Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

माओवादीमा नेता व्यवस्थापन जटिल : यी नेतालाई के गर्लान् प्रचण्डले ?

\"\"काठमाडौं : एमालेसँग पार्टी एकता गर्दा माओवादी केन्द्रले भने जस्तो ‘सम्मानजनक र न्यायोचित’ एकता नहुने अवस्था आए नेता व्यवस्थापन माओवादीका लागि सबैभन्दा जटिल बन्ने देखिएको छ। दोस्रो तहका नेता व्यवस्थापन माओवादीका लागि सबैभन्दा जटिल बन्ने देखिएकाले नै अध्यक्ष पुष्पकमल दाहाल ‘चर्को प्रेसर’ मा छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–एकै समयमा केन्द्रीय समितिमा पुगेका र उस्तै–उस्तै प्रकृतिका जिम्मेवारी वहन गरेका नेताहरू माओवादीमा धेरै भएकाले उनीहरूको व्यवस्थापन माओवादी अध्यक्ष दाहाललाई पार्टी एकतामा चुनौति बन्न पुगेको छ। खासगरि एकीकृत पार्टीको दुई अध्यक्षपछिको स्थायी समितिमा व्यवस्थापन गर्नैपर्ने नेताहरू माओवादीमा धेरै देखिएका छन्। त्यसैले पनि अध्यक्ष दाहाल एकता गर्दा ‘बराबरी’ संगठनात्मक मोडालिटीबाट पछाडि हट्नै नसक्ने दबाबमा छन्। पार्टी एकताका लागि अन्तरिम विधान तथा संगठनात्मक ढाँचा तयार पार्न गठित कार्यदलले एकीकृत पार्टीको केन्द्रीय समिति २ सय ९९, पोलिटब्युरो ९९ र स्थायी समिति ३३ जनासम्म बनाउन सक्ने प्रतिवेदन पार्टी एकता संयोजन समितिमा बुझाएको छ। कार्यदलले प्रतिवेदन बुझाएपछि दुवै पार्टीमा केन्द्रदेखि जिल्ला तहसम्म एकीकृत पार्टीको संगठनात्मक संरचना तयार पार्दा अनुपात कसरी मिलाउने नयाँ विवाद देखिएको हो। त्यही विवादमा रुमलिँदा पार्टी एकता पछाडि धकेलिँदै गइरहेको छ। एमालेले आफ्नो दुई तिहाइ र माओवादीको एक तिहाइ संख्या मिलाएर पार्टी एकता गर्न चाहेको छ। यसलाई माओवादीले मानेको छैन। एमालेले चुनावी परिणाममा देखिएको पार्टीगत अवस्थाका आधारमा अहिले पार्टीका तहगत संरचनामा रहेका नेतालाई यथावत राखी बाँकी संख्यामा माओवादीका नेता समेटेर एकता प्रक्रिया टुंगो लगाउन खोजिरहेको छ। त्यसो गर्दा उसले प्रस्तावित ३३ सदस्यीय स्थायी समितिमा अहिले रहेका २२ जना आफ्ना स्थायी समिति सदस्य यथावत राखी माओवादीका ११ जना नेता समेट्न चाहेको छ। यो नै एमाले–माओवादी एकतामा परेको मूल गाँठो हो।

यी स्वतः पर्छन्

एमालेले भनेअनुसार नै ३३ सदस्यीय स्थायी समिति रहने र एमालेका अहिलेकै २२ जना स्थायी समितिका सबै नेता पर्ने हो भने माओवादीबाट अध्यक्ष दाहालका अतिरिक्त नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल), अमिक शेरचन, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन र हरिबोल गजुरेल मात्रै स्वतः स्थायी समितिमा पर्नेछन्। तर त्यसबाहेक अन्य तीन जनामा पार्टी नेताको व्यवस्थापन दाहालका लागि सबैभन्दा पेचिलो बन्नेछ। दुई पार्टी एकता प्रक्रियामा जोडिँदै आएका र मन्त्री बन्न समेत नपाएका नेता जनार्दन शर्मा (प्रभाकर), प्रभावशाली महिला नेतृ पम्फा भुषाल, मधेसी नेता मातृका यादवलाई दाहालले स्थायी समितिमा समेट्नै पर्ने अवस्था छ। प्रभावशाली नेता कृष्णबहादुर महरा संघीय संसदन्तर्गत प्रतिनिधिसभामा सभामुख रहेकाले उनको व्यवस्थापन दाहालले गर्नुपर्ने छैन। नेताहरू अग्निप्रसाद सापकोटा, शक्तिबहादुर बस्नेत, हितमान शाक्य, चक्रपाणी खनाल, नारायण शर्मा, कुलप्रसाद केसी, मणि थापा, प्रभु शाहलगायत नेताहरूलाई के गर्ने दाहाल दबाबमा छन्। यी सबै नेता समकक्षी हुन्। माओवादीका एक नेताका अनुसार यी सबैजसो नेता सँगै केन्द्रीय समितिमा पुगे, सँगै एकैखाले जिम्मेवारी पनि लिएकाले अब उनीहरूको व्यवस्थापन गर्दा कसैलाई स्थायी र कसैलाई पोलिटब्युरोमा समेट्न दाहाललाई कठिन हुनेछ। अर्काेतर्फ चुनावअघि मात्रै नेकपा संयुक्तको सिंगो पार्टी कमिटी नै माओवादीमा समाहित गरेका दाहालले उक्त पार्टीबाट आएका नेता गणेश शाहको व्यवस्थापन पनि स्थायी समितिमै गर्नुपर्ने अवस्था छ। जयपुरी घर्ती, तिलक परियार, लीलामणि पोखरेल, दिनानाथ शर्मा, हितराज पाण्डे, सुरेन्द्र (राम) कार्की, लेखराज भट्ट र उर्मिला अर्यालसम्मको व्यवस्थापन पनि दाहालका लागि उत्तिकै चुनौतिपूर्ण बनेको छ। यसले पनि दाहाललाई केन्द्रमा बराबरी नै नभए पनि कम्तीमा ‘सम्मानजनक’ एकता नभई पार्टी एकतामा नहाम्फाल्न पार्टीभित्रै चर्काे दबाब छ।

एकता मिति सरेको सर्‍यै

एकीकृत पार्टीको संगठनात्मक हिस्सेदारी, दुई अध्यक्षको क्षेत्राधिकार बाँडफाँड र अन्य केही प्राविधिक विषयको विवाद नमिल्दा एकताको मिति भने सरेको सर्‍यै हुन थालेको छ। अब शुक्रबार दुई अध्यक्षको एक्लाएक्लै वार्ताबाट नयाँ मिति तोकिने माओवादी अध्यक्ष दाहालले बताउँदै आएका छन्। शुक्रबार पनि ओली–दाहाल एकता वार्तामा बस्दैछन्। यसअघि पटक–पटक एकताको समयावधि निर्धारण हुने तर एकता भने लम्बिने अवस्था दोहोरिँदै आएको छ। १७ असोजमा चुनावी गठबन्धन वनाउने बेलामा यी दुई पार्टीका अध्यक्षले चुनावलगत्तै पार्टी एकता गर्ने लिखित मौखिक दुवै प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। घोषणा गरेको ६ महिना पुग्दासमेत एकता हुने÷नहुनेमा अझै यदाकदा शंसय देखिँदै आएको छ। रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै दाहालले बिहीबार पनि शुक्रबार ओलीसँगको छलफलले एकता मिति तोकिने बताएका थिए। ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ’, कार्यकर्ता प्रशिक्षणमा दाहालले व्यक्त गरेको भनाइ उद्धृत गर्दै पोलिटब्युरो सदस्य युवराज भट्टराईले भने, ‘पार्टी एकता जनताबाट अनुमोदित भइसकेको छ। अब विलम्ब हुँदैन, भोली नै ओलीजीसँग छलफल हुँदैछ। त्यसपछि मिति तोकिनेछ।’ त्यसअघि पनि दाहालले सरकार गठनपूर्व नै पार्टी एकतापछि मात्र सरकार गठन हुने बताएका थिए। त्यसबेला दाहाल सरकार गठनअघि र ओली सरकार गठनपछि एकताको पक्षमा थिए। प्रधानमन्त्री ओलीको भारत भ्रमणपूर्व २३ चैतअघि नै एकता गर्ने कसरत पनि दुवै पार्टीले गरेका थिए। त्यो मितिमा पनि एकता नभएपछि तेस्रो मिति अगाडि आएको थियो – पार्टी स्थापना दिवस (९ वैशाख)को। तर त्यस दिन पनि एकता हुन नसकेपछि अहिले अर्काे मितिको खोजीमा ओली–दाहाल दुवै छन्।

कारण हाउगुजी

एमाले–माओवादी शीर्ष नेताहरूले नबताए पनि एकतापश्चात हुने महाधिवेशनपछि नेतृत्वको विषयले पनि अहिले एकतामा बादल लगाइरहेको छ। एकतापश्चात महाधिवेशनपछिको अध्यक्ष को ? ओली, माधव नेपाल वा दाहाल ? यो विषयले पनि नेताहरूमा पेचिलो संघर्ष चलेको छ। ओलीले नेपाल र दाहाल दुवैलाई महाधिवेशनपछिको अध्यक्षको आश्वासन बाँडेको नेताहरूको बुझाइ छ। नेपालले सरकार गठन, राष्ट्रपति चयन लगायतमा ओलीलाई साथ दिनुको कारण ओलीले महाधिवेशनपछि अध्यक्षमा आफूलाई समर्थन गर्छन् भन्ने नै हो। उता दाहाल पनि ओलीले महाधिवेशनपछि आफूलाई नेतृत्व दिने कुरामा वाम गठबन्धन निर्माणअघि नै वचन दिएको भन्नेमा छन्। ‘वन अन वन’ छलफलमा यी विषयमा ओली खुले पनि एकता संयोजन समितिमा भने खुलेका छैनन्। यसले दाहाल एकतामा ड्याम्मै हाम्फाल्न झस्किएको कतिपयको बुझाइ छ। उनी एकता संयोजन समितिको बैठकमा ‘वन अन वन’ छलफलमा ओलीले दिएका वचन खुलेरै राखिदिए हुन्थ्यो भन्ने चाहन्छन्। त्यसो भए माधव नेपाललगायत सबै नेताहरूका बीचमा एक खालको धारणा प्रष्ट हुने बुझाइमा दाहाल देखिन्छन्। तर ओलीले त्यसरी नबोलिदिँदा दाहाल दोधारमा छन्। दाहाललाई सबैभन्दा ठूलो डर आत्मसमर्पणको आरोप नलागोस्, एमालेमा विलय भएको सन्देश नजाओस् भन्नेमा छ। तर एमाले पंक्ति सकभर एमालेमा माओवादीलाई समाहित गराएको जस्तोमै एकता चाहिरहेको छ। ‘हामी त माओवादीसँग पार्टी एकता नै भने पनि पूर्ण रूपमा विलय नै भएका हौं, तर प्रचण्डजी एमालेमा पार्टी त्यसरी मिसाउने पक्षमा हुनुहुन्न, उहाँको सोच सम्मानजनक एकतातिरै देखिन्छ’, तत्कालीन नेकपा संयुक्त छाडेर माओवादी कार्यालयका सदस्य बनेका नेता गणेश शाहले भने, ‘हेरौं, एकताको कस्तो मोडालिटी आउँछ ? ’ स्थायी समिति ३३ सदस्यीय हुँदा –स्वतः पर्ने नेताहरू पुष्पकमल दाहाल नारायणकाजी श्रेष्ठ रामबहादुर थापा (बादल) अमिक शेरचन देवप्रसाद गुरुङ टोपबहादुर रायमाझी गिरिराजमणि पोखरेल वर्षमान पुन हरिबोल गजुरेल –सहभागी गराउनै पर्ने नेता जनार्दन शर्मा पम्फा भुषाल मातृका यादव गणेश शाह –यीनलाई के गर्ने ? अग्निप्रसाद सापकोटा शक्तिबहादुर बस्नेत चक्रपाणी खनाल नारायण शर्मा हितमान शाक्य कुलप्रसाद केसी मणि थापा जयपुरी घर्ती तिलक परियार लीलामणि पोखरेल दिनानाथ शर्मा हितराज पाण्डे सुरेन्द्र कार्की लेखराज भट्ट उर्मिला अर्याल प्रभु शाह
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies