Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अचम्म : मान्छेको अनुहार भएको लौका फलाइयो चीनमा

एजेन्सी । बजारमा तरकारी किन्न जाँदा पसलेले “कस्तो अनुहारको लौका दिऊँरु” भन्यो भने तपाईं के उत्तर दिनुहोलारु लौकाको अनुहार नै के भन्नु ररु हो, आकार भनेको खण्डमा भने लाम्चो, गोलो, डल्लो या फर्सीजस्तो केही छनौटहरू उपलब्ध होलान् । तर अचेल प्रविधिमा नयाँ नयाँ प्रयोग गरिरहने चीनले भने त्यहाँका तरकारी पसलेहरूलाई “कुन अनुहारको लौका दिऊँरु” भन्ने प्रश्नको उत्तरमा अध्यक्ष माओ जस्तो, बुद्ध जस्तो, कन्फ्युसियस, लाओत्से या येसु ख्रीष्ट जस्तो भन्ने छनौटको अवसर प्राप्त भएको छ । त्यसैले अचेल चीनमा केही लौकाहरू विश्वका अन्य भागभन्दा एकदम फरक छन् र यिनीहरूको फरकपन भनेको तिनको अनुहार हो । यस्तो हुनुका पछाडिको कथा पनि कम रोचक छैन । र यो कथा सुरु हुन्छ सी ल्यु झी भन्ने व्यक्तिको एउटा भ्रमणबाट । \"\"बागबानीमा रुचि राख्ने ल्यु झी एकपटक चीनको सिचुआन प्रान्तमा अवस्थित हजार वर्ष पुरानो मन्दिर पुग्छन् र त्यहाँ एउटा बौद्ध भिक्षुले उनलाई आफूले देखेको सपनाका बारेमा बताउँछन् । ती भिक्षुले सपनामा प्रसिद्ध देवताहरूका अनुहार भएका लौका देखेका रहेछन् । यस सपनाको बारेमा सुन्ने बित्तिकै ल्यु झीको दिमागमा कलात्मक लौका फलाउने इच्छा जाग्छ र त्यहाँ देखी सुरुवात हुन्छ रचनात्मक बागबानीको यस रोचक कथाको । त्यसपछि सीले आफ्नो बारीमा विभिन्न अनुहारका लौका फलाउने गरेका छन् । यिनमा विविधता छ । उपभोक्ताले अध्यक्ष माओ देखि येसु ख्रीष्ट, बुद्ध देखि भाग्यका देवतासम्म र लाओत्से देखि सान्ता क्लाउससम्म फरक फरक अनुहारका लौका छानीछानी घर लैजान सक्छन् । \"\"तर यति हुँदाहुँदै पनि उनले बारीमा कुनै पनि प्रकारको कीटनाशकको प्रयोग गर्दैनन् । यसको अर्थ सीले फलाएका लौका पूर्णतया जैविक छन् र खानका लागि सुरक्षित छन् । चीनमा यस्ता कलात्मक लौकाको प्रयोग तरकारी खानभन्दा पनि बालबालिकालाई ऐतिहासिक हस्तीहरूको पहिचान दिन पनि प्रयोग गर्न थालिएको छ । बच्चाहरूलाई चीनको इतिहास र यसमा विभिन्न व्यक्तिहरूको योगदानबारेमा सिकाउन समेत यी लौका सहायक सिद्ध भएका हुन् । सीले फलाउने यी लौका त्यत्तिकै फाल्ने भने होइनन् यसमा उनको रचनात्मकता प्रष्टसँग झल्किन्छ । उनले लौकालाई चिचिलामै प्लास्टिकको साँचो भित्र राख्ने गर्दछन् जसले गर्दा त्यो हुर्किंदा साँचो अनुरुप हुर्किन्छ र सो अनुरुप नै त्यसले आकार प्राप्त गर्दछ । सीबाट नै सिकेर अचेल चीनका अन्य किसानहरूले पनि अनुहार भएका लौका फलाउन सिकेका छन् । अब यो प्रयोग नासपाती लगायत अन्य फल्हारूमा समेत पगरिन थालेको छ । चिनियाँ संस्कृतिमा लौकालाई सौभाग्य र समृद्धिसँग जोड्ने गरिएको छ । यिनीहरूलाई विभिन्न चिनियाँ देवीदेवताहरूकोमा भोग पनि लगाइन्छ । \"\"यतिमात्र होइन चीनमा लौकालाई पवित्र मान्ने गरिएको छ । चीनमा लुकामा चित्रहरू पोतेर राख्ने परम्परा समेत रहिआएको छ र सीले फलाएका लौकाहरूले अब नयाँ परम्परा सुरु गर्न बेर छैन । हो, अब यदि चीन जानु भयो र लौका किन्ने विचार गर्नु भयो भने कुन अनुहारको लौका चाहिन्छ भन्न नहिच्किचाउनुस् । कुनै प्रसिद्ध राजनेताको, धर्मगुरुको, देउताको, सिने कलाकारको या कुनै सुन्दरीको सुगठित शरीरको आकारको, सब पाइन्छ १
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies