Khabar Dabali Logo
  November 18, Mon

वाम गठबन्धनले पहिचानको मुद्धा थप सशक्त हुन्छः मातृका यादव

माओवादी केन्द्र र एमालेसहित नयाँ शक्तिको चुनावी तालमेलसंगै पार्टी एकीकरणको प्रयासलाई लिएर अनेक टिप्पणी भैरहेका छन् । विगतमा मधेस केन्द्रित दलहरुको माग बमोजिम संविधान संशोधन गर्ने सवालमा विपक्षमा उभिर फेल गराएको एमालेसंगको एकतापछि अब पहिचानको मुद्धा कसरी अगाडि बढ्छ भन्ने प्रश्न पनि उठेको छ । यहि सन्दर्भमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नम्बर दुईका इञ्चार्ज तथा पार्टीको भ्रातृ संगठन राष्ट्रिय मधेसी मुक्ति मोर्चाका संयोजक मातृका यादवसँग रघुनाथ बजगाईँले लिएको अन्तवार्ता–

वाम एकताले पहिचानको मुद्धा कसरी अगाडी बढ्छ भन्ने प्रश्न उठेको हो ?

स्वभाविक रुपले नयाँ परिवेशमा कसरी अगाडि बढ्ने भन्नेमा आशंका गर्नु स्वभाविक हुनसक्छ । एमलेभित्र पनि पहिचान पक्षधर छन् । विगतमा के भयो भन्दा पनि अव कसरी जाने भन्ने दुबै पार्टीको सहमति अनुसार हामी एकीरणसम्मको प्रक्रियामा छौँ । पहिचानको मुद्धा अगाडि बढाउनेमा प्रश्न भन्नुभयो, प्रश्न होईन अब झन नयाँ शिराबाट सशक्त रुपमा उठाउन सजिलो भएको छ । विगतमा पहिचानको मुद्धाका बिषयमा एमालेका धेरै साथीहरु पार्टीको नेतृत्वप्रति असन्तुष्ट थिए । मधेसी र पहिचान पक्षधर त्यस्ता साथीहरुबाट हाम्रो मुद्धा स्थापित गराउन मद्धत पुर्याउँदछ ।

संविधानको सर्वस्वीकार्यताका लागि भन्दै संसदमा पेश भएको संशोधन प्रस्ताव फेल गराएको एमालेले तपाईले भने जसरी काम गर्लान त ?

हैन,आन्तरिक संर्घष हुन्छ । छुट्टाछुट्टै पार्टीमा रहेर त पहिचान पक्षधरहरु एक थियौ भने अब झनै सजिलो भएन र रु त्यतिबेला एमालेका धेरै साथीहरुले पार्टीको ह्वीप मानेर आफुलाई लज्जित गराएका हुन् । त्यस्ता इमानदार नेताहरु अब खुल्न झन सजिलो भयो नी, यो बिषयलाई थप उचाईमा पुर्याउँन कसरी जाने भन्नेमा छलफल भने हुन्छ ।

पछिल्लो समय ‘मधेसी भ्वाइस एसेम्बली’ गठन गर्नुभएको थियो नी १ के गर्दैछ अहिले ?

सम्बन्धित् समाचार जिसस बर्दियामा माओवादी गठबन्धन विजयी
म फेरी दोहोर्याउन चाहन्छु वाम गठबन्धनले पहिचानको मुद्धा थप सशक्त हुन्छ । नयाँ शिराबाट अगाडि बढेर संविधान सर्वस्वीकार्य बनाईन्छ ।

भनेपछि वाम गठबन्धनले संविधान संशोधन गर्छ ?

गर्नुपर्छ ।

पहिचानको मुद्धा स्खलीत हुने भो भन्दै गोपाल किँरातीले माओवादी पुर्नगठन गर्ने भनेका छन् नी ?

उहाँलाई म आग्रह गर्छु पहिचान सबैको मुद्धा हो । गठबन्धनभित्रैबाट लडौँ । अन्यथा सहि गन्तव्य समात्न गाह्रो हुने विगतका अनुभवले पनि देखाएका छन् ।

अशोज २२ गते, २०७४ - २०:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top