Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चलचित्र किस्मत २ दशैंसँगै आयो

[caption id=\"attachment_96253\" align=\"aligncenter\" width=\"804\"]\"किस्मत किस्मत २[/caption] नेपालीहरूको महान पर्व दशैंसँगै काठमाडौंका हलहरूबाट रिलिज भएको फिलिम हो किस्मत २, कार्यकारी निर्माता छविराज ओझा तथा निर्माता दिजेन्द्र शाक्य एवं निर्देशक ऋषी लामीछानेले राम्रो मिहेनत गरेर फिल्म तयार गरेको बताएका छन । कार्यकारी निर्माता छविराज ओझाले असोज २१ देखि चलेको उक्त फिल्मले राम्रो व्यापार गरेको बताएका छन । छवीराज ओझा र रेखा थापाको समबन्ध पछिल्लो समयमा अलि चिसिदै गएपछि छवीले सिनेजगतमा भित्राएकी अर्की नायिका शिल्पा पोखरेलको बेजोड प्रस्तुती रहेको चलचित्र हो किस्मत २ । फिल्म दशैंसँगै रिलीज भएको छ । यसलाई यति बेला हलमा चलिरहेका फिल्महरु सुब्बासाप र उत्कृष्ट ब्यापार गरिरहेको छक्का पञ्जाले राम्रो टक्कर दिने देखिन्छ भन्छन दर्सकहरु । तर यो फिल्मको समग्र अवस्था के कस्तो छ भन्ने सबैलाई यतिबेला चासो को विषय भएको बताउछन निर्माता छविराज ओझा । सन २००७ मा रिलिजभएको रेखा थापा, आर्यन सिग्देल आदि अभिनीत चलचित्र किस्मतको सिक्वल किस्मत २, दशैको मौका पारेर आज रिलिज भएको छ ।

कथाको मुख्य विषयःत्रिकोणात्मक प्रेम

जोमसोममा वस्ने एउटा दृष्टिविहीन यूवती हुन शिल्पा, जड्याहा पिता, सौतनी आमा र दृष्टिविहीन छोरी रहेको परिवारमा एकजना परदेशी यूवक पृथ्वीराज आउदछन । कथामा त्यस्पश्चात सबैले सोचेजस्तै पृथ्वीराज र शिल्पाविच प्रेम भइछाड्छ । शिल्पाको वुवाको मृत्यू हुन्छ, पृथ्वीराजले शिल्पालाई सहारा दिने हिसाबले काठमाडौ लिएर जान्छन । काठमाडौ लगेर उन्ले शिल्पाको आँखाको उपचार गर्दछन र शिल्पाले देख्न थाल्छिन तथापि उन्ले आफ्नोलागी त्यतिगरेको मानिस पृथ्वीराजलाई भने त्यसपछी काँही देख्दिनन र पृथ्वीराज गायब हुन्छन । काडमाडौमा एक्ली शिल्पालाई साथ दिनलाई किशोर खतिवडा आइपुग्छन र चलचित्रमा त्यसपछाडीका कथाहरु यि तिनजना विचकै प्रेम त्रिकोण हो ।

चलचित्रको कथा र पटकथा

जड्याहा पिता, सौतनी आमा र दृष्टिविहीन छोरी रहेको परिवारमा एकजना परदेशी आउने यो कथा कुनै पनि हिसाबले नौलो त हुँदैहैन, त्यसैले चलचित्र किस्मत २ को कथापनि फरक भने कतैपनि छैन तर कथाले एकदमै धेरै कुराहरुलाई समावेश गरेको हुँदा चलचित्र अवधीभरमा यस्ले दर्शकलाई वोर हुन भने दिदैन । कथाजस्तै पटकथापनि भिन्न छैन, झन दोश्रो हाफ त पूरै अनुमानयोग्य छ तर पनि पटकथा ठिठाकै छ । संवादहरु केही खास छैनन, मसालेदार सिनेमामा हुनेजस्तो प्रभावशाली संवाद नभएतापनि चलचित्रमा सामान्य किसिमका संवादहरु छन् ।

कलाकारको अभिनय तथा प्रस्तुती

डेब्यूट्यान्ट पृथ्वीराज प्रसाइले ठिकठाकै काम गरेको भएतापनि उन्को इमोशनल सिन निकै कमजोर छ । किशोर खतिवडापनि रोमान्समा कमजोर लाग्दछन, उन्को एक्शन तारिफयोग्य छ तर चलचित्रको भार आफ्नो काँधमा वोकेर चलचित्रकि नायिका प्रस्तुत भएकी छिन । शिल्पाको अभिनय निकै सशक्त छ र उन्ले आफ्नो कलाकारिता निकै मज्जाले देखाएकीछिन, उन्को गज्जबको अभिनय छ । चलचित्रको अन्तिम दृश्यमा उनि भिन्न अवतारमा देखापर्दछिन र त्यतीवेला हलमा ताली र सिठी बज्ने पक्का हो । त्यसवाहेक चलचित्रमा सन्तोष पन्तले जड्याहारुपमा गरेको शिल्पाको वुवाको अभिनय तारिफयोग्य छ । वाँकी सहायक कलाकारहरुको अभिनय पनि राम्रो छ ।

अन्य प्राविधीक तथा व्यवस्थापन पक्ष

मदन कश्यप घिमीरेको छायाङ्कन उत्कृष्ट छ र उन्ले जोमसोमको दृश्यहरुलाई निकै मजाले क्यापचर गरेका छन्, अनन्त थपलियाको संपादन ठिकठाक छ भने दिनेश सुनामको पाश्र्व संगीतले फिल्मा भरपुररुपमा ड्रामा भरेको छ । अच्यूत घिमीरेको एनिमेशन अपत्यारिलो छ । अर्जून पोखरेल र दिपक शर्माका गीतहरु निकै उत्कृष्ट छ । तिम्रो पिक्चर हीट र तिमी आकाशवाट झरेकी अप्सरा वोलका गीतहरु उत्कृष्ट छन् । कमल राई , किविराज र रामजी लामीछानेको नृत्य पनि राम्रो छ, चलचित्रको कला निर्देशन पनि राम्रो छ । चलचित्र निकै रिच देखिन्छ । चन्द्र पन्तको द्धन्द ठिकठाक छ ।

निर्देशन ऋषी लामीछानेको प्रयास

ऋषी लामीछानेको निर्देशन ठिक छ, उन्ले सिंगल स्क्रीनका दर्शकहरुकालागी एउटा पर्फेक्ट मसाला इन्टरटेनर वनाउन खोजेका छन् र धेरै हदसम्म उन्ले किस्मत २ लाई न्याय दिएका छन् । क्लाइमेक्स अलि मजाले प्रस्तुत गर्न सकिने प्रशस्तै ठाँउ थियो तर पनि क्लाइमेक्स अलिकती फिका लाग्दछ, त्यस्वाहेक उन्ले यो चलचित्रमा ओके काम गरेका छन् ।

पूर्ण मनोरञ्जन–किस्मत २

किस्मत २ मा केही पृथक त हैन तर चलचित्रमा हेर्दा काँही अल्छी पनि लाग्दैन । मल्टिप्लेक्स अडियन्सलाई यो फिल्म पच्दैन तर सिंगल स्की्रनका दर्शक्हरुले दशैमा यो चलचित्रवाट पूर्ण मनोरञ्जन पाउनेछन् । शिल्पाको उत्कृष्ट पर्फोमेन्सका लागी पनि यो चलचित्र उन्का फ्यानले एकपटक हेर्नेपर्ने हुन्छ ।

दर्सक भन्छनः धेरै राम्राे छ

फिल्म हेरेपछि दर्सकहरूले फिल्म राम्राे लागेकाे बताएका छन । शनिबार उक्त फिल्म हेरेपछि किर्तिपुरका माेहन श्रेषठले भने– कथा वस्तु र अभिनय अत्यन्त राम्राे छ । मलाइ मन पर्याे। त्रिकोणात्मक प्रेम सम्बन्धकाे बारेमा राम्राे ढंगले कलाकारले प्रस्तुती गरेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies