/  Tue, December 18, 2018

एउटै जिल्लाका राष्ट्रपति उम्मेद्वारः ‘हुकुमको एक्का’लार्इ कांग्रेसले फाल्यो ‘पानको बादशाह’

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले राति अबेरसम्म स्थायी कमिटी बैठक बसेर राष्ट्रपति पुनः विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेको छ । भण्डारीबाहेक अरुलाई उम्मेद्वार बनाए प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उम्मेद्वार नउठाउने बताएको थियो । तर बुधार विहान बसेको कांग्रेसले कुमारी लक्ष्मि राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

कांग्रेस एक नेताले खबरडबलीलाई जानकारी दिए अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभामा मनोनित गरि पठाएको तीन जनाको सिफारिस रोकेर एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पठाएको सिफारिस स्वीकृत गरेको भन्दै अहिले राष्ट्रपतिको उम्मेद्वार उठाएको हो । ‘हिजो मात्रै हामिले वाम गठबन्धनलाई भण्डारीबाहेक अरु उम्मेद्वार भए हामी उठाउँदैनौं भनेर जानकारी गरेका थियौं’ उनले खबरडबलीसँग भने ।

हाल एमालेबाट पुनः राष्ट्रपतिकी उम्मेद्वार भण्डारी स्व. मदन भण्डारीकी श्रीमती हुन् । भण्डारी पहिलो महिला राष्ट्रपति हुनु अघि एमालेको उपाध्यक्ष थिइन् । भण्डारीलार्इ नेकपा माअोवादी केन्द्रको पनि साथ छ । पार्टी एकता गर्न लागेका एमाले र माअोवादी भागबन्डा गरेका थिए । राष्ट्रपति एमालेलार्इ र उपराष्ट्रपति माअोवादीको भागमा परेको थियो । सातै प्रदेश सभामा कांग्रेस अल्पमत रहेकाले भण्डारीको जित निश्चितजस्तै छ ।

त्यसैगरि कांग्रेसबाट राष्ट्रपतिकी उममेद्वार राई कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । पञ्चायत कालमा देवानसिंहको हत्या भएको थियो । उनी वीपी कोइराला सरकारमा सहायक मन्त्री बनेका थिए ।

राष्ट्रपतिका उम्मेद्वार भण्डारी र राईको गृहजिल्ला भोजपुर हो ।

र, यो पनि

फागुन २३ गते, २०७४ - ११:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी ओलीमाथि ‘शब्द आक्रमण’: कतिले प्रहार गरे, कतिले जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री...   
भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

भारतलाई अस्ट्रेलियाले १४६ रनले हरायो

दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई एक सय ४६ रनले हराएको छ । दोस्रो टेस्टको पाँचौं...   

यी हुन् सम्मानित हुने चार न्यायाधीश

काठमाडौं । न्याय परिषद्को २८औँ दिवसका अवसरमा चार उत्कृष्ट न्यायाधीशलाई आज सम्मान गरिएको छ । प्रधानन्यायाधीश...   

के शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिदैंछन् ?

काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी कमिटी सदस्य शंकर...   

कांग्रेस महासमिति बैठकस्थल सर्योः प्रवक्ता शर्मा भन्छन्-फेरि बैठक फेरि सुरू भइसक्यो

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति...   

एक सातादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी...   

चिनियाँ राष्ट्रपति सी जिनपिङले दिए यस्तो चेतावनी

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप...   

के-के भयो नेकपाको बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमाथिको...   

दोहोरो अंकले घट्यो शेयर

काठमाडौं । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   

१२ दिनदेखि बालिका बेपत्ता

इलाम । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top