/  Thu, August 17, 2017

एनआरएनएद्धारा बाढी पीडितका लागि कोष स्थापना, शेष घलेले गरे १ करोडको प्रतिवद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बाढी पीडितका लागि आपतकालीन राहत कोषको स्थापना गरेको छ ।
उक्त कोषमा एनआरएनए अध्यक्ष शेष घले र उनका श्रीमती जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन् ।

आइतबार बसेको एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ । बैठकमा अन्य सदस्यहरुले पनि सहयोग गरिरहेको बताएका छन् । आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरण गर्ने अध्यक्ष घलेले बताए ।

संघका अध्यक्ष घलेले आइतबार (आज) गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग टेलिफोनमा छलफल गरेका थिए । गृहमन्त्रीको सल्लाहअनुसार नै राहत सामाग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ ।

संघले तत्कालका लागि राहत कोषको रकम दुई करोड रुपैयाँ पुर्‍याउने र सामाग्री खरिद प्रकृया सुरु गर्ने जनाइएको छ ।
केहि दिनदेखि अविरल बर्षाका कारण बाढी र पहिरोमा परि अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

 

साउन २९ गते, २०७४ - १५:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसदलाई ‘बाँदर’ भनेपछि संसद बैठकमा…

सांसदलाई ‘बाँदर’ भनेपछि संसद बैठकमा…

काठमाडौं । व्यवस्थापिका-संसद्को बुधबारको बैठकमा बोल्ने क्रममा सांसदहरुले प्रयोग गरेको शब्दप्रति...   
प्रधानमन्त्रीलाई बोलाएर के भनिन् राष्ट्रपतिले ?

प्रधानमन्त्रीलाई बोलाएर के भनिन् राष्ट्रपतिले ?

फाइल फोटो काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता...   
चुनावको मिति तोक्न प्रमुख दलको बैठक शुरु

चुनावको मिति तोक्न प्रमुख दलको बैठक शुरु

काठमाडौं । प्रदेशसभा तथा प्रतिनिधिसभाकाे चुनाबको मिति तोक्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा...   
सरकारी गोदाममा कति थन्किएका छन् त्रिपाल र टेन्ट ?

सरकारी गोदाममा कति थन्किएका छन् त्रिपाल र टेन्ट ?

काठमाडौं । केहि दिन अघिदेखि देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोको कारण एक सय भन्दा बढीले ज्यान गुमाएका...   
सरकारी गोदाममा थन्किएको त्रिपाल र टेन्ट वितरण गर्न मन्त्री प्रभु साहको निर्देशन

सरकारी गोदाममा थन्किएको त्रिपाल र टेन्ट वितरण गर्न मन्त्री प्रभु साहको निर्देशन

काठमाडौं । सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरुको गोदाममा रहेका त्रिपाल वितरण गर्ने निर्णय गरेको...   
सर्पको डसाइबाट एक बालकको मृत्यु

सर्पको डसाइबाट एक बालकको मृत्यु

फाइल फोटो राजविराज । सप्तरीको कृष्णसावरण गाउँपालिका–५ मा विषालु सर्पको डसाइबाट आज एकजना बालकको मृत्यु...   
प्रचण्ड, शर्मा र मण्डलले सप्तरीमा राहत बाँडे

प्रचण्ड, शर्मा र मण्डलले सप्तरीमा राहत बाँडे

सप्तरी । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीको विपत्तिपछि...   
निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

निधिलाई भेट्न प्रधानमन्त्री देउवा अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र...   
भारत र चिनियाँ सेनाबीच झडप

भारत र चिनियाँ सेनाबीच झडप

फाइल फोटो भारत । महिना दिन भन्दा लामो समयदेखि विवाद रही आएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार...   
डुबेर आमा-छोरीको ज्यान गयो, अर्की छोरी वेपत्ता

डुबेर आमा-छोरीको ज्यान गयो, अर्की छोरी वेपत्ता

बाँके । राप्ती नदीको डुबानमा परेको नरैनापुर गाउँपालिका ६ गंगापुर कुदेरबेटवा गाउँस्थित सिंगैया नालामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top