Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

फर्केर हेर्दा सन् २०१७: विश्वका यी चार चर्चित नेताले के-के गरे ?

\"\"सन् २०१७ मा अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भए भने अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले लगातार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण जारी राख्यो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जङ-अन आरोपप्रत्यारोपमा अल्झिरहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ विश्व मानचित्रमा थप शक्तिशाली भएर निस्के ।

सन् २०१७ मा अरु के के भए जसले विश्वको दिशा नै बदले ? विरोधका माझ अर्बपति व्यापारी ट्रम्प अप्रत्याशित रुपमा अगाडि बढे र अमेरिकाको ४५ औं राष्ट्रपति बनेर ह्वाइट हाउस पुगे । राष्ट्रपति निर्वाचित भएपछि उनले कैयौँ विद्यमान मापदण्डहरुलाई चुनौती दिए अनि कतिपय यस्ता निर्णय गरे जसका कारण विवाद उत्पन्न भयो । अमेरिकाका कैयौँ शहरमा मानिसहरु सडकमा उत्रिएर नवनिर्वाचित राष्ट्रपतिको विरोधमा प्रदर्शन गरे । \"\" राष्ट्रपति चयन भएपछि ट्रम्पले इस्लामिक अतिवादविरुद्ध विश्वलाई एकजुट बनाउने र त्यसको अन्त्य गर्ने बताए । राष्ट्रपति बनेको एक वर्षभित्र ट्रम्पले कैयौँ बहुपक्षीय संगठन तथा सम्झौताहरुबाट बाहिरिने निर्णय गरे जस्तो कि जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौताबाट अमेरिका बाहिरिने निर्णय । संघीय अनुसन्धान निकाय एफबीआइको प्रतिष्ठा \'धुजाधुजा\' भएको टिप्पणी गरेका ट्रम्पले शीतयुद्धकालदेखि अमेरिकाको शत्रु ठानिने रुससँग मित्रता बढाए । मस्कोमाथि आरोप निर्वाचनअघि ट्रम्पको चुनावी अभियान समूहले रुसी अधिकारीहरुसँग सम्पर्क गरेको र चुनावमा मस्कोसँग साठगाँठ गरेको भन्ने आरोप ट्रम्पले अस्वीकार गर्दै आएका छन् । त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका ट्रम्पले चुनावमा मस्कोले हस्तक्षेप गरेको भन्ने आरोपबाट पुटिनले अपमानित महसूस गरेको बताएका थिए । सन् २०१७ शुरु नहुँदै अमेरिकी गुप्तचर निकायहरुले राष्ट्रपतीय चुनावमा मस्कोले हस्तक्षेप गरेको आरोप लगाएका थिए । त्यसपछि अमेरिकादेखि स्पेनसम्म र हालै क्याटलोनियामा देखिएको संकटमा रुसको छाया परेको देखिएको थियो । यद्यपि पुटिनले ती आरोपहरुको खण्डन गर्दै आएका छन् । विश्वलाई चिर्दै चिनियाँ सडक विगत केही वर्षदेखि चीनले अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बढाउने प्रयास गरिरहेको छ र अन्तर्राष्ट्रिय महत्त्वका मुद्दामा उसले आफ्ना धारणाहरु राख्दै आएको छ । राष्ट्रपति सीले त्यो अवस्थाले आउँदा दिनहरुमा निरन्तरता पाउने पुष्टि गरिसकेका छन् । \"\" हालैको एउटा भाषणमा उनले भनेका थिए, \"चीन एउटा नयाँ युगमा प्रवेश गरिसकेको छ जहाँ हामीले विश्वको केन्द्रीय मञ्चमा आफ्नो स्थान लिनुपर्छ ।\" आफ्नो शक्ति र अन्तर्राष्ट्रिय प्रभावका कारण चीन सन् २०५० सम्ममा \'विश्व नेता\' बन्ने सीले उद्घोष गरेका छन् । त्यो दिशातर्फ चीनले काम अघि पनि बढाइसकेको छ जस्तो कि द सिल्क रोड भनिने प्राचीन रेशममार्ग फेरि ब्युताउने र एसियाली पूर्वाधार लगानी ब्यांकको स्थापना गर्ने । लामो दूरीको क्षेप्यास्त्र उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्रको तेस्रो परीक्षण गर्‍यो र त्यो कोसेढुङ्गा भएको बतायो । \"\" त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जङ-अनले पछिल्लो परीक्षणले सिङ्गो अमेरिका उत्तर कोरियाको पहुँचभित्र रहेको पुष्टि गरेको बताएका थिए । उत्तर कोरियाली दाबीप्रति शंका भए पनि विज्ञहरुले भविष्यमा प्योङयाङले आफ्नो लक्ष्य हासिल गर्नसक्ने बताउने गरेका छन् । अमेरिकी तथा संयुक्त राष्ट्रसंघीय प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरह्यो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies