/  Tue, December 18, 2018

चार वर्ष अघि इराकमा बेचिएकी किप्पा तामाङको दर्दनाक कथा उद्दारको पहल हुदै

  • फागुन २० गते, २०७४ - ०९:४१

इराक । राम्रो काम, खान बस्न सबै फ्री, मनग्य पैसा कमाउन सकिन्छ भनेर चार वर्ष अघि दलाल टु दलालको सेटिङ मार्फत अवैधानिक रूपमा ईराकको राजधानी बग्दाद पुर्याइ मोटो रकममा बेचिइन किप्पा तामाङ ।

रसुवाको साबिक राम्चे गाविस वडा न ७ घर भएकी तामाङ चार बर्ष अघि तारा माया तामाङ नाम गरेकी महिलाको सहयोगमा कुर्किस्तान, सुलेमानिको टुरिष्ट भिसा लिएर बग्दाद पुगेकी थिइन ।

मबिस नाम गरेका एक बङ्गाली र तारामायाले बग्दाद पुर्याइ किप्पालाई स्थानीय व्यक्तिको घरमा काम गर्न छाडे । किप्पालाइ त्यहाँ छाडे र मोटो रकम लिएर फर्किए । किप्पाको लागि त्यो घर केहि दिन मै नर्क  बन्न पुग्याे । काममा जस नपाउने त छदै छ, दैनिक जसो शारिरिक र मानसिक यातनाबाट पीडित बनिन् किप्पा ।

उनि भन्छिन्, ‘बाचेर नेपाल फर्कन सक्छु भन्ने अझै बिश्वास छैन । २२ महिना देखि कामकाे ज्याला पाएको छैन । दैनिक कुटपिट हुन्छ । कतै सम्पर्क गरौ मोबाइल घर मालिकले लगेकाे छ । मलाई बन्धक बनाएका छन ।’

परिवारसंग सम्पर्क हुन सकेन उनले गुनासो पाेखिन । उद्वारका लागि हात फैलाएकी छन् किप्पाले ।

यसरी हुदैछ उद्दारको पहल

चार वर्ष देखि नारकिय जीवन बिताउदै आएकी किप्पालाई खोजि गरिदिन परिवारले परराष्ट्र मन्त्रालयलाई लिखित निवेदन दिएको भए पनि लामो समय बिति सक्दा समेत कुनै पहल भएको छैन ।

यसैबीच प्रवासी नेपाली एकता समाज कुर्दिस्तान र गैर आवाशिय नेपाली संघ ईराकको संयुक्त पहलमा बिहिवार बेलुका पीडितलाई काम गर्ने स्थानबाट निकाली सुरक्षित स्थानमा राखिएको छ ।

उनलाइ नेपाल पठाउन आवश्यक पहल भैरहेको प्रवासी नेपाली एकता समाज कुर्दिस्तान का पुर्ब सचिब निमा गोलेले जानकारी दिएका छन । पीडितसंग पासपोर्ट वाहेक अरूकुनै कागजात छैन ।

उनलाई बग्दाद हुदै बास्रा, किर्कुक र पेशमार्गा हुदै नेपालीको बाहुल्य रहेको क्षेत्र ईर्बिल सम्म ल्याउदा अमेरिकि डलर ६०० खर्च भएकाे र अझै हजारौ अमेरिकि डलर खर्च हुन सक्ने समाजले बताएकाे छ ।

समाजका पूर्व सचिव निमा गाेलेले भने, ‘सरकार बाट सहयोग मिल्ने आशा पनि गराैं । हामी सहयोग जुटाउदै छौं एनआर एन संग पनि सहकार्य भैरहेकाे छ ।’

फागुन २० गते, २०७४ - ०९:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्मला पन्तकी आमाले हालिन एसपी पन्त बिरुद्ध किटानी जाहेरी

कन्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे प्रमाण नष्ट गरेको भन्दै निर्मलाकी...   

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते बुधबारका लागि आह्वान

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका...   
ईन्जिनियर्स एसोसियशनमा प्रगतिशिल प्यानल बिजयी

ईन्जिनियर्स एसोसियशनमा प्रगतिशिल प्यानल बिजयी

काठमाडौं । नेपाल ईन्जिनियर्स एसोसियशनको केन्द्रीय अध्यक्षमा प्रगतिशिल प्यानलका प्रा.डा.त्रिरत्न...   

मृत्यु समय बारे वैज्ञानिकहरूकाे यस्ताे शाेध

मृत्यु अवश्यंभावी छ । मृत्युका बारेमा विभिन्न समयमा विभिन्न शाेधहरू भइरहेका छन् । हालै वैज्ञानिकहरुले...   
नेकपाको बैठकमा १० जना स्थायी समिति सदस्यले राखे आफ्ना धारणा

नेकपाको बैठकमा १० जना स्थायी समिति सदस्यले राखे आफ्ना धारणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटिको आजको बैठकमा अध्यक्षको प्रतिवेदनमा १०...   

मेलम्चीको जिम्मा पाएको इटालियन कम्पनीका आठ बिदेशी पक्राउ

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा लिएको इटालियन कम्पनी सिएमसीका आठ जना विदेशी कर्मचारी...   

करेन्ट लागेर मृत्यु

पोखरा । पोखरा महानगरपालिका–१३ भद्रकाली चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नयाँ घरमा काम...   

विद्यार्थीहरुबाट क्याम्पस प्रमुखलाई कालोमोसो

धनुषा । जनकपुरको रामस्वरुप रामसागर बहुमुखि क्याम्पसका प्रमुखलाई विद्यार्थीहरुले कालोमोसो दलेका...   

कर्मचारी संगठनद्वारा आन्दोलनको घोषणा

काठमाडौं । कर्मचारी समायोजन अध्यादेशप्रति असहमति जनाउँदै कर्मचारीका विभिन्न संघ संगठनहरुले आन्दोलनको...   
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्नेः अध्यक्ष प्रचण्ड

विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्नेः अध्यक्ष प्रचण्ड

पाल्पा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top