Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

परराष्ट्रमन्त्री ज्ञवालीसँगको अन्तरवार्ता: सम्भाव्यता अध्ययन चीनले गर्छ, लगानीको विषयमा छलफल हुँदै जान्छ

बेइजिङ । बुधबार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच तथा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी लीबीचको भेटवार्ता र दुई देशद्वारा जारी संयुक्त प्रेस वक्तव्यपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङमा दिएको संक्षिप्त अन्तर्वार्ता : चिनियाँ रेल काठमाडौं पुग्ने समझदारीमा हस्ताक्षर भएको छ । खासमा चीनको अनुदान, साझेदारी वा सहुलियत ऋणमा बन्ने हो ? यस विषयमा के समझदारी भएको छ ? पहिल्यै सम्भाव्यता अध्ययन हुँदै छ । आगामी अगस्टसम्म यो काम सकिन्छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने समझदारी भएको छ । यसको लगानीको मोडालिटीको विषयमा थप छलफल गर्दै जान्छौँ । डिपिआर बनाउनचाहिँ चीनले सहयोग गर्ने हो ? त्यो विषयमा पनि छलफल गर्दै जान्छौँ । सम्भाव्यता अध्ययन उहाँहरूले नै गर्ने हो, तर डिपिआर र लगानीको विषयमा छलफल गर्दै जाने हो । सम्भाव्यता अध्ययन नगरी लगानीको विषयमा कुरा गर्नु हतार हुन्छ । तर, लगानी कसले गर्ने भन्ने विषयमा हामी किन स्पष्ट हुन सकेनौँ ? यो विषयमा पछि छलफल गर्छौंँ । अनुदानका लागि त अनुरोध भएको छ । तर, हामीलाई के थाहा छ भने यो निकै ठूलो परियोजना हो । अत्यन्तै ठूलो महत्वको परियोजना भएकाले हामी पनि लगानी गर्न तयार छौँ । तर, त्यसमा पछि छलफल गर्छौंँ, पहिले डिपिआर तयार होस् । यसको कुल लागत कति हुन्छ ? त्यो पहिले स्पष्ट हुनुपर्‍यो । तर, यो प्रश्न किन पनि भने तपाईंको डेलिगेसनका सदस्य भन्दै छन्, ‘चीनले सम्पूर्ण सहयोग नगर्ने भयो, डिपिआरले ठूलो लगानी देखाउँछ, त्यसलाई नेपालले थेग्न सक्दैन । त्यसैले यो परियोजना बन्दैन ।’ उनीहरूलाई तपाईंको जवाफ के छ ? यो विषयमा हामी स्पष्ट भएर लागेका छौँ । जुनसुकै मूल्यमा पनि हामी यो आयोजना पूरा गर्नेछौँ । चीनको सदासयता कति रहन्छ ? त्यो चरणमा पुगेकै छैन । यो रेलवे बनाउने काम अत्यन्तै महत्वपूर्ण छ भन्ने उहाँहरूको बुझाइ छ । चिनियाँ राष्ट्रपतिले स्ट्रङ भाषामा भन्नुभएको छ । यसको मोडालिटीको विषयमा सम्भाव्यता अध्ययनपछि मात्रै भन्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies