/  Mon, July 23, 2018

इंग्ल्यान्डविरुद्ध क्रोएसिया : तीन मुख्य भिडन्त

काठमाडाैं । सेन्ट पिटर्सबर्ग — इंग्ल्यान्डको युवा टोलीले शनिबार क्रोएसियाको अनुभवी टोलीविरुद्ध विश्वकप सेमिफाइनल खेल्दै छ । खेलको विजेता टोली मस्कोस्थित लुजनिकी रंगशालामा हुने फाइनल खेलका लागि छनोट हुनेछ ।

अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ – इंग्ल्यान्ड २८ वर्षयता पहिलोपल्ट सेमिफाइनल पुगेको हो । त्यसअघि एकपल्ट मात्र फाइनल पुगेको इंग्लिस टोलीले सन् १९६६ मा घरेलु मैदानमा उपाधि नै जितेको थियो । क्रोएसिया भने हालसम्म सेमिफाइनल पार गर्न सकेको छैन । पछिल्लोपल्ट सन् १९९८ मा सेमिफाइनल पुग्नु नै टोलीको सबैभन्दा राम्रो नतिजा थियो । यसपालि उत्कृष्ट खेलाडीसँगै भाग्यमानी साबित भएको क्रोएसिया पहिलो उपाधि जित्न दुई जित टाढा छ ।

यस बहुप्रतीक्षित सेमिफाइनलमा नतिजा निर्धारण गर्नसक्ने तीन महत्त्वपूर्ण भिडन्त यस्तो छ :

लुका मोड्रिचविरुद्ध जोर्डन हेन्डरसन
झन्डै ६ साताअघि रियल म्याड्रिडले च्याम्पियन्स लिग फाइनलमा लिभरपुललाई पराजित गरेको थियो । इंग्ल्यान्डका हेन्डरसनसामु अहिले मोड्रिचमाथि त्यसको बदला लिने र इंग्ल्यान्डबाट खेल्दा ३० खेलको अपराजित यात्रा बढाउने मौका छ । इंग्ल्यान्डको इतिहासमा कुनै खेलाडीले यति लामो समय अपराजित रहेको यो पहिलोपल्ट हो ।

हेन्डरसनको नेतृत्व, अनुशासन र खेलशैलीकै कारण गारेथ साउथगेटको रणनीति सफल भएको छ । रक्षात्मक मिडफिल्डरको भूमिका निर्वाह गरिरहेका उनले जेसी लिङगार्ड र डेले अलीलाई स्वतन्त्र रूपमा खेल्न दिइरहेका छन् । यस खेलमा भने उक्त मिडफिल्डको लयमा देखिएका ३२ वर्षीय मोड्रिचले परीक्षा लिनेछन् ।

मोड्रिचले मैदानको बीचमा रहेर डिफेन्स चिर्ने पास, उत्कृष्ट गोल र विपक्षीको लय तोड्ने प्रदर्शन गरिरहेका छन् । विश्वकपमा पूरै समय खेलेका चार खेलमा उनले तीन म्यान अफ द म्याच उपाधि पनि जितेका छन् । पछिल्ला तीन सिजनमा लगातार तीन च्याम्पियन्स लिग उपाधि जितेका उनलाई क्रोएसियाले विश्वकप उपाधि उठाएको खण्डमा बालोन डी’ओर को दाबेदारका रूपमा हेरिएको छ ।

काइरन ट्रिपियरविरुद्ध इभान पेरिसिच
ट्रिपियर जारी विश्वकपका उदाउँदा स्टारमा देखिएका छन् । इंग्ल्यान्डका पूर्व कप्तान डेविड बेकह्यामकै शैलीमा क्रस गर्ने क्षमताका कारण उनले ‘बरी बेकह्याम’ को उपमा पाएका छन् । जारी प्रतियोगितामा ट्रिपियर सर्वाधिक अवसर सिर्जना गर्ने सूचीमा नेयमर र केभिन डी बु्रयनलाई पछ्याइहेका छन् ।

प्रशिक्षक साउथगेटको ३–५–२ को रणनीतिमा सामान्यतया राइट ब्याक खेल्ने काइल वाल्करलाई सेन्टर ब्याक खेलाएका कारण उनले आक्रमणमा जाने स्वतन्त्रता पाएका छन् । क्रोएसियाविरुद्ध भने पेरिसिचले उनलाई रक्षात्मक रूपमा चुनौती दिनेछन् ।

इन्टर मिलानबाट खेल्दै आएका पेरिसिचले अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका ११ खेलमा ५ गोल गरेका छन् । क्रोएसियाको आक्रमणमा इंग्ल्यान्डलाई खतरा हुने उनी मुख्य खेलाडी हुन् ।

ह्यारी केनविरुद्ध डेजान लोभरेन

इंग्ल्यान्डका कप्तान एवं केनविरुद्ध लोभरेनको इतिहास राम्रो छैन । अक्टोबरमा प्रिमियर लिगअन्तर्गत टोटेनहमले लिभरपुललाई ४–१ ले पराजित गर्दा केनविरुद्ध खराब प्रदर्शन गरेका लोभरेन आधा घण्टामै परिवर्तित भएका थिए ।

त्यस प्रदर्शनपछि धेरैले लोभरेनले अब एनफिल्डमा फेरि खेल्न नपाउने आँकलन गरेका थिए । तर क्लब स्तरमा उनले सुधारिएको प्रदर्शन गर्दै प्रशिक्षक योर्गेन क्लोपको मन जिते । विश्वकपमा पनि क्रोएसियाली डिफेन्सको राम्रो प्रदर्शनमा उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । समूह चरणमा त यो डिफेन्सले लियोनल मेसीलाई चुप राखेको थियो ।

लोभरेनविरुद्ध केनले ५ खेलमा ५ गोल गरेका छन् । जारी विश्वकपमा ६ गोल गरिसकेका केन यस खेलमा थप गोल गर्दै गोल्डेन बुट पक्का गर्ने दाउमा हुनेछन् ।

असार २७ गते, २०७५ - ०९:१४ मा प्रकाशित

बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते...   
पर्यटकीय क्षेत्र बेदकोटमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा

पर्यटकीय क्षेत्र बेदकोटमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा

कञ्चनपुर । आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको कञ्चनपुरको प्राकृतिक बेतकोट ताल...   
गोकुलेश्वर बजार बाढीको जोखिममा

गोकुलेश्वर बजार बाढीको जोखिममा

बैतडी । वर्षात्को समय जारी रहँदा बैतडी दार्चुलाका विभिन्न नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्दै...   
डिएपी मलको अभाव

डिएपी मलको अभाव

लहान । किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी ९रासायनिक मल० को अभाव भएको छ । कृषि सामग्री...   
उदयको शुभ लभ

उदयको शुभ लभ

काठमाडाैं । प्रेमकथानक फिल्म शुभ लभ निर्माण हुने भएको छ । प्रदीपकुमार उदयको प्रस्तुति रहेको फिल्मको...   
एक महिनामा ३ सुत्केरीको मृत्यु,विरोध भएपछि प्रसूति वार्ड एक हप्ता बन्द

एक महिनामा ३ सुत्केरीको मृत्यु,विरोध भएपछि प्रसूति वार्ड एक हप्ता बन्द

विराटनगर । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा गएको असार महिनामा तीनजना सुत्केरी र एकजना नवजात शिशुको...   
कलंकी–नागढुंगा सडक:सरकारलाई व्यंग्य गर्दै स्थानीयले गरे सडक मर्मत

कलंकी–नागढुंगा सडक:सरकारलाई व्यंग्य गर्दै स्थानीयले गरे सडक मर्मत

काठमाडाैं ।सर कलंकी–नागढुंगा सडकको निर्माण लामो समयदेखि रोकिएकोमा स्थानीयले विरोध जनाएका छन् । कलंकी–नागढुंगा...   
सबैभन्दा शक्तिशाली बन्याे नेकपाको केन्द्रीय सचिवालय

सबैभन्दा शक्तिशाली बन्याे नेकपाको केन्द्रीय सचिवालय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दश अधिकारसहित केन्द्रीय सचिवालयलाई सबैभन्दा शक्तिशाली...   
पूर्वराष्ट्रपति यादव भन्छन्,-‘मुख्य नेताले मधेसलाई बुझेनन्’

पूर्वराष्ट्रपति यादव भन्छन्,-‘मुख्य नेताले मधेसलाई बुझेनन्’

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुख्य राजनीतिक दलका नेताले मधेस बुझ्न नसक्दा अहिलेसम्म...   
मेडिकल कलेजमा राज्यको लगानीः नेपाल दक्षिण एसियामा सबैभन्दा पछाडि

मेडिकल कलेजमा राज्यको लगानीः नेपाल दक्षिण एसियामा सबैभन्दा पछाडि

काठमाडाैं । निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ । अाजकाे नयाँ पत्रिका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top