Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लू पछि हट्यो

भक्तपुर । जर्मन विकास बैंक (केएफडब्लू) सम्पदा पुनःनिर्माण कार्यबाट पछि हटेको छ । विसं २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लू पछि हटेको हो । सम्पदा पुनःनिर्माण कार्यको प्रक्रियाका सम्बन्धमा नगरपालिका र दातृ निकायबीच सहमति हुन नसक्दा केएफडब्लू आफ्नो प्रतिबद्धताबाट पछि हटेको हो । सम्पदा पुनःनिर्माण कार्य स्थानीय उपभोक्ता समितिमार्फत गर्ने कि अन्तर्राष्ट्रिय टेण्डरबाट गर्ने भन्ने मुख्य विवादका कारण केएफडब्लू आफ्नो प्रतिबद्धताबाट पछि हटेको हो । सम्पदा पुनःनिर्माण स्थानीय उपभोक्ता समितिमार्फत स्थानीय सीप र ज्ञानको प्रयोगमार्फत् गर्नुपर्ने अडान भक्तपुर नगरपालिकाले राख्दै आएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय टेण्डरमार्फत् गर्नुपर्ने अडान दातृ निकाय केएफडब्लूले राख्दै आएको थियो । जर्मन राजदूत रोलाण्ड शेफरले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भेट गर्दै केएफडब्ल्यूमार्फत् हुने सहयोग हाललाई बन्द हुने तर भक्तपुरको विकास र सम्पदा संरक्षणको लागि अन्य उपयुक्त माध्यमबाट जर्मन सहयोग जारी रहने जानकारी दिए । जर्मन राजदूत शेफरले भक्तपुर नगरपालिका र केएफडब्ल्यूबीच परियोजना सञ्चालनसम्बन्धी देखिएका प्रमुख तीनवटा असमझदारीमध्ये पूजारी मठको पुनःनिर्माणमा स्टील रडको प्रयोग र कंक्रीट ढलान गर्न नहुने, उपभोक्ता समितिमार्फत पुनःनिर्माण कार्य गर्ने र भक्तपुर दरबारक्षेत्रका ऐतिहासिक सम्पदाहरु पुनःनिर्माण गर्दा अन्तर्राष्ट्रिय टेण्डर गर्दा समस्या हुने विषयमा भक्तपुर नगरपालिकाको भावनालाई केएफडब्ल्यूले स्वीकार गर्न नसकेको बताए । उनले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको समर्पणभावको उच्च प्रशंसा गर्दै जनभावनाविपरित आफूहरु नजाने प्रष्ट पारे । भक्तपुर र जर्मनी सरकारबीच जनस्तरमै प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै राजदूत शेफरले नगरको हितमा कुनै पनि बखत सहयोग गर्न जर्मन सरकार तयार रहेको बताए । उनले सम्पदा संरक्षणमा भक्तपुरको ज्ञान र प्रविधिबारे भविष्यमा अन्तर्राष्ट्रियस्तरमै छलफल हुने र त्यसमा जर्मन सरकारको तर्फबाट पनि सहयोग गर्ने अवसर पाउने विश्वास पनि व्यक्त गरे । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण र विकास निर्माणको कार्य भइरहेको बताए । उपभोक्ता समितिमार्फत कार्य हुँदा संरचना बलियो हुने, संरचनाप्रति स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयंसेवी रुपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय कार्य हुने उनको भनाइ थियो । स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पाँचतले मन्दिर, ५५ झ्याले दरबार, भैरबनाथ मन्दिरलगायत धेरै सम्पदाहरु सयौँ वर्षसम्म जस्ताको तस्तै रहेको उल्लेख गर्दै नगरपालिकाले आफ्नै इन्जिनियरिङ कलेज सञ्चालन गरेर नयाँ पुस्तालाई स्थानीय सीप र प्रविधिको प्रयोगबाट बलियो र भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने विषय अध्यापन गराइरहेको बताए । नगर प्रमुख प्रजापतिले भूकम्पले पीडामा रहेका भक्तपुरवासीलाई सहयोग गर्ने जर्मन सरकार र जर्मन नागरिकहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै भक्तपुरको सम्पदा विश्वसम्पदा सूचीमा सूचीकृत भएकाले यसको संरक्षण गर्नु नगरपालिकाको दायित्व भएको प्रष्ट पारे । सो अवसरमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपा ९ नं वडा अध्यक्ष रविन्द्र ज्याख्व, ७ नं वडा अध्यक्ष उकेश कवां, पर्यटन अधिकृत दामोदर सुवाल, जर्मन विकास सहयोग प्रमुख क्लाउडिया हिपे, शंकर पाण्डे र टीका ढकालको पनि उपस्थिति रहेको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies