Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

संविधान संशोधनको प्रस्ताव पारित हुन्छ कि हुँदैन ? यस्तो छ संसदको अंक गणित

\"\"काठमाडौं, २५ पुस । आइतबार सरकारले संसदमा संविधान संशोधन विद्येयक टेबल गराएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका ९ अन्य साना दलहरुको लगातार ४० दिन लामो संसद अवरोधको सम्भवत अन्त्य पनि भएको छ । तर टेबल भएको संविधान संशोधन विद्येयक पारित गर्नका लागी संसदमा हाल कायम रहेको संख्याका आधारमा ३९८ मतको दुईतिहाइ आवश्यक हुन्छ । मधेशवादी दल लगायतले संशोधनप्रति समर्थन जनाइसकेपश्चात एकताबद्द भएको राप्रपाको ३७ मत नै निर्णायक मत रहेकोले सरकार र प्रमुख प्रतिपक्षी एमालेले राप्रपालाई आआफ्ना कित्तामा ल्याउन प्रयत्न गरिरहेको भएपनि राप्रपाका अध्यक्ष कमल थापाले भने प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डलाई संशोधनको पक्षमा मत हाल्ने बचन दिइसकेको बताइन्छ । संशोधनलाई सुधार गर्नुपर्ने बताईरहेको राप्रपा एमालेजस्तो संशोधन प्रस्तावकै खिलापमा आजसम्म छैन । राप्रपाको मत बाहेक सरकारलाई दुईहिाई पुर्याउन ठुलो मेहेनत गर्नुपर्ने अवस्था छैन । नेपाली कांग्रेस २०७, नेकपा माओवादी केन्द्र ८०, मधेसवादी दल ४३, राप्रपा ३७ र गच्छदार फोरम १४ गरी ३८१ मतको सहज अवस्थामा सरकार छ भने बाँकी मतका लागी साना दलहरुसँग प्रधानमन्त्री प्रचण्ड तथा नेपाली कांग्रेस नेता शेर बहादुर देउवाले छलफल चलाईरहेका छन् । सना दलहरुमध्यका केही दलका नेताहरुले संशोधनको पक्षमा मतदान गर्ने करिब पक्का जस्तै हुँदा सरकारलाई ३ मत नपुगेको र त्यो पनि पुर्याउने सरकारका एक मन्त्रीले खबरडबलीसँग बताए । यता संशोधनको विपक्षमा रहेको नेकपा एमालेले भने राप्रपा नेपाल लगायतका साना दलहरुलाई संशोधनको विपक्षमा मतदान गराउनका लागी प्रयत्न गरिरहेको छ । केके मा छ संशोधन ? भाषा : भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजका भाषा निर्धारण गर्ने विषय संविधानको अनुसूचीमा समावेश हुनेछ । नागरिकता : नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि संघीय कानुनबमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्नेछन् । राष्ट्रिय सभामा प्रतिनिधित्व :  प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचनमण्डलद्वारा संघीय कानुनबमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा एकजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित तीनजनाका दरले २१ र बाँकी ३५ जना प्रत्येक प्रदेशको जनसंख्याको अनुपातमा निर्वाचित हुने गरी जम्मा ५६ जना निर्वाचित हुनेछन् । तर, प्रदेशबाट ३५ जना सदस्य निर्वाचित गर्दा सम्बन्धित प्रदेशको जनसंख्याको अनुपातमा १४ जना महिलाको प्रतिनिधत्व हुने गरी निर्वाचित गरिनेछ । मातृभाषा : नेपालमा बोलिने सबै मातृभाषाहरूको सूची तयार गरी भाषा आयोगले सरकारलाई सिफारिस गर्नेछ । सीमांकन :  प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्तापूर्व), रोल्पा, प्युठान, रुकुमको पूर्वी भाग गरी १७ जिल्ला रहने छन् भने । प्रदेश नम्बर ५ मा नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्ला समावेश गरिएको छ । सरकारले दर्ता गरेको संशोधन प्रस्ताव  \"\"\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies