/  Fri, January 19, 2018

एमाले सचिव गोकर्ण विष्टलाई प्रश्न–घोषणापत्रमा नगर्ने भनेको बन्द हड्ताल किन गरेको ? विष्ट भन्छन्–शान्तिपूर्ण आन्दोलनमा दमन भयो

  • मंसिर १७ गते, २०७३ - ०९:५०

gokarna-bistha-750संविधान संशोधनको विरोध किन गर्दैछ एमाले ?

संविधान केका लागि संशोधन गर्ने भन्ने प्रश्न सरकारसँग गरिराखेका छाैं । संविधानमा परिवर्तनिय व्यवस्था छ तर संशोधनको राष्ट्रिय आवश्यकता बिना कसैको इच्छा पुरा गर्नका लागि वा सरकार टिकाउनका लागि भएपछि जनस्तरबाटै बिरोध पनि भएको छ । हामी जनताको मतको कदर गर्छाै,जनताको भावना हिमाल,पहाड र तराईका जिल्लाहरुलाई टुक्राउने गरि संविधान गर्न हुदैन भन्नेतिर बढेको देखिन्छ तसर्थ हाम्रो पार्टीले संशोधन प्रकृयाको सुरुदेखिनै विरोध गर्दै आएको छ । यो प्रस्ताव फिर्ता लिनुपर्छ भन्ने हाम्रो अडान हो ।

हिजो तपाईहरुको अध्यक्ष सरकारमा हुँदा करिब करिब अहिलेकै ढाँचाको सीमाङ्कन गर्न तयार हुनुभयो तर अहिले प्रतिपक्षमा बसेकोले विरोध गरेको हो ?

त्यसो होइन । हामीले लामो छलफल र विषयहरुबारे संविधान सभामा विभिन्न समितिहरुमा अध्ययन गरेर यो संविधान ल्याएको हो । संविधानमा छुटेका वा संशोधन गर्नुपर्ने देखिएका विषयमा हामीले पनि सहयोग गरेका छौं ।

हाम्रो पार्टी अध्यक्षले संविधान प्रति असन्तुष्ट दलहरुसँग छलफल गर्ने क्रममा प्रदेशको संरचना, सीमाङ्ककन, भाषा, नाम लगायतका विषयमा कसरी सम्बोधन गर्ने भन्ने कुराहरु आएका थिए होलान् । छलफल गर्दा स्वभाविक रुपमा विकल्पहरु अगाडि आउँछन नै तर समग्र देश र जनताले अस्वीकार गर्ने काम उहाँले गर्नुभएको छैन । अहिलेको हामी प्रतिपक्षमा बसेकै कारण सरकारले गर्न लागेको कामको विरोधका लागि विरोध गरेको भन्ने होइन ।

मधेशको माग पुरा नगरी स्थानीय निकायको निर्वाचन सम्भव छ ? तपाईहरु निर्वाचन नचाहेर संशोधनको विपक्षमा त होइन ?

संविधान सभाका बहुमत संसदहरुले पारित गरेको यो संविधान हो । यो कसैले एकतर्फि चाहनाले बनाइएको होइन । लोकतन्त्रमा जहिले पनि बहुमतको कदर र अल्पमतको सम्मान गरिन्छ तर बहुमतले गरेको निर्णय स्वीकार गर्ने संस्कार रहेको हुन्छ । संविधानमा व्यवस्था भएका विषयहरुलाई हेर्दा पनि कसैले अधिकार नपाएको अवस्था देखिन्न ।

उहाँहरुले मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि संशोधन गर्ने भन्नुहुन्छ तर तर  मोर्चामा रहेका दलहरुले बिरोध गरिरहेका छन । अनि कसका लागि ल्याउनु भो उहाँहरुले संशोधन ?

अर्को कुरा संविधानप्रति असन्तोष जनाउने जति सबैको चित्त बुझाउने हो भने यो क्रम कहिल्यै रोकिदैन । हामीले संविधान निर्माण गरिसके पछि अब त्यसको कार्यान्वयनमा जाने हो । संविधानमा व्यवस्था भएका प्रकृयाहरुको आधारमा रहेर तीन तहको निर्वाचन गर्ने काममा सरकारले अग्रसरता देखाउनु पर्छ भन्ने हाम्रो माग हो ।

तपाईहरुले संविधान संशोधन गर्नै हुदैन भन्न खोजेको हो त त्यसो भए ?

नेकपा एमाले जहिले पनि जनतामा विश्वास गर्छ, हामी जनताको भावनालाई छोडेर कुनै विषयमा जान चाहन्नौ । संविधानको कुनै विषय कसैलाई मन परेन वा केहि थप्नु पर्यो भनेकै भरमा जे पनि गर्न मिल्छ ? त्यहाँनिर राष्टियता र समग्र जनताको चाहना के हो भन्ने विषयलाई बुझ्नु पर्छ कि पर्दैन ? संशोधन गर्न मिल्छ भन्दैमा कुनै दल बिशेषले आफ्नो राजनीतिक स्वार्थपूतिका लागि देशको मुल कानुन जस्तो विषयको संशोधन गर्न मिल्दैन ।

एमालेले संविधान सभाको निर्वाचनको मुखमा एमाले बन्द, हड्ताल र जनतालाई सास्ती दिने विरोधका कार्यक्रम गर्दैन भनेर घोषणापत्र बाँड्नु भयो अनि अहिले त्यो सबै बिर्सेको हो ?

हो, तपाईले भनेको ठीक कुरा हो । हाम्रो पार्टी जनतालाई दुख दिने काम गर्दैन र हामी शान्ति चाहन्छौं । तर जब राष्ट्रलाई आघात पार्ने कामहरु गरिन्छन्, जब जनताको चाहना विपरीत सरकारले कदम उठाउँछ हामी त्यो हेरेर बस्न सक्दैनौ । सत्य कुरा यहि हो ।

वास्तवमा यो संशोधन कस्कालागि ल्यायो सरकारले, मधेसी मोर्चादेखि समग्र जनताहरुले विरोध गरीरहेका छन । के स्वार्थ छ सरकारको यसमा ? मधेसी दलको नाममा किन उसले राजनीति गर्दै छ ? यी तमाम प्रश्नहरुको जवाफ हामीले मागेका थियौ तर सरकारले संशोधनको आवश्यकताबारे प्रष्ट्याउन सकेन र मनमर्जी ढंगले संशोधन प्रस्ताव ल्यायो त्यसैले एमालेले जनताको विरोधमा समर्थन जनाएको हो ।

सडकबाट सरकारी संरचना तोडफोड तथा निजी सवारीसाधनमाथि आगजनी गर्ने काम लोकतान्त्रिक संस्कार हो त ?

हामीले शान्तिपूर्ण विरोध गर्ने भनेका छौ । हामी हिंसा, तोडफोड र आगजनीको राजनीति मन पराउँदैनौ । तर सरकारले शान्तिपूर्ण ढंगले गरेको विरोधमा हस्तक्षेप र दमन गरेपछि कतिपय ठाउँमा स्थिति असामान्य बन्न पुगेको छ । हामीलाई जबरजस्त उत्तेजित बनाउने काम भइराखेको छ । यसमा राज्य नै दोषी छ ।

आगजनी, तोडफोडको किन र कसरी भएको हो हामी त्यो विषयलाई बुझ्दैछौं । शान्तिपूर्ण विरोध गर्न पाउने जनताको अधिकारलाई सरकारले सम्मान गर्दै जनताको भावनाको कदर गर्नुपर्दछ । हामीले लोकतान्त्रीक संस्कारको अपमान हुने काम गरेका छैनाैं । राष्ट्रियताको र जनताको पक्षमा सदन र सडक दुबै मोर्चाबाट शान्तिपूण संर्घषको कार्यक्रम गरेका हौ ।

अब तपाईहरु सदन अबरुद्ध गरेरै बस्ने कि निकासको बाटो पनि खोज्ने ? आन्दोलन कहिले रोकिन्छ ?

संविधान सहमतिकै दस्तावेज हो । तसर्थ सरकारले सहमतिको बाटो हुँदाहुँदै एकतर्फि रुपमा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई फिर्ता लिएको खण्डमा हाम्रो आन्दोलन रोकिन्छ ।

 

मंसिर १७ गते, २०७३ - ०९:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका ४ र माओवादीका २ प्रदेशमा मुख्यमन्त्री हुने ! यि हुन् मुख्यमन्त्रीका दाबेदार

एमालेका ४ र माओवादीका २ प्रदेशमा मुख्यमन्त्री हुने ! यि हुन् मुख्यमन्त्रीका दाबेदार

काठमाडौँ । चुनावमा जस्तै ६० र ४० प्रतिशत भागबन्डा गर्ने समझदारी गरेका वाम गठबन्नधनले अाफ्ना बहुमत...   
कोको छन् रष्ट्रिय सभाका दाबेदार ? हेर्नुहोस् सबैका पार्टीका नामावली

कोको छन् रष्ट्रिय सभाका दाबेदार ? हेर्नुहोस् सबैका पार्टीका नामावली

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८...   
एमाले–माओवादी कार्यदलको मोडालिटी तयार, भोलिबाटै काम तीब्र -वर्षमान पुन

एमाले–माओवादी कार्यदलको मोडालिटी तयार, भोलिबाटै काम तीब्र -वर्षमान पुन

भक्तपुर । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका...   
माओको ८ अनौठौ जिवनशैली : दाँत ब्रस कहिल्यै गर्दैनथे, नुहाउँदा रिस उठ्थ्यो

माओको ८ अनौठौ जिवनशैली : दाँत ब्रस कहिल्यै गर्दैनथे, नुहाउँदा रिस उठ्थ्यो

चीनमा सफल जनवादी क्रान्ति गरी आर्थिक उन्नतिको ढोका खोलिदिने राजनेता हुन्, माओत्सेतुङ । त्यसैले त माओलाई...   
यी हुन यौन आनन्द प्राप्त गर्ने पाँच चरण

यी हुन यौन आनन्द प्राप्त गर्ने पाँच चरण

यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका...   
मन्त्री पद माग्न केपी ओलीकोमा जान्न : योगेश भट्टराई

मन्त्री पद माग्न केपी ओलीकोमा जान्न : योगेश भट्टराई

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा एमाले पार्टी सचिव एवम् प्रचार विभाग...   
जनयुद्धले जन्माएकी गायीका घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट

जनयुद्धले जन्माएकी गायीका घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट

काठमाडौं । जनताको जीवनका गीत गाउँदै आएकी गायीका निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट...   
नयाँशक्तिका नेताहरुको बाबुरामलाई दवाव : नेकपा माओवादी केन्द्रसँग एकता गरौं !

नयाँशक्तिका नेताहरुको बाबुरामलाई दवाव : नेकपा माओवादी केन्द्रसँग एकता गरौं !

पोखरा ।  पोखरामा जारी नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने...   
बालुवाटारमा सर्वदलीय बैठक  सुरु

बालुवाटारमा सर्वदलीय बैठक  सुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक भर्खरै बालुवाटारमा सुरु...   
पक्राउ पर्ने डरले सिलवाल भुमिगत

पक्राउ पर्ने डरले सिलवाल भुमिगत

काठमाडौं । कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा छानबिनका लागि पूर्वडीआईजी नवराज सिलवाललाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top