Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

पूर्व राष्ट्रपतिले लेखे चर्चित प्रेमपत्र

\"\"अमेरिका ।  पूर्व राष्ट्रपति बराक ओबामाले आफ्नी प्रेमिकालाई लेखेका पत्रहरु सार्वजनिक भएका छन्। ओबामाद्वारा लिखित पत्रहरुले जाति, वर्ग र आर्थिक असुरक्षासम्बन्धी भावनाहरु उजागर गरेका छन्। ओबामाले अलेक्जान्ड्रा म्याकनिअरलाई हस्तलिखित प्रेमपत्रहरु पठाएका थिए जसलाई उनले क्यालिफोर्नियामा अध्ययन गरिरहेका बेला भेटेका थिए। तीमध्ये केही पत्रहरुले भविष्यका राष्ट्रपतिले शुरुका दिनहरुमा गरेका संघर्षहरुको खुलासा गरेका छन्। सन् २०१४ मा इमरी विश्वविद्यालयको रोज पुस्तकालयले प्राप्त गरेका ओबामाका पत्रहरु अहिले आएर सार्वजनिक गरिएका हुन्। उक्त पुस्तकालयकी निर्देशक रोजम्यारी म्यागीले भनिन्, बडो सुन्दर तरिकाले ती प्रेमपत्रहरु लेखिएका छन् र एक युवाबाट गरिएको अर्थ र पहिचानको खोजीबारे पत्रहरुले उजागर गरेका छन्। आफ्नी श्रीमती मिशेललाई पहिलो पटक भेट्नुभन्दा ५ वर्षअघि ओबामाले सन् १९८२ र १९८४ को बीचमा ती पत्रहरु प्रेमिकालाई लेखेका थिए। शुरुको एउटा पत्रमा उनले लेखेका छन्, मलाई विश्वास छ कि तिमीलाई थाहा छ । मलाई तिम्रो न्यास्रो लाग्छ। तिम्रो लागि मेरो चिन्ता हावाजस्तै फराकिलो छ । तिमीप्रतिको मेरो विश्वास समुद्रजस्तै गहिरो छ । मेरो माया अथाह छ। \"\"तर उनीहरुबीचको लामो दूरीको सम्बन्ध टिकेन। सन् १९८३ मा ओबामाले आफ्नो प्रेमिकालाई लेखेको एउटा पत्रमा भनिएको छ, म प्रायः तिमीबारे सोचिरहन्छु । यद्यपि तिमीप्रतिका आफ्ना भावनाहरुबारे म दोधारमा रहन्छु। यस्तो लाग्छ हामी दुवैले त्यही कुराको चाहा गर्छौँ जुन कुरा पाउन सक्दैनौँ, यही कुराले हाम्रो मिलन गराएको छ र यही कुराले हामीलाई एकअर्कादेखि टाढा राखेको छ। हवाई राज्यमा जन्मिएका ओबामाका बुवा केन्याली थिए र ओबामाले शुरुका वर्षहरु इन्डोनेसियामा बिताएका थिए। उनले फरक अनुभूति भएको पत्रमा उल्लेख गरेका छन्। ओबामाले लेखेका छन्, म भित्र धेरै ईर्ष्या रहेको मैले स्वीकार्नैपर्छ। मलाई सघाउ पुर्‍याउने कुनै वर्ग, कुनै संरचना अथवा कुनै परम्परा थिएन, मैले आफ्नो बाटो आफैँले बनाउनुपर्ने थियो। एक्लोपनका मेरा भावनाहरुलाई साम्य पार्नका लागि सबै परम्परा र वर्गलाई आफ्नो बनाउनु र तिनीहरुको म हुनु एकमात्र विकल्प थियो। तर त्यो गर्न सहज नभएको उनले लेखेका छन्। सन् १९८३ मा अध्ययन पूरा गरेर इन्डोनेसिया फर्किएपछि ओबामाले इन्डोनेसियासँग आफ्नो सम्बन्ध नरहेको महसुस गरे। उनले लेखेका छन्, त्यहाँको भाषा मैले राम्रोसँग बोल्न सकिनँ। \"\"अध्ययन पूरा गरेपछि ओबामालाई थाहा थियो किन उनले सामुदायिक परियोजनाहरुसँग सम्बन्धित काम गर्नेछन्। सन् १९८३ मा उनले लेखेको एउटा पत्रमा भनिएको छ, केही हप्ता पहिले आफ्ना शैक्षिक तथा व्यक्तिगत विवरणहरु हुलाकमार्फत पठाउनलाई मसँग पैसा थिएन । त्यसपछि टाइपराइटर भाडामा लिनलाई चेक रद्द गराउनुपर्‍यो। एउटा अन्तर्राष्ट्रिय कम्पनीमा जागिर पाएपछि ओबामाले पत्रमा लेखेका छन्, त्यहाँ एकदमै काम गर्ने व्यक्तिको रुपमा म स्थापित भएँ, सबैले मेरो पिठ्युँ थपथपाउँदै मेरो प्रशंसा गरे। विविसी

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies