Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

प्रचण्ड निवासमा बामदेवलाई प्रधानमन्त्री बनाउने छलफल

\"\" काठमाडौँ, २७ वैशाख । ०७३ साउन २० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निर्वाचित हुनअघि कांग्रेससँग एउटा सहमति भएको थियो । कांग्रेस र माओवादीले ९÷९ महिना सरकार चलाउने । तर त्यसबीचमा अर्को सहमति पनि भयो एउटा चुनाव प्रचण्डकै नेतृत्वमा गर्ने । अहिले स्थानीय तहको निर्वाचन आउन केहि दिन मात्र बाँकी रहँदा नयाँ सरकार गठन गर्न लागि परेको रहस्य बाहिरिएको छ । वर्तमान सरकार गठनका बेला संविधानमा असन्तुष्ट मधेसी मोर्चासंग भएको तीन बुँदे सहमतीमा यो बिषय उल्लेख छ । सरकारको १० महिने अवधीमा धेरै प्रयास गरिए । अहिले संविधानको दोस्रो संसोधन विधेयकको पहिलो प्रस्ताव संसदबाट फिर्ता लिएर दर्ता भएको दोस्रो विधेययक बिचाराधिन छ । यसको टुङ्गो अब यहि सरकारले लगाउने हो की नयाँ सरकारले भन्ने यकिन छैन् । प्रधानमन्त्री प्रचण्डले आउँदो जेठ ४ गते संसदबाट विधेयकको छिनोफानो गरिदिने आश्वासन दिएका छन् । तर त्यो आश्वासन शेरबहादुर देउवाले पुरा गर्छन की एमाले उपाध्यक्ष बामदेव गौत्तमले राजनितिक वृतमा गहन छलफल र चर्चाको बिषय भएको छ । एमाले उच्च स्रोतका अनुसार यसअघि केपी ओलीसंग प्रधानमन्त्री प्रचण्डले गरेको भद्र सहमती कार्यन्वयन नभएजस्तै यसपटक पनि दोहोरिने खतरा बढेको छ । एमाले उपाध्यक्ष बामदेव गौत्तमको नेतृत्वमा सरकार बनाउने गरि छलफल सुरु भैसकेको छ । स्रोतले भन्यो अध्यक्ष ओली स्वमं यसमा लागेका छन् । यसमा बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले पनि साथ दिएका छन् । तर प्रचण्डले केहि दिन पर्खन बताएका छन् । प्रचण्डले अबको केहि दिनमा नै निर्णय दिने बताएका छन् । केहि दिन अघिमात्र प्रचण्ड निवासमा अाेली र प्रचण्डको बामदेवलार्इ प्रधानमन्त्री बनाउने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । स्थानीय निर्वाचनको पहिलो चरणको निर्वाचनमा बलियो उपस्थिति देखाउने र दोस्रोलाई अझ बढि आफ्नो पक्षमा मतदाता जुटाउने उसको रणनिति छ । यसको छनक मंगलवार एमाले उपाध्यक्ष स्वंम गौत्तमले पुष्टी गरिदिएका छन् । तीन दलको छलफलपछि गौत्तमले भने, “हाम्रो पार्टी संविधान संशोधनको विरोधी होइन, सबैलाई सर्वस्वीकार्य हुने गरी भाषामा केहि संशोधन गर्न सकिए पार्टीले सहयोग गर्छ ।” सुरुमा संसोधन विधेयकलाई राष्ट्रघातीको संज्ञा दिँदै संसदको प्रक्रियामा लैजानै नदिने भनेर अड्डि कसेर बसेको एमालेले मंगलवारसम्म आईपुग्दा एकाएक विधेयकमा थोरै भाषा संसोधन गरेर पारित गर्न सकिने सार्वजनिक अभिब्यक्ति दिनुलाई सामान्य अर्थमा लिन सकिन्न । माओवादिभित्रका केही ब्यक्ति समेत कांग्रेस माओवादी गठबन्धन भत्काउन लागिपरेको श्रोत वताउँछ । स्थानीय तहको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्ने भनिएकोमा पहिलो चराणको र दोस्रो चरणको संगै बजेट ल्याउन दिनुपर्ने माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले बताएपनि अध्यक्ष प्रचण्डले जेठ पहिलो हप्ता नै राजिनामा दिने सहमती गरिसकेका समाचार सार्वजनिक भैसकेका छन् । कांग्रेसका एक नेताले भने “हाम्रो गठबन्धन टुट्दैन ढुक्क भए हुन्छ । चुनावी तालमेल नै गरेर अघि बढेको समिकरणलाई शंका गरेर हुन्छ ? ” संसदिय प्रक्रियामा राम्रो संग भिजेको कांग्रेस सितिमिति राजनिति आफ्नो पकडबाट बाहिर नजानेमा ढुक्क छ । तर माओवादी र एमालेको गठबन्धन टुटाएर राजनितिक बिचारधारा मिल्दै नमिल्ने पाटीसंग गठबन्धन गरेका शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल आन्तरिक चुनौती हुन् । वर्तमान सरकारलाई दोस्रो पटक सर्मथन दिएको राजपाले एमालेलाई साथ दिन्छ त रु पेचीलो प्रश्न यतातिर छ । एमालेले आश गरेको राजपा नलहस्यिला भन्न सकिन्न तर राजपाका नेताहरुले पष्ट भनेका छन् वर्तमान सरकार नै हाम्रो अनुकुलको छ र यसैले माग पुरा गर्छ । यसर्थ एमालेको भित्रि चाहना अनुरुप माओवादी र राजपालाई फकाउने प्रयासले औपचारिकता नै पाउन नसक्ने अड्कल काट्न मुस्किल हुन्न । विजय कुमार गछ्यदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई सरकारमा सहभागि गराउनुले पनि थप पुष्टी गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies