/  Tue, August 21, 2018

छोरीको विहेका लागि राखेको पाँच लाखसहित घर गाेठ जल्यो

सप्तरी । शम्भुनाथ नगरपालिका १२ कुसहाकन जैमुल खातुनको घरमा खुशियाली छाएको थियो । जेठी छोरीको निगाह (विवाह) तय भएपछि मंगलबार कपडा खरिद गर्ने निधो गरिएको थियो ।

कस्तो कपडा खरिद गर्ने ? भन्ने बिषयमा सोमबार साँझ घरमा सबै जनासँग छलफल गरेर परिवारका सबै जना सुते । छोरीको विवाहकै निम्ति साउदी अरेबियामा काम गरिरहेका जैतुनका पति जलधर मियाँले दुई लाख रुपैयाँ पठाइदिए । यसअघि पनि उनले तीन लाख पठाइदिएका थिए विवाहकै लागि ।

तर, नियती उल्टियो । राति अचानक भएको आगलागीले घरगोठ जल्यो, खातुन परिवार खुला आकासमुनि आइपुगेका छन् । उनीहरु खाना खाएर सुतेपछि एक्कासी आगो लाग्यो । मियाँ परिवारको सुत्ने घर र गोठ पूर्ण रुपमा जल्यो । सोही आगलागीमा परी छोरीको विवाहका लागि राखिएको नगद पाँच लाख, जोहो गरिएका सामान सबै जल्यो ।

यसबाहेक घरमा राखिएका दैनिक उपभभोग्यमा सम्पूर्ण सामान जलेको छ । उनले पालेका एक गाई र एक गोरु, चार वटा खसीसमेत जल्यो ।जलधरका भाइको पनि एक घर र एक गोठ जलेको छ । उनका भाइ मुमताजको घर र गोठसँगै तीन वटा गोरु, चार वटा खसीसहित घरका सम्पूर्ण सामान जलेर खरानी बनेको छ ।

आगलागीको कारण खुलेको छैना । यद्यपि स्थानीयहरुले गोठमा बालिएको घुरबाट आगो सल्केको हुन सक्ने बताएका छन् । इलाका प्रहरी कार्यालय पातोका सई सागीर राइनले आगो घुरबाटै सल्केको हुन सक्ने बताए । स्थानीय बासिन्दा तथा प्रहरीको सहयोगमा आगो नियन्त्रण भएको छ ।

फागुन १ गते, २०७४ - १७:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेश जाने नेपाली कामदारको संख्या घट्यो, कुन देशमा घट्यो कुन देशमा बढ्यो ?

काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत आर्थिक बर्षमा घटेको छ । नेपाल राष्ट्र बैंक अनुसन्धान...   

मोहियानी हकको दाबी गर्दै ५० हजार भन्दा बढीले दिए निवेदन

काठमाडौँ, ५ भदौ । पचास हजार पाँच सय भन्दा बढी मोही र जग्गाधनीले मोहियानी हक दाबी गर्दै भूमिसुधार कार्यालय...   

पन्ध्र वर्षदेखि शरीरमा गोलीको पीडा

सुर्खेत, ३ भदौ । तत्कालिन नेकपा(माओवादी)का पूर्व लडाकूका शरीरमा रहेका गोली निकाल्न नसक्दा १५ वर्षदेखि...   

अझै पाउन सकिएन ‘स्मार्ट चालक अनुमतिपत्र’

सञ्चिता घिमिरे। ललितपुर, ३ भदौ ।  ग्वार्काे बस्दै आउनुभएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको...   
नेपाली सेनाका प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

नेपाली सेनाका प्रधानसेनापतिमा पूर्णचन्द्र थापा नियुक्त

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई...   
राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन

राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको निधन

जेनेभा, स्वीट्जरल्याण्ड, २ भदौ । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको...   

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

सोमनाथ लामिछाने । काठमाडौं, २ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि...   
शान्ति प्रगति र स्थायित्वका लागि विश्वसमुदायले साथ दिने अध्यक्ष प्रचण्डको भनाई (अडियाे सुन्नुहाेस्)

शान्ति प्रगति र स्थायित्वका लागि विश्वसमुदायले साथ दिने अध्यक्ष प्रचण्डको भनाई (अडियाे सुन्नुहाेस्)

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, प्रगति र स्थायित्वका...   

रिहा भए लगत्तै प्रकाण्ड अदालत परिसरबाटै पक्राउ

काठमाडाैं । नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड ‘ लाई प्रहरीले पुनः पक्राउ गरेको छ । नेत्रविक्रम...   
देवानी संहितामा प्रेस स्वतन्त्रताबारे सच्याउनुपर्ने माग

देवानी संहितामा प्रेस स्वतन्त्रताबारे सच्याउनुपर्ने माग

काठमाडौँ, १ भदौ । आजदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका कतिपय प्रावधान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top