Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

राजपासँगको सहमतिले मेरो मिसन सफल भयो : प्रचण्ड

\"\"काठमाडौं । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनता पार्टी (राजपा) सँग भएको सहमतिले आफ्नो मिसन र मेहेनत सफल भएको बताएका छन् । शनिबार दिउँसो माओवादीका दिवङ्गत नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मधेशी दलहरुलाई चुनावमा ल्याउने आफ्नो मिसन सफल भएको बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘एकथरि मान्छे र शक्तिहरु मधेश र पहाडका बीच द्धन्द्ध बढाउने, भीडन्त गराउने र त्यसको राजनीतिक फाइदा लिने षड्यन्त्रमा थिए । मधेशी दललाई चुनावभन्दा बाहिरै राखेर परिस्थितिलाई भड्काउने उनीहरुको षड्यन्त्र असफल भएको छ । हिमाल, पहाड र तराई–मधेशलाई जोड्न, मधेश केन्द्रित दललाई संविधानको दायरामा ल्याउन र चुनावमा लैजान मैले निरन्तर कोशिस गरें । हिजो मात्रै बालुवाटारमा नयाँ सहमति भएको छ, यसबाट मेरो मिसन र मेहेनत सफल भएको छ ।’ अध्यक्ष प्रचण्डले माओवादी प्रगतिशील राष्ट्रवाद र राष्ट्रिय एकताको पक्षमा रहेको बताए । उनले भने, ‘देशमा दुईखाले अतिवाद छन् । एउटा अतिवादले पहाडको मात्र कुरा गर्छ र मधेशमाथि अत्याचार गर्छ । अर्को अतिवादले मधेशलाई छुट्टै देश ठान्छ र पहाडलाई बदलाको भावनाले हेर्छ । यी दुवै घातक नश्लीय चिन्तन हुन् । यसले अन्ततः निरङ्कुशता हुँदै फासीवादमा लैजान्छ । हामी यी दुवै अतिवादबाट सतर्क हुनुपर्छ ।’ आफूले राष्ट्रिय एकता र सबैको समान अधिकारको कुरा गर्दा लम्पसारवादको आरोप खेप्नुपरेको प्रचण्डले बताए । उनले भने, ‘सामन्तहरुले मधेश होस् वा पहाड, उत्पीडित र गरीबहरुमाथि अत्याचार गर्दै आएका छन् । हामी सबै खाले उत्पीडन, अहङ्कारको विरुद्ध र न्यायको पक्षमा छौं । देशका गरीब, किसान, मजदुर, जनजाति, महिला, मुस्लिम, दलित, मधेशीलाई हेप्ने, बिखण्डन गर्न खोज्नेहरु राष्ट्रवादी हुने अनि हिमाल, पहाड र तराई–मधेश जोड्ने र राष्ट्रिय एकता चाहने र त्यसका लागि लड्ने हामी चाहिँ लम्पसारवादी ? यो अतिवादको भण्डाफोर जरुरी छ ।’ अर्को एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले हिजो राजा महाराजाकै गुणगान गाउनेहरु अहिले मधेशी अधिकारको कुरा गरेको बताउँदै मधेशी जनतामाथि भएको उत्पीडनका विरुद्ध जनयुद्धमा १३०० जनाले बलिदान गरेको बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादवले राष्ट्रिय एकता र स्वाभिमानका पक्षमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएको बताए । पेरिसडाँडाको कार्यक्रमअघि नुवाकोट–काठमाडौं जनसम्पर्क मञ्चले बालाजुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले १० वर्षे योजनाका साथ माओवादी आन्दोलनलाई पूनर्संगठित गर्ने बहस थालिएको बताए । उनले भने, ‘माओवादी आन्दोलनलाई नयाँ उचाईमा लैजानेबारे शीर्ष तहमा बहस थालेका छौं । अब सबै माओवादीहरु एक ठाउँमा आएर नयाँ सोचसहित अगाडि बढ्न जरुरी छ । छिटै नै माओवादी धाराका साथीहरु आउनु हुन्छ ।’  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies