/  Thu, December 13, 2018

प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

अमेरिकी टीभी सिरियल ‘क्वान्टिको’ मा आबद्ध भएयता बलिउड अभिनेत्री प्रियंका चोपडा बारम्बार न्युयोर्क आउजाउ गरिरहेकी छन्  ।

उक्त सिरियलको दोस्रो भाग छायांकनका लागि अमेरिका पुगेका बेला उनले पोहोर एउटा घर किनिन् । हाल उनी न्युयोर्कमै छिन्  । र, सुनिन्छ न्युयोर्कमा घर किनेकी अभिनेत्रीले उतै घरबार अर्थात् गृहस्थी पनि बसाउने सुर कसेकी छन्  ।

प्रसंग हो, प्रियंका र पप गायक निक जोनसको  । यी दुई स्टार वर्षदिनयता खुब नजिकिएका छन्  । गत वर्षको मेट गाला (फेसन प्रदर्शनी) देखि यिनीहरूबीचको घनिष्ठता बढेको हो  । कुममा कुम मिलाएर रेड कार्पेटमा उभिएका उनीहरूबारे त्यो बेला नै गाइँगुइँ चलेको थियो  । केही पत्रकारले यसबारे सोध्न छुटाएनन् पनि  । तर, प्रियंकाले हाँसेर टारिन्  ।

‘हाम्रो ड्रेस डिजाइनर एउटै भएकाले सँगै उभिएर पोज दिएका हौं,’ उनले भनिन्  । यसपालि उनीहरू आफ्नो सम्बन्धलाई लिएर एक कदम अघि बढेको अड्कल काट्न सकिन्छ  । यसै साता निककी कजन सिस्टर रसेल टाम्बुरेलीको वैवाहिक समारोहमा प्रियंका सरिक भइन्  । उनलाई विशेष निम्तो पठाइएको थियो रे । निकले यसअघि कुनै पनि युवतीलाई आफ्ना पारिवारिक समारोहमा उपस्थित नगराएकाले प्रियंकासँगको उनको मित्रता पक्कै गाढा भएको अनुमान गरिएको छ  ।

यतिका समाचार, शंका र होहल्लाबीच दुवै स्टार चुपचाप छन्  । बलिउडतिरका मिडियाले चाहिँ ‘औपचारिक घोषणा हुन मात्र बाँकी’ रहेको बताउँदै आएका छन्  । हलिउडवालाले निकका भाइ केभिनमार्फत यसबारे तथ्य पत्ता लगाउन खोजेछन् । केभिनले प्रियंका ‘सुपर असम’ (सर्वोत्तम) भए पनि निकको कुरा निकले मात्र बताउन सक्ने अभिव्यक्ति दिएका थिए । हाललाई उनीहरू साथी मात्र हुन् कि अरू केही भन्ने रहस्यकै गर्भमा छ  ।

असार ५ गते, २०७५ - १५:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयर बजारः सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका...   

सरकारद्वारा कृषि विकास बैंकबाट लिएको साना किसानको ऋण मिनाहा

काठमाडाैं । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले...   
नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक

नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत...   
प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत सिफारिस

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत सिफारिस

काठमाडाैं । न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन्...   

लागुऔषधसहित एक जना नियन्त्रणमा

काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको...   

मङ्ग वान्जूको विवादास्पद जीवनशैली, कसरी ७ पासपोर्ट भए ?

मङ्ग वाङ्जू थाइरोइडको क्यान्सरबाट बाँच्न सफल व्यक्ति हुन्। उनलाई उच्च रक्तचाप र निद्रामा पनि समस्या...   
ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट...   
सरकारको लगानीमा पालिएको गाइ हेर्न गाैशाला पुगे शिक्षामन्त्री र भूमिसुधारमन्त्री

सरकारको लगानीमा पालिएको गाइ हेर्न गाैशाला पुगे शिक्षामन्त्री र भूमिसुधारमन्त्री

महाेत्तरी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाेखरेल र भूमि व्यवस्था, सहकारी तथा गरिबी...   

हनुमान ईँट्टाभट्टामा काम गर्ने ६० बर्षिया महिला बलात्कार गरेको अभियोगमा एक पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-९ नङखेलस्थितजिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने रोल्पाकोलाङ गाउँपालिका-६...   
हृदयघात भएर जेलभित्रै पूर्वमन्त्रीको निधन

हृदयघात भएर जेलभित्रै पूर्वमन्त्रीको निधन

काराकास । भेनेजुएलाका पूर्व तेलमन्त्री नेल्सन मार्टिनेजको भ्रष्टाचार अभियोगमा जेलजीवन बिताइरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top