Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कवि स्नेह सायमीका पाँच गुण र अवगुण

\"matrika नेपाली कविताका क्षेत्रमा चासो राख्नेहरुका लागि स्नेह सायमी कुनै अपरिचित नाम होइन । तीसको दशकदेखि लेख्न सुरु गरेका कवि सायमीको लेखन ४० को दशकमा निकै सक्रिय र प्रभावकारी देखिन्छ । नेपाली समाजको वास्तविकता पहिल्याउँदै कवितामार्फत अभिव्यक्ति दिने कवि सायमी नेपाली प्रगतिशील कविता फाँटका उल्लेख्य श्रष्टा हुन् । ०४३–०४४ सालतिर काठमाडौ खाल्डोमा प्रवेश गर्ने बित्तिकै मैले कवि स्नेह सायमीलाई चिन्ने अवसर पाएको थिएँ । निकै चल्तापुर्जा साहित्यिक कार्यकर्ता थिए उनि त्यसबेला । तिनताक अर्थात करिब २७/२८ वर्ष अगाडि पारिजात दिदीलाई मोटरसाइकलको पछिल्तिर राखेर प्रतिभा प्रवाहको तत्कालीन कार्यक्रमस्थल त्रिचन्द्र कलेजमा लिएर आउँदाको उनको अनुहार मलाई अझै पनि भरखरै देखेजस्तो लागिरहन्छ । त्यसबेलादेखिको उनको हँसिलो अनुहारको चमक अहिलेसम्मै उसैगरी कायम छ । त्यसपछिका यी समयमा कुनै न कुनै रूपमा म उनको समीपमैं रहेको छु । अहिले पनि उनी र म पारिजात स्मृति केन्द्रको कार्य समितिमा सँगसँगै क्रियाशील छौँ । एकजना अग्रजको गुणको मात्र चर्चा गर्नु त्यति अप्ठ्यारो काम थिएन । तर, अवगुणको चर्चा गर्नु निश्चितै रूपमा सजिलो काम हुँदै होइन र यो निकै खतरापूर्ण काम पनि हो । खबरडबली परिवारका साथीहरूलाई यो जिम्मेवारी लिन आफू अनिच्छुक रहेको जानकारी पनि गराएको थिएँ । तर सम्भव भएन । यो जिम्मेवारीलाई मैले निकै सकसका साथमा स्वीकारेको छु । मलाई मन पर्ने उनका केही कवितांशहरु : सुकुम्बासीको घरजस्तै हाम्रो पनि मन धेरै पटक जलिसकेको छ स–साना आगोका फिलिङ्गागाहरुले सजिलै टिप्न सक्दैन हामीलाई तिमी निश्चिन्त भएर भन तिमीलाई के भएको छ ? (तिमीलाई के भएको छ ?– आन्दोलन कविताबाट ) मृत्युको लामो अन्तरालपछि पनि परिवर्तनको लामो इतिहासपछि पनि जुद्धशमशेर किन बाँचिरहेछ हाम्रा चोकहरुमा ? ( जुद्ध सडकः पुल र पर्खालहरुबाट )   कवि सायमीका पाँच गुणहरु १) कवि सायमीमा मानिसहरुसँग चाँडै घुलमिल हुने स्वभाव छ । उनीसँग भेट्नेबित्तिकै मानिसहरूले आफन्तबोध महशुस गर्छन् । २) केही कविहरु अझैसम्म पनि कवितामा शब्दको जञ्जाल थुपार्नु र क्लिष्ट अभिव्यक्तिमा प्रस्तुत गर्नुलाई कविताको सफलता मान्छन् । तर कवि सायमी कवितालाई शब्दका भारहरुले थिच्दैनन् । उनका कविताहरुमा शब्दको जञ्जाल छैन । क्लिष्ट अभिव्यक्तिबाट उनका कविता पूर्णतः मुक्त छन् । ३) कवि सायमी समाज रुपान्तरणका लागि कविता लेख्छन् । कविता लेख्दालेख्दै सडकको मोर्चामा सहभागी हुन कन्जुस्याइँ गर्दैनन् । ४) कवि सायमी साढे तीन दशक लामो समयदेखि कविता लेखनमा निरन्तर क्रियाशील छन् । ५) कवि सायमी आत्मसन्तुष्टिका लागि भन्दा पनि सामाजिक बिसङ्गतिलाई प्राथमिकता दिएर कविता लेख्छन् ।   कवि सायमीका पाँच अवगुणहरु १) पहिलो कुरो त कवि सायमी सिर्जनामा तपस्या गर्नुभन्दा हल्लामा बढी रुची राख्छन् । नाम कमाउने धोको निकै जब्बर छ उनीभित्र। त्यसकारणले पनि रचनालाई गुणवत्ता बनाउने विषय उनले कहिल्यै प्राथमिकतामा पारेनन् । २) कवि सायमी आफ्ना व्यक्तिगत फाइदालाई केन्द्रमा राखेर विषयहरुलाई सोच्ने गर्छन् । उनको सिर्जना सरदर हुनुमा यो पनि महत्वपूर्ण कारण हो भन्ने मलाई लाग्छ । ३) कवि सायमीका अधिकांश कविताले पाठकको मस्तिष्कलाई झङ्कृत गर्ने ताकत राख्दैनन् । यो कुरो कविले बुझ्न सकेको देखिदैन । यो कुरो बुझ्न नसकेरै कहिलेकाहीँ उनी सामाजिक सञ्जालमा समालोचकहरुका विरुद्ध जाइलाग्छन् । ४) कवि सायमीमा आलोचनालाई पचाउने क्षमता अत्यन्तै कमजोर छ । आलोचनालाई शिक्षाको रूपमा लिनेभन्दा आलोचना गर्नेकाविरुद्ध ऊनी टिकाटिप्पणीमैं उत्रिएका घटनाहरु भेटिन्छन् । ५) कवि सायमी आफूलाई लागेको शंकाको वस्तुगत तथ्यको खोजी गर्दैनन् । शंका लागेकै भरमा निर्णयमा पुग्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies