/  Thu, December 13, 2018

विश्पकपमा धेरै गोल प्रयास गर्ने खेलाडी नेमार, ४५० मिनेटमा कति प्रहार गरे ?

मस्को । बलियो प्रतिद्वन्द्वी बेल्जियमसँग पराजित भएपछि ब्राजिल जारी विश्वकप फुटबलबाट बाहिरिएको छ । ब्राजिल बाहिरिएसँगै प्रतियोगिताका बाँकी खेलमा नेमारलगायत प्रतिभाशाली खेलाडीलाई देख्न पाइनेछैन । यद्यपि नेमार प्रतियोगिताका क्रममा आफूले हात पारेको एउटा उपलब्धिबाट रुस विश्वकपका बाँकी खेलहरूमा पनि जोडिई रहनेछन् । उनी प्रतियोगिताको क्वार्टरफाइनल चरणको खेलसम्म गोलका लागि सर्वाधिक प्रयास गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् ।

अर्थात्, नेमारले रुस विश्वकपको शुक्रबार सम्मको खेलमा गोलका लागि अन्य कुनै पनि टोलीका कुनै पनि खेलाडीले भन्दा बढी प्रहार गरेका छन् । भलै उनको यो प्रयास टोलीलाई उपाधिसम्म डोहो¥याउन पर्याप्त बनेन । तर, उनी यही उपलब्धिमार्फत प्रतियोगितामा ब्राजिलको नेतृत्व गरिरहने छन् । नेमारले विश्वकपमा ब्राजिलले खेलेका सबै खेल खेले । त्यसमा उनले चार सय ५० मिनेट मैदानमा बिताए ।

त्यो अवधिमा उनले विपक्षी टोलीको पोस्टमा २७ पटक प्रहार गरेका छन् । यीमध्ये १३ प्रहारले पोस्टको दिशा लिएका छन् । पाँच प्रहार मात्र ‘अफ टार्गेट’ भएका छन् । यस्तै उनका नौ वटा प्रहारलाई विपक्षी रक्षक र गोलरक्षकले रोकिदिएका छन् ।

प्रतियोगिताका दौरान मैदानमा विपक्षी खेलाडीसँग सामान्य तरिकाले ठोकिँदासमेत अनावश्यक रूपमा लडेर नाटक गरेको भन्दै आलोचित बनेका नेमारले कम्तीमा प्रदर्शनबाट भने प्रशंसा कमाएका छन् । उनको यो उपलब्धिलाई अन्य कुनै खेलाडीले पछि पार्ने सम्भावनासमेत न्यून देखिएको छ । किनभने यो सूचीमा उनीभन्दा पछि रहेका पाँच खेलाडीको टोली यसअघि नै बाहिरिइसकेका छन् । एजेन्सी

असार २४ गते, २०७५ - ०९:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयर बजारः सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका...   

सरकारद्वारा कृषि विकास बैंकबाट लिएको साना किसानको ऋण मिनाहा

काठमाडाैं । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले...   
नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक

नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत...   
प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत सिफारिस

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत सिफारिस

काठमाडाैं । न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन्...   

लागुऔषधसहित एक जना नियन्त्रणमा

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको...   

मङ्ग वान्जूको विवादास्पद जीवनशैली, कसरी ७ पासपोर्ट भए ?

मङ्ग वाङ्जू थाइरोइडको क्यान्सरबाट बाँच्न सफल व्यक्ति हुन्। उनलाई उच्च रक्तचाप र निद्रामा पनि समस्या...   
ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...   
सरकारको लगानीमा पालिएको गाइ हेर्न गाैशाला पुगे शिक्षामन्त्री र भूमिसुधारमन्त्री

सरकारको लगानीमा पालिएको गाइ हेर्न गाैशाला पुगे शिक्षामन्त्री र भूमिसुधारमन्त्री

महाेत्तरी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाेखरेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी...   

हनुमान ईँट्टाभट्टामा काम गर्ने ६० बर्षिया महिला बलात्कार गरेको अभियोगमा एक पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-९ नङखेलस्थितजिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने रोल्पाकोलाङ गाउँपालिका-६...   
हृदयघात भएर जेलभित्रै पूर्वमन्त्रीको निधन

हृदयघात भएर जेलभित्रै पूर्वमन्त्रीको निधन

काराकास । भेनेजुएलाका पूर्व तेलमन्त्री नेल्सन मार्टिनेजको भ्रष्टाचार अभियोगमा जेलजीवन बिताइरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top