Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आर्ट काउन्सिलमा पाँचदिने कला प्रदर्शनी शुरु

\"\"काठमाडौं, २६ असार । चित्रमा नयाँ नेपालको प्रतिबिम्बलाई करिब एक दर्जन अग्रज र २० जना कलाका विद्यार्थीले उतारेका छन् । समृद्ध देशको सपनालाई रङ र कुर्चीले क्यानभासमा कलात्मक रुपमा प्रस्तुत गरेका चित्रको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ललितकला क्याम्पस भोटाहिटी र राष्ट्रिय योजना आयोगको सहकार्यमा पाँचदिने कला प्रदर्शनी आइतबारदेखि सुरु भएको छ । ‘विकासका लागि चित्रकला निर्माण र प्रदर्शनी’नामक कला प्रदर्शनीको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले संयुक्त रुपमा गर्नुभएको थियो । प्रदर्शनीमा सहभागी ११ जना नेपाल अग्रज कलाकारलाई सो अवसरमा सम्मान समेत गरिएको थियो । कलाले समाजमा मानिसलाई सचेत र उर्जाशिल बनाउन मद्दत गर्ने आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बताए । उनले कलाले देशको विकास र समृद्धिमा बाटो देखाउन सक्ुपर्नेमा जोड दिंदै भने, –‘समृद्ध नेपालको परिकल्पनालाई कलाले समेट्नुपर्दछ ।’ कार्यक्रममा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले कलाले नेपाललाई विश्वमा चिनाउन सकेको बताउँदै भने, –‘समाजलाई अगाडि बढाउन र विकासमा सहयोग पु¥याउन कलाले महत्वपूर्ण भूमिका खेल्न भएकाले यस क्षेत्रको विकासमा राष्ट्रिय योजना आयोगले काम गर्नुपर्ने बेला आएको छ ।’ प्रदर्शनीमा नेपाली कलामा काँचुली फेर्ने कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको कलाकार तथा लेखक मदन चित्रकारले बताए । उनले थपे, –‘यो एउटा ऐतिहासिक घटनाको रुपमा रहेको छ । यस प्रदर्शनीमार्फत राज्यले कलाकारलाई समेट्न खोजेको छ ।’ नेपालका कलाकारले नेपालकै समृद्धिको सपनालाई पुरा गराउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले बताए । नेपालको विकासप्रतिको कलाकारको दृष्टिकोण कलामार्फत अभिव्यक्त गर्नु प्रदर्शनीको प्रमुख उद्देश्य रहेको ललितकला क्याम्पसका प्रमुख रमेश पोखरेलले बताए । उनले भने, –‘कलामार्फत सर्वसाधारणलाई नेपालको विकास र सांस्कृतिक वैभवप्रति सचेत गराउनु पनि हो । कलाकारले देश निर्माणको भावमा रहेर रचना गर्नुभएका कलाकृति साँच्चिकै देशको सम्पत्ति हुन् । यी कलाकृतिलाई सरकारका उच्च निकायमा राखी कलाप्रति नीति निर्माताको ध्यानलाई आकृष्ट गर्नु पनि यसको ध्येय रहेको छ । प्रदर्शनीमा उत्तम नेपाली, मदन चित्रकार, रागिनी उपाध्याय, हरिप्रसाद शर्मा, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, शशिकला तिवारी, शशी शाह, किरण मानन्धर, रतन कुमार राई र बिपिन घिमिरे सहभागी छन् । नेपाललाई चिनाउने गौरवका विषयसँगै वातावरण, शिक्षा, भौतिक पूर्वाधार, गरीबी, अशिक्षा, जलवायू परिवर्तन र त्यसको प्रभाव लगायतका आम चासोका विषयमा कलाकारले चित्रमा उतारेका थिए । साथै ललितकला क्याम्पसमा अध्ययनरत् करिब २० जना कला विद्यार्थीका देश निर्माण र विकासमा आधारित कला प्रदर्शनीमा राखिएको क्याम्पस प्रमुख पोखरेलले बताए । प्रदर्शनीमा ललितकला क्याम्पसका आकाश बुढामगर, बसुन राई, बिजेन्द्र श्रेष्ठ, बुद्धकुमार बि.क., दिनेश थापा, हरेराम यादव, जेनी नकर्मी, कलादेवी लिम्बु, निरोज बडे, प्रदिप पल साउद, राजु गिरी, सनबहादुर गुरुङ, सपना सुब्बा, सुचिन श्रेष्ठ, सुदन श्रेष्ठ, उर्मिला मर्हजन, किरण गुरुङ, माधव पौडेल, दिनेश्वर महतो र नन्द कुमार श्रेष्ठ सहभागी रहेका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies