Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

१८ वर्षे किशोरीको स्थायी बन्ध्याकरण, २० वर्षमुनिका एक हजार गर्भवती

\"\"काठमाडाै । कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । अाजकाे नयाँ पत्रिकामा खबर छ- बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो । १३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन्तान भइसके, त्योभन्दा बढाउन डर लाग्यो, त्यसैले अप्रेसन गराएँ,’ उनले भनिन् । सानै उमेरमा बिहे गर्नुहुँदैन भन्ने थाहा नभएको उनले बताइन् । आमा बनेपछि मात्रै छिटो बिहे गरेको महसुस भएको उनले सुनाइन् । ‘सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो,’ मनीषाले भनिन्, ‘धेरै बच्चा जन्माएर अर्को गल्ती नहोस् भनेर समयमै बन्ध्याकरण गरेकी हुँ ।’सानै उमेरमा बन्ध्याकरणका लागि आएको देख्दा जिल्ल परेको जिल्ला अस्पताल डोटीका डा. गिरिश अवस्थीले बताए । ‘सुरुमा त आफन्तको बन्ध्याकरणका लागि साथमा आउनुभएको होला जस्तो लागेको थियो,’ डा. अवस्थीले भने, ‘उहाँले आफ्नै बन्ध्याकरण गराउन आएको बताएपछि अचम्म लाग्यो ।’ सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो, धेरै बच्चा जन्माएर अर्को गल्ती नहोस् भनेर अहिले नै अप्रेसन गरेकी हुँ : मनीषा बोहरा बन्ध्याकरण गर्नेमा महिला धेरै डोटीमा सञ्चालन गरिएको शिविरमा बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला धेरै रहेको अस्पतालको तथ्यांक छ । जिल्लाका १२ स्थानमा भएको शिविरमा एक सय ५९ महिला तथा ६५ पुरुषले स्थायी बन्ध्याकरण गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीले बताए । बन्ध्याकरण गर्ने अधिकांश महिला ३० देखि ३५ वर्षको रहेको उनले बताए । पुरुषहरू इच्छा नदेखाउने भएकाले महिलाले बन्ध्याकरण गर्ने गरेको उनको भनाइ छ । शिविरमा आएका महिलाका भनाइ उद्धृत गर्दै जोशीले भने, ‘श्रीमान् भारतमा काम गर्न जाने र बलियो काम गर्नुपर्ने भएका कारण बन्ध्याकरण गर्न मान्नुहुन्न, त्यसैले हामी आएका हौँ भन्ने गरेका छन् ।’ २० वर्षमुनिका एक हजार गर्भवती डोटीमा २० वर्षमुनिका एक हजार १६ जना महिला गर्भवती रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । गत वर्ष तीन हजार सात सय ३६ जना महिला गर्भवती भएका थिए । सानै उमेरमा विवाह गरेका उनीहरूका स्वास्थ्य समस्याको जोखिम उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सतिश विष्टले बताए । उनले भने, ‘बालविवाह ठूलो चुनौतीका रूपमा रहेको छ ।’ यसले महिलाको स्वास्थ्यमा मात्रै नभएर सामाजिक तथा आर्थिक रूपमा पनि असर पारिरहेको उनले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies