Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मनोनयनमा जाँदा एमाले, फर्किँदा माओवादी

\"\"गुल्मी, ६ असार । २० वर्षपछि हुन लागेको स्थानीय चुनावको मनोनयनको दिन । धुर्कोट गाउँपालिका २, पिपलधाराका शेरबहादुर केसी बडो खुसीयालीका साथ आफ्नाउम्मेदवारलाई हौसला दिन उत्साहपूर्वक गाउँपालिका केन्द्र पुगे । तर जव केही घण्टा आफ्ना साथीहरुसंग भलाकुसारी गरे, अनि उम्मेदवारी दर्ताको समय भयो उनको उत्साह एकाएक निराशामा परीणत भयो । ‘२० वर्ष पछि आएको चुनाव हो, भोट किन खेर फाल्नु जित्ने उम्मेदवारलाई दिने निर्णय गरेँ’ बेलुकी फर्कँदा उनले साथीहरुसंग भने ‘सबै वार्डका मान्छे भेला भएको ठाउँमा थाहा भयो भुपाल पोखरेल गाउँको विकासका लागि राम्रो मान्छे रहेछन् ।’ भुपाल माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुन् । बिहानसम्म अर्कै पार्टीको प्रचार गर्दै गएका यूवा एकाएक माओवादी उम्मेदवारको समर्थन गर्दै फर्केका उनीमात्र होईनन् । धेरै यूवाले उम्मेदवारको वास्तविकता बुझेपछि जित्ने राजनीतिका लागि भन्दापनि विकासका लागि भोट दिने सल्लाह गरे । ‘हाम्रा उम्मेदवार पनि नराम्रा होईनन् तर अहिलेसम्मको विकासको कुरा तुलना गर्दा उनी अब्बल देखिए, जसले जनताको काम गर्छ उसैलाई भोट हाल्ने हो’ हाडहाडेका मनोज थापाले भने ‘स्थानीय चुनाव हो, वडामा हाम्रै आस्थाको पार्टीलाई जिताउँछौँ तर गाउँपालिकामा काम गर्नेलाई चुन्छौँ ।’ बिहान उम्मेदवारी दर्ता गर्न जाँदा फरक कुरागर्नेहरु साँझ फर्कँदा फरक व्यक्तिको बारेमा कुरा गर्दै फर्केको धुर्कोट २ का नरबहादुर खनालले बताए । ‘राजनीति हो, यस्ता कुरा भैरहन्छन तर अहिलेका यूवाले काम गर्नेलाई चुन्छौँ भन्न राम्रो हो’ उनले भने । कांग्रेस माओवादी तालमेल संग एमाले एक्लै भिड्ने धुर्कोट गाउँपालिमा एमाले एक्लै र काँग्रेस माओवादी केन्द्र संयुक्त रुपमा चुनावमा भिड्दैछन् । तालमेल अनुसार गाउँपालीका अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट भुपाल पोखरेल र उपप्रमुखमा काँग्रेसका शिव केसी भिड्दैछन् । संयुक्त प्यानलसंग एमाले एक्लै भिड्दै छ । एमालेका कृष्ण घिमीरे प्रमुख र रीता थापा उपप्रमुखका उम्मेदवार छन् । घिमीरे अघिल्लो स्थानीय निकायको चुनावमा ईलाका सदस्य समेत हुन् । उनलाई पनि कुनै दाग नलागेका उम्मेदवारको रुपमा एमालेले प्रमुखका प्रतिस्पर्धी बनाएको हो । मनोनयन नै विजयउत्सव जस्तै आईतबार भएको मनोनयन दर्तामा दुवै तर्फका उम्मेदवारका समर्थक बाजागाजा र जुलुस सहित सहभागी थिए । उनीहरुको नाचगान हेर्दा विजयउत्सव जस्तै देखिएको ६ नंबर वडाका बलबहादुर पछाईले बताए । तालमेलका संयुक्त उम्मेदवार र विकासप्रेमी यूवाप्रतिको आकर्षणका कारण पनि काँग्रेसमाओवादी उम्मेदवारको जुलुस १० गुणा धेरै भएको उनको धारणा छ । ‘उम्मेदवारी दर्ता नै जुलुसमय बनाउन तछाडमछाड देख्दा चुनापप्रति नै उत्साह लाग्यो’ उनले भने ‘कस्ले जित्ने छिनोफानो त १५÷१६ तिर भईहाल्ला तर, यहि उत्सवलाई आधार मान्नेहो भने चाहिँ माओवादीले हजारौँ कार्यकर्ता उतारेर मनोबल उच्च राख्यो ।’ काममा पोख्रेल अगाडी धुर्कोटमा लामो समयदेखि एमाले राजनीति हुँदै जनप्रतिनिधीसम्म भएका घिमीरे र जनयुद्धकालदेखि जिल्लामै विद्यार्थीको नेतृत्व गर्दै पार्टी राजनीतिमा प्रवेश गरेका भुपाल पोखरेल बिचको चुनावी प्रतिस्पर्धा छन् । दशक भन्दा बढी उमेर अन्तर भएका यी दुई प्रतिस्पर्धि दुवै निश्कलंक उम्मेदवार भएपनि कामको हिसावले भने पोख्रेल निकै अगाडी भएको स्थानीयको भनाई छ । ‘दुवैमा खोट छैन, तर यो बेला काम पनि हेर्ने बेला रहेछ’ धुर्कोट गाउँपालिका ६ का यूवराज पाण्डेले भने ‘एकपटक ईलाका सदस्य भईसकेको व्यक्ति र जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा आएका व्यक्तिको काममा पोखरेलको काम धेरै राम्रो छ ।’ उनले उम्मेदवार चुन्ने अधिकार जनताको आफ्नो स्वतन्त्रा भएपनि अहिले गाउँमा विकासको कामप्रति जनलहर चलेको बताए । पोखरेललाई छाडिदिने भण्डारी पनि संगसंगै पहिला आफू गाउँपालिका अध्यक्ष उम्मेदवार उठेका नेपाली काँग्रेसका महेन्द्र भण्डारी पनि चुनावमा संगै हिँडेका छन् । उनले गाउँको मुहार फेर्न कस्सिएका यूवालाई जिताउन आफू पनि लागेको बताए ।े ‘हामीलाई राजनीतिक कुरा भन्दा पनि गाउँको विकास चाहिएको हो’उनले भने ‘गाउँपालिकाको विकासका लागि राम्रो र जनप्रिय यूवालाई मैले साथ दिन पाउँदा खुसी छु ।’ भण्डारी काँग्रेसको तर्फबाट उम्मेदवार भई गाउँमा चुनाव प्रचार शुरु गरेपनि पछि माओवादीसंग तालमेलमा महत्वपूर्ण भूमिका निर्वाह गरी पोख्रेललाई प्रमुख पद छोडिदिएका हुन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies