Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

शुक्लाफाँटा र खप्तड घुम्न आउने पर्यटको सङ्ख्यामा वृद्धि

[caption id=\"attachment_96441\" align=\"aligncenter\" width=\"846\"]\"फार्इल फार्इल तस्वीर[/caption] कञ्चनपुर, २५ असोज । पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै स्थल मार्ग भएर आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ । गड्डा चौकीस्थित अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार कञ्चनपुरको पश्चिमी नाकाबाट तीन वर्षयतादेखि नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । नेपालमा शान्ति सुव्यवस्था सुदृढ हुँदै गएपछि यस नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा वृद्धि भएको कार्यालयका प्रमुख पदमराज भट्टले बताए । गड्डा चौकी नाका भएर सन् २०१५ मा दुई हजार ६० पर्यटक भित्रिएका थिए भने सन् २०१६ को सेप्टेम्बर महिनासम्म एक हजार ६७३ पर्यटक भित्रिएका छन् । जुन गतवर्षको यही अवधिको भन्दा पर्यटक भित्रिने सङ्ख्यामा आधाले बढी भएको अधिकृत भट्टले बताए । सन् २०१५ मा यसै नाका भएर एक हजार, ५३६ पर्यटक बाहिरिएकामा सन् २०१६ को सेप्टेम्बरसम्म एक हजार १८१ पर्यटक बाहिरिएका छन् । सन् २०१३ मा यस सीमा नाका भएर एक हजार ६३९ भित्रिएका थिए भने सोही अवधिमा एक हजार ६१० पर्यटक बाहिरिएका थिए । सन् २०१४ मा एक हजार ८०८ पर्यटक भित्रिएकामा सोही अवधिमा एक हजार ५९० पर्यटक बाहिरिएका कार्यालयले जनाएको छ । सीमा पुल वनवसा खुल्ने समय बढ्नु, यातायात र सडकलगायतमा हुँदै आएको सुधारले स्थल मार्ग भएर आउने पर्यटक बढ्न थालेको कार्यालय प्रमुख भट्टको भनाइ रहेको छ । गड्डा चौकीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रसुवा, काँकडभिट्टा, भैरहवा, धनगढी, नेपालगन्जलगायतका आठ नाकाबाट विदेशी पर्यटक नेपाल आउने गर्छन् । गड्डा चौकी नाकाबाट आउने पर्यटक बर्दिया, चितवन, काठमाडाँै, पोखरा, कर्णाली घुम्नका लागि बढी भित्रिने गरेका छन् । पछिल्लो समय शुक्लाफाँटा र खप्तड घुम्न आउने पर्यटको सङ्ख्यासमेत बढेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies