाम रहने छ । प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाउनका लागि परिषद्का सदस्य भावना भट्टको संयोजकत्वमा सात सदस्यीय मस्यौद समिति गठन गरिएको छ । उक्त समितिले प्रदेश युवा परिषद्को नमूना ऐन बनाएर सात वटै प्रदेशमा पठाउने परिषद्का सचिव पौड्यालले बताए । ‘‘प्रदेश सरकारले प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाएर पठाउनु भनेर माग गरेका छन्’’, उनले भने ‘‘राष्ट्रिय युवा परिषद्कै संरचनामा जस्तै प्रदेश युवा परिषद् ऐनको मस्यौदा बनाएर हामी पठाउछौँ ।’’ पूर्वयुवा तथा खेलकूद सचिव प्रतापकुमार पाठकको संयोजकत्वमा गठित परिषद्को सङ्गठन संरचना सर्वेक्षणमा समेत प्रदेश र स्थानीय युवा परिषद् गठन गर्नुपर्ने सुझाव दिइएको थियो । प्रदेशस्तरमा सामाजिक विकास मन्त्रालयअन्तर्गत र स्थानीय तहमा नगरपालिका÷गाउँपालिकाअन्तर्गत प्रदेश रहने छन् । प्रदेश युवा परिषद्मा सामाजिक विकासमन्त्री अध्यक्ष तथा स्थानीय तहको युवा परिषद् नगरपालिकाका प्रमुख÷गाउँपालिकाका अध्यक्ष उक्त परिषद्को अध्यक्ष हुने व्यवस्था गरिएको छ । प्रदेशमा केन्द्रमा जस्तै कार्यकारी उपाध्यक्ष वा उपाध्यक्ष वा सदस्य सचिव के राख्ने भन्नेमा अझै टुङगिएको छैन । यस्तै स्थानीय तहमा परिषद्का अध्यक्षले कार्यकारी समिति गठन गरेर काम गर्न सक्नेछन् । सरकारले २०७२ फागुनमा केन्द्रमा युवाको विकासको लक्ष्य राखेर युवा परिषद् गठन गरेको हो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies