Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आपसी हित र सहयोगका लागि विदेशमा सङ्गठित बन्दै नेपालीहरू

[caption id=\"attachment_96627\" align=\"aligncenter\" width=\"841\"]\"एक एक हाेटेलमा कार्यरत नेपाली श्रमीकहरू खाना खार्दै–फार्इल तस्वीर[/caption] पोखरा, २८ असोज । विभिन्न सेवा पेसा र व्यवसायका लागि भारतको नयाँदिल्लीलाई आफ्नो कर्म क्षेत्र बनाएका नेपाली आपसी हित र सहयोगका लागि सङ्गठित बन्दै गएका छन् । नेपालका विभिन्न जिल्लाबाट विभिन्न कामकाजको सिलसिलामा नयाँदिल्ली पुगेका नेपालीले आससी हित र सहयोगको लक्ष्य राख्दै गठन गरेका संस्थाको सङ्ख्या हालसम्म ५७ पुगिसकेको छ । नयाँदिल्लीमा गठन गरिएका संस्थाका माध्यमबाट नयाँदिल्लीमा रहेका नेपालीबीच आसपी सहयोग र भातृत्व कायम हुनुका साथै नेपालबाट विभिन्न कामका सिलसिलामा आएका नेपालीलाई सहयोग पु¥याइएको ‘ग्लोबल हेल्थ एन्ड हेल्प अर्गनाइजेसन’का अध्यक्ष कृष्णराज गैरेले जानकारी दिएका छन । “नयाँदिल्लीसहित भारतका विभिन्न स्थानमा उपचारका लागि आउने गरेका नेपालीलाई ग्लोबल हेल्थ एन्ड हेल्प अर्गनाइजेसनबाट सहयोग गर्ने गरिएको छ,” उनले भने, “नेपालीले भारतका अस्पतालमा उपचार गराउँदा त्यहाँ अन्य विदेशीले जस्तो खर्च गर्नुपर्ने बाध्यता छ, अर्गनाइजेसनका तर्फबाट नेपाली बिरामीलाई सहुलियत प्रदान गर्नका लागि निरन्तर सहयोग गर्ने गरिएको छ ।” गैरेका अनुसार अर्गनाइजेसन स्थापनाको दुई वर्षको अन्तरालमा नेपालका ८५० जना बिरामीले सहुलियतमा उपचार गराइसकेका छन् । नयाँदिल्लीमा रहेका नेपालसँग सम्बन्धित सङ्घ संस्थाले यहाँ अलपत्र परेका नेपालीको उद्धार, स्वास्थ्योपचारलगायतमा आइपर्ने जुनसुकै समस्यामा हातेमालो गर्ने गरेको पत्रकार अर्जुन खनालले बताए । “नेपाल पत्रकार महासङ्घ, दिल्ली शाखाका साथै सञ्चार संवद्ध सङ्घ संस्था पनि नयाँदिल्लीमा क्रियाशील छन्,” खनालले भने, “नेपालसँग सम्बन्धित सङ्घ संस्थाका कारण बेलाबेलामा नेपाली सङ्गठित बन्दै एक आपसमा सुखदुःख साट्ने गरेका छन् ।” नयाँ दिल्लीमा क्रियाशील नेपालीको संस्था पशुपति सम्पर्क मञ्चले उपचारका क्रममा रगतको अभावमा समस्यामा परेका नेपालीलाई सहयोग गर्दैआएको छ । पोखराबाट विगत नौ वर्षयता नयाँदिल्लीमा सिधा यातायात सेवा सञ्चालन गर्दै आएको ‘मोर्डन इरा टुर्स एन्ड ट्राभल्स’ले नयाँदिल्लीमा अलपत्र भएका नेपालीलाई सहयोग गर्दै आएको ट्राभल्सको दिल्ली शाखा कार्यालयका संयोजक दीलिप पौडेलले बताए । उहाँका अनुसार नेपालमा भूकम्प, बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपमा पनि दिल्लीबाट सहयोग जुटाएर सम्बन्धित स्थानमा पु¥याइने गरिएको छ । “पैसाको अभावमा नेपाल फर्कन नसकेका नेपालीलाई निःशुल्क रुपमा फर्काउने व्यवस्था समेत गरेका छौँ,” पौडेलले भने, “विभिन्न दलालका कारण ठगिएका चेलिबेटीको उद्धारका साथै नयाँदिल्लीमा अलपत्र परेका नेपालीलाई आवश्यकताअनुसारको सहयोग गर्ने गरेका छौँ ।” रासस (वासुदेव पौडेल)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies