Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

इलाममा कभर्ड हल निर्माण हुँदै

\"\"इलाम, ५ फागुन । जिल्लामा खेलकुदका गतिविधि सुस्त हुन थालेपछि इलामको बरबोटेमा डेढ करोड रुपैयाँको लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण भइरहेको छ । एक वर्षदेखि धमाधम निर्माण भइरहेको कभर्ड हलको दोस्रो चरणको काम भइरहेको छ । क्रिकेट, टेबुलटेनिस लगायतका भित्री खेलका प्रतियोगिता सञ्चालन गर्न सकिने कभर्ड हल निर्माणका लागि जिल्ला खेलकुद विकास समितिले क्रमागत रूपमा १० लाख रुपैयाँ, माइभ्याली फुटवल क्लब इलामले १५ हजार रुपैयाँ र बरबोटे गाविस कार्यालयले पाँचलाख ४५ हजार रुपैया उपलब्ध गराएको तथा अन्य स्थानबाट पनि सहयोग आउने आश्वासन पाएको निर्माण समितिका कोषाध्यक्ष तीर्थ जवेगूले जानकारी दिए । कभर्ड हलको एकसय १७ फिट लम्बाई, ५७ फिट चौडाइ र ३५ फिट उचाइ रहने जनाइएको छ । भवन एकतले र त्यसभित्र चारवटा कोठा रहने समितिले जनाएको छ जसमा दुई कोठामा बास्केटबल र फुटसल र अन्य दुईवटा कोठामा विभिन्न खेल प्रयोजनमा प्रयोग हुने समितिका कोषाध्यक्ष जवेगूले जानकारी दिए । हलमा एकहजारदेखि एकहजार पाँचसयसम्म दर्शक अट्न सक्नेछन् । स्थानीय र विभिन्न सङ्घसंस्थाको सहयोग पाइरहेकाले विसं २०७५ सालभित्र निर्माण कार्य सकेर प्रयोगमा ल्याउने लक्ष्य रहेको निर्माण समितिले जनाएको छ । कभर्ड हल अभावकै कारण फुटबल बाहेकका राष्ट्रियस्तरका प्रतियोगिता इलाममा आयोजना गर्न कठिनाइ भएको नेपाल पत्रकार महासङ्घ इलाम शाखाका पूर्वअध्यक्ष सटेन्द्र जवेगु बताए । जिल्लामा पर्याप्त र स्तरीय कभर्ड हल नभएकै कारण हालैको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा इलामका कराँते, उसु, टेबलटेनिस लगायतका खेलाडीले राम्रो तयारी गर्न नसकेको निर्माण समितिले जनाएको छ । सदरमुकामको सानो कभर्ड हल सबै खेलका लागि पर्याप्त र स्तरीय नभएकाले बरबोटेमा कभर्डहल निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राईले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies