Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

८८ मध्ये ५० निकायमा जित्ने माओवादी केन्द्रको दावी

\"\"कञ्चनपुर, २५ चैत । पार्टीमा देखिएको विभाजनले सबैभन्दा बढी संगठनमा क्षति पुगेको सुदूरपश्चिमाञ्चलका जिल्लाहरुमा माओवादी केन्द्रले संगठन निर्माणमा ठूलो फड्को मारेको छ । स्थानीय निकायको पुनर्संरचना अनुसार बनेका अधिकांश गाँउ र नगरपालिकामा संगठन निर्माण गरिसकेको माओवादीले स्थानीय निकायमा चुनाव अभियान समेत आक्राम बनाएको छ । पार्टीभित्र सुदूरपश्चिम अर्थात् अहिलेको प्रदेश नं ७ मा संगठन कमजोर भएको र त्यसका लागि जिम्मेवार नेताहरुले ध्यान नदिएको गुनासो आएपछि केन्द्रीय नेताहरु नै जिल्ला जिल्ला पुगेर संगठन निर्माणमा खटिएका छन् । माओवादीका शीर्ष नेता तथा पूर्व मन्त्री लेखराज भट्ट, सुदूरपश्चिमका अर्का ठूला माओवादी नेता खगराज भट्ट, पूर्व सभासद, वर्तमान सांसद, बिभिन्न जिल्लाका अन्य नेताहरु यतिखेर युद्धस्तरमा संगठन निर्माणका लागि खटिएको उनले बताए । संगठन निर्माण हुने क्रमसँगै निष्क्रिय बसेका पार्टीका शुभेच्छुक, समर्थक र कार्यकर्ताहरुले नवीकरण गर्ने र अन्य पार्टीबाट आउने क्रम बढ्दो छ । नयाँ शक्तिमा लागेका करीब करीब फर्किसकेका छन्, माओवादी प्रवेशको अभियान नै चलेको माओवादीका कञ्चनपुरका नेताहरुको भनाई छ । पार्टी प्रवेशका लागि सबैभन्दा ठूलो सफलता कञ्चनपुरमा मिलेको छ । कञ्चनपुरमा युद्दकाल अघि सामान्य अवस्थामा रहेको र युद्दकालमा घनिभूतरुपमा निर्माण भएको संगठन पार्टीमा देखिएको विभाजनका कारण टुटफूटको अवस्थाा रहेको थियो । माओवादी केन्द्रले सबै स्थानीय तहमा संगठन निर्माण गर्ने, अधिवेशन गर्ने नीति लिएसँगै कञ्चनपुरमा भने माओवादी केन्द्रले बलियो संगठन निर्माण गर्न सफल भएको हो । जिल्ला इन्चार्ज बीर बहादुर थापाका अनुसार, केही संगठनात्मक असहमति राखेर बाबुरामसँग गएका अधिकांश कायकर्ता फर्किसकेका छन् । “जिल्लास्तरका एकआध बाहेक सबै नेता माओवादीमा छन् । वैचारिकरुपमा उनीहरुले माओवाद र विचारधाराको बिँडो समातेका थिए, केही कारणवश बाबुरामजीसँग लागे, तर अहिले आफ्नो आस्थालाई फेरी जोगाएका छन् ।” थापाले भने, “दुईचार जना आउन चाहँदैनन तर उनीहरुलाई त्यहाँ पनि बसि नसक्नु छ ।” हालैैमात्र पार्टीका शीर्ष नेता लेखराज भट्टलगायत उपस्थित रहेको एक समारोहमा नयाँ शक्तिका दर्जनौं नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसपछि यो साता मात्रै जिल्ला पार्टीका अन्य नेताहरुले समेत पार्टी प्रवेश गरे । “एकताको पहल जारी छ, अझै हजारौंको संख्यामा प्रवेश हुने तयारी छ । चुनाव अघि हामी पुरै बलियो अवस्थामा पुग्ने स्थिति छ ।” अहिले देखिएको जनउभार र संगठन निर्माणको अवस्था हेर्दा माओवादी केन्द्रले ७ नं प्रदेश का ८८ मध्ये ५० वटा निकायमा जित्ने दावी गरेको छ । नयाँ संरचना गठन भएपछि एमाले र कांग्रेसभित्र उम्मेदवार संगठन निर्माण कै विवाद भएकोले पनि जित्न सजिलो भएको हो । उनले भने, “एमाले कांग्रेसको संगठन हिजोकै स्थानीय तहको आधारमा छ, नयाँ संरचना अनुसार उनीहरुको संगठन बनेको छैन । यसले गर्दा उनीहरुलाई उम्मेदवार नै घोषणा गर्न पनि समस्या छ । सबै तहमा विवाद छताछूल्ल देखिन्छ । यसले समेत हामीलाई फाइदा हुन्छ ।” मतदाता नामावलीअनुसार प्रदेश नं ७ बाट १२ लाख १५ हजार ८६५ मतदाताले भोट दिन पाउने छन् । प्रदेश नं ७ मा छ लाख ७३ हजार ३२१ महिला, पाँच लाख ४२ हजार ५३० पुरुष र १४ जना तेस्रोलिङ्गी रहेक छन । पहाडी जिल्ला र तराईका ग्रामीण क्षेत्रका कतिपय स्थानीय निकायमा माओवादी केन्द्रले जित्ने दावी गरेको छ । डडेल्धुरा जिल्ला कमिटिले आलीताल नगरपालिकामा जितको दावी गर्दै जगत पार्कीलाई उम्मेद्वार बनाएको छ । पार्की पार्टीका पोलिटब्यूरो सदस्य हुन । स्थानीयस्तरमा पार्टीको एजेण्डाका साथै स्थानीय मुद्दा र धनगढी तथा महेन्द्रनगर नगरपालिकामा भने क्षेत्रीयताको मुद्दाले प्राथमिकता पाउने हुँदा त्यहाँ कसले जित्ने बारेमा भने उम्मेदवार घोषणा नभई यकीनका साथ भन्न सकिने अवस्था छैन । स्मरण रहोस् ०७० सालको दोस्रो संविधानसभा चुनावमा मेचीकाली अभियानमा उर्लिएका जनता देखेर माओवादीले बहुमत ल्याउने दावी गरेको थियो । तर पहिलो संविधानसभा चुनावमा पहिलो शक्ति भएको माओवादी दोस्रो संविधानसभा चुनावमा तेस्रो शक्तिमा खुम्चिएको थियो ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies