Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कर्णालीका गरीब दलितलाई सरकारले घर बनाइदिने

\"\"मुगु, १४ माघ । जनता आवास कार्यक्रमअन्तर्गत कर्णालीमा यस आर्थिक बर्षभित्र ६ सय ३० वटा घर निर्माण हुने भएका छन् । दलित समुदायलाई लक्षित गर्दै कर्णालीका पाँचै जिल्लामा सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत यी घर निर्माण गर्न लागेका हो । कर्णालीका अतिविपन्न दलित घरपरिवारलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जुम्लाका सबइन्जिनियर चन्द्रबहादुर खड्काले जानकारी दिए । कर्णालीका पाँचै जिल्लामा यो कार्यक्रम लागू भएपनि हुम्ला र कालीकोटमा दुई वर्षपहिले कार्यक्रम सञ्चालन भएको थियो भने बाँकी तीन जिल्लामा यो वर्षदेखि सुरु गरिएको छ । कार्यक्रमले जग्गा भएका तर आवास नभएका दलित गरिब समुदायका लागि घर निर्माण गरिदिनेछ । जनता आवास कार्यक्रमबाट हुम्ला जिल्लामा २० वटा घर निर्माण भइसकेका छन् भने एकसय ६५ वटा घर निर्माण गरिने कार्यक्रम रहेको छ । यसैगरी, कालीकोट जिल्लामा २० वटा घर निर्माण भइसकेको र एकसय ६५ वटा घर निर्माण गरिनेछ । जुम्ला, मुगु र डोल्पा जिल्लामा चालु आर्थिक वर्षमा एक÷एक सय घर निर्माण हुने भएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत दुई कोठा र पाँच फिट चौडाइ भएको भान्सा सहितको बरन्डा रहेको घर निर्माण गरिन्छ । यसरी बनाइने घर राष्ट्रिय आवास नीतिले तोकेको मापदण्डअनुसार निर्माण गरिन्छ । आवास निर्माणका लागि प्रतिभवन दुई लाख ६७ हजार अनुदान दिइने र बाँकी सबै काममा अनुदान प्राप्त वालाले नै श्रमदान गर्नुपर्ने भवन डिभिजन कार्यालय जुम्लाका लेखा अधिकृत पदमबहादुर घर्तीले जानकारी गराए । दुई लाख ६७ हजार रुपैयाँमध्ये १० हजार रुपैयाँले अनिवार्य शौचालय निर्माण गर्नुपर्नेछ । सहरी विकास मन्त्रालयले तोकेको संसद् सदस्य संयोजक हुने जिल्ला समन्वय समितिले छनोट गरेका गाविसका दलित समुदायमध्ये छनौटमा परेका गरिब परिवारलाई आवास निर्माण गरिने भएको छ । सरकारले आव २०६६÷६७ को बजेट वक्तव्यमार्फत पहिलोपटक सुरु गरेको ‘जनता आवास कार्यक्रम’ सफल हुँदै आएको छ । यो कार्यक्रमको सुरुवात सिराहा, सप्तरी र कपिलवस्तु जिल्लाबाट भएको थियो । सरकारले दुई लाख ६५ हजार रुपैयाँ मात्र आर्थिक सहयोग गर्ने भनेपनि उक्त रकम न्यून भएकाले बाँकी रकम जुटाउन गाह्रो हुने दलित अगुवा च्यावा नेपाली बताउँछन् । बजारमा घर बनाउन प्रयोग हुने सामग्रीको मूल्य अचाक्ली महँगो छ । साथै, घर बनाउने मिस्त्रीको ज्याला पनि मुगुमा महँगो छ । त्यसैले अन्य सुगम जिल्लाको लागतमा मुगुमा अनुमान लागतअनुसार घर बनाउन गाह्रो हुने उनी बताउँछन् । चालु आवमा कर्णालीका पाँच जिल्लामध्ये मुगु जिल्लाका रोवा, रुगा, माग्री, पिना, कालै, फोतु, जिमा, हयाग्लु, श्रीकोट र गम्था, जुम्ला जिल्लाका पाण्डुगुफा, नराकोट, बड्की, पाताराशी, तातोपानी र रारालिई, कालीकोट जिल्लाका छिन, राम्नाकोट, जुविथा र छावे्र गाविसमा जनता आवासअन्तर्गत घर बन्दैछन् भने डोल्पा र हुम्ला जिल्लामा यो आवका लागि गाविस छनौट प्रक्रियामा रहेको पनि लेखाअधिकृत घर्तीले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies