Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

इन्डोनेसियामा सुहार्तोले यसरी गरेका थिए आठ लाख कम्युनिष्टको नरसंहार

\"1965-4-750\" २० औं शताब्दी वैज्ञानिक समाजवादीहरुलागि निकै मूल्य राख्ने शताब्दीको रुपमा रह्यो । रुस, चीन लगायतका मुलुकहरुमा समाजवादी सत्ता स्थापना भए भने कतिपय देशहरुमा समाजवादले नराम्रोसँग धक्का खान पुग्यो । ती धक्का खाने देशहरु मध्ये एक हो इन्डोनेसिया । जहाँका कम्युनिस्टहरुले हिटलरले जस्तै नरसंहारको क्षति व्यहोर्नु प¥यो । नेपालबाट ६ हजार १ सय ४९ किलोमिटर दक्षिणपूर्वमा रहेको इन्डोनेसिया जनसंख्याको हिसाबले विश्वको चौथो ठूलो देश हो । त्यहाँको जनसंख्या २५ करोड ६३ लाख रहेको छ । इन्डोनेसिया मुस्लिम जनसंख्या रहेको विश्वकै ठूलो देश पनि हो । कुल जनसंख्याको ८७ प्रतिशत मुस्लिम समुदाय इन्डोनेसियामा बसोवास गर्छन् । इन्डोनेसियाको राजधानी जकार्ता हो ।   त्यही देशमा ८ जून १९२१ मा जावा द्वीपसमूहको एक किसान परिवारमा सुहार्तोको जन्म भयो । उनले १९६७ देखि १९९८ सम्म दोस्रो राष्ट्रपतिका रुपमा शासन गरे । सुहार्तो सानै उमेरमा डेनमार्कको औपनिवेशिक सेना सामेल हुन गए । द्वितीय विश्व युद्धमा उनले एक छापामार सैनिकको रुपमा चार वर्ष काम गरे । त्यसबेला डेनमार्कको उपनिवेशमा इन्डोनेसिया थियो । उनले डेनमार्कबाट आफ्नो मुलुक स्वतन्त्र बनाउन लडाई लडे । अगस्त १९५० मा इन्डोनेसिया डेनमार्कबाट स्वतन्त्र हुँदा उनी२९ वर्षका लक्का जवान थिए । त्यसबेला उनी इन्डोनियाका लेफ्टिनेन्ट कर्नेल थिए । उनको सैन्य जीवन समाप्त भएको थिएन तर उनी युवा नै थिए । १९६० को दशकको शुरुवातमा पुग्दा इन्डोेनेसियाका पहिलो राष्ट्रपति सुकर्नाेको शासनकाल निकै ठूलो सत्तासंकटबाट गुज्रिरहेकोथियो । त्यसबेला इन्डोनेसियामा एकातिर सुकर्नोको शासनथियो भने त्यसको विरुद्धमा कम्युनिस्ट क्रान्तिकारीहरु डटिरहेका थिए । शोभियत युनियन, चीनको वैचारिक राजनैतिक र क्रान्तिकारी जोशका लिएर त्यहाँका कम्युनिस्टहरु सुकर्नोको विरुद्ध लडिरहेका थिए । \"1015376323-750\" साम्यवादीहरुको विरुद्ध अमेरिका लगाएका साम्राज्यवादी देशहरुले इस्लामी कट्टर पन्थीहरुलाई उक्साईरहेको थियो । विश्वका समाजवादी लहर बढिरहेको बेला इन्डोनेसियाका कम्युनिस्टहरुले १९६५ मा सत्ता कब्जा गर्न खोजे । तर दुर्भाग्यवस् सफल हुन सकेन । भनिन्छ, त्यसबेला सुहातोले त्यहाँका फासीवादी सत्ता बचाउने महत्वपूर्ण भूमिका निभाएका थिए । त्यसबेला उनी एक सैनिक जनरल थिए । उनलाई कम मानिसहरुले मात्र चिन्थे । चतुर र कुटनीतिमा निकै सिपालु स्वभावमा सुहार्तोे अन्ततः सन् १९६६ मा सत्तासीन भए । त्यसपछि उनको क्रुर शासन शुरु भयो । सत्तासीन हुने वित्तिकै उनी कम्युनिस्टहरुकाविरुद्ध हिटलरको रुपमै उदाए । उनले सम्पूर्ण साम्यवादीहरुलाई सफाया गर्न आदेश थिए । त्यसपछि शुरु भयो कम्युनिस्ट विचार बोकेका साम्यवादी मानिसहरुलाई खोजी खोजी मार्ने क्रम । रातारात रगतको खोला बग्यो । भनिन्छ, त्यसबेला अमेरिकाको जासुसी संस्था सीआईएले कुन कम्युनिष्ट कुन घरमा बस्छ भनेर कोठासमेतको रिपोर्ट सुहार्तोलाई दिइ मार्न सघाएका थिए । उनीहरुले कम्युनिष्ट सिध्याउन त्यहाँका धार्मिक अतिवादीहरुलाई समेत प्रयोग गरेका थिए। \"communist को कहाँ मारिन्छ थाहा हुन छाड्यो । मारिने संख्या सयबाट केही दिनमै हजार पुग्न थाल्यो । दुनियाँभरका कम्युनिस्टहरु हत्याको विरोध गर्ने सिवाय अरु केही गर्न सक्ने अवस्थामा थिएन । यता चीन र शोभियत संघबीच महान बहस चलिरहेको थियो । स्टालिनको मृत्युपछि शोभियत संघ धर्मराउन थालेको थियो । यता चीनमा पार्टी भित्र घुसेका संशोधनवादको विरुद्ध माओले महान सर्वहारा साँस्कृतिक क्रान्ति शुरु गरेका थिए । तर इन्डोनेसियामा मारिने क्रम रोकिएन । दुनियाँ भरमा मानिसहरुले मन्दमन्द स्वरमा सुहार्तोको खुनी कदमको विरोध गरिरहे । तर समाजवादको दियोलाई निभाउन साम्राज्यवादको निर्देशनमा सुहार्तो लागिरहे । अन्ततः सन् १९६५ देखि १९६८ को ३ वर्षकोबीचमा कम्युनिष्टहरुलाई तहसनहस बनाइदिए । इतिहासकारहरुका अनुसार ३ वर्षकोबीचमा सुहार्तोले आठ लाख कम्युनिष्टहरुको नरसंहार गरे । ३ लाख सर्वसाधारण मानिसहरुलाई एउटै चिहान बनाइदिए । [caption id=\"attachment_64794\" align=\"aligncenter\" width=\"750\"]\"जलाईएको जलाईएको बस्ती[/caption] यसरी कम्युनिस्टको नरसंहार गरेपनि उनको शासन भने राम्रो हुन सकेन । उनी भ्रष्टाचारको मुद्दामा मुछिए । उनको शासनकालमा देशमा भ्रष्टाचार अकल्पनीय ढंगले मौलायो । अन्ततः उनी १९९८ मा बर्खास्तीमा परे । सत्ताच्यूत भएपछि उनी राजधानी छेउमा एक आलिसान महल बस्न थाले । हिटलरपछिको २० औँ शताब्दीको नरसंहारकारी सुहार्तोलाई उनीपछिको सरकारले अपराधीको मुद्दा लगायो तर त्यो सफल हुन सकेन । किनकी जानकारहरुका अनुसार नरसंहारमा मात्र सुहार्तो थिएनन्, उनको काँधमा बन्दुक राखेर पड्काउँने अमेरिका थियो । नरसंहारकारी सुहार्तोको २७ जनवरी २००८ मा मृत्यु भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies