Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

शेरबहादुर देउवाः जसको नाममा लेखिएको छ कालो इतिहास

\"sher काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको लामो इतिहास बोकेका पात्र हुन् । नेपाली कांग्रेसको लामो इतिहासमा पहिलो पटक पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्न आइपुगेका छन् । डडेलधुराको रुवाखोला असिग्राम—५ मा जन्मिएका देउवा ०१७ पछिको शाही ‘कू’ पछि नेपाली राजनीतिमा प्रवेश गरेका हुन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको प्रथम सभापतिसमेत हुन् । नेपालकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीपछि शेरबहादुर देउवा २०५२ साल भदौमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यतिबेला तत्कालिन राजा वीरेन्द्र शाहको शासनकालमा प्रधानमन्त्री भएका उनी ज्ञानेन्द्र शाहको शासनकालमा पनि प्रधानमन्त्री हुन पुगे । सुदूरपश्चिमको दुर्गम जिल्ला डडेलधुराबाट स्थापित भइ राष्ट्रिय राजनीतिमा छाएका देउवा तीन तीन पटक प्रधानमन्त्री भई जनताको हितमा काम गरेर स्वर्ण अक्षरले नाम लेखिनुपर्ने ब्यक्ति हुन् । तर लामो समयपछि नेपाली कांग्रेसभित्रको कोइराला विरासतमा पुगेका देउवा एउटा यस्तो पात्र बन्न पुगे जसको नाम इतिहासमा एउटा कालो अक्षरले कोरिएको छ । झण्डै सात दशकको इतिहास बोकेको नेपाली कांग्रेसको नेतृत्व लिन आइपुगेका देउवा जसले नारायणहिटी दरबार हत्याकाण्डपछि पूर्व राजा ज्ञानेन्द्रको हातमा प्रजातन्त्र सुम्पिएका थिए । प्रजातन्त्रको अवशान गर्दै शाही ‘कू’ गर्न मद्दत गर्ने देउवाको त्यो कदम कहिल्यै नमेटिने इतिहास बनेको छ । राजा ज्ञानेन्द्रको निगाहमा प्रधानमन्त्री बनाइएका देउवाको सरकार तिनै ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम”को आरोप लगाई विघटन गरेका थिए । त्यसको दुई वर्षपछि २०६१ सालमा पूर्वराजा ज्ञानेन्द्रले देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए । देउवाले बुझाएको संसद पुनस्र्थापना गर्नका लागि कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले अथक प्रयास गर्नुपर्यो भने प्रजातन्त्रको रक्षार्थ सशस्त्र जनयुद्धमा होमिएको तत्कालिन नेकपा माओवादीसँग हातेमालो गर्नुपर्ने बाध्यता गिरिजाबाबुलाई परेको थियो । देउवा यस्ता ब्यक्ति हुन्, जो कांग्रेसको आन्तरिक राजनीतिमा पनि सधै तघारो बनेर उपस्थित भइरहे । आफूले लाभको पद लिन नपाएकै झोंकमा उनले नेपाली कांग्रेसलाई टुक्राउने काम पनि गरे । पार्टीमा आन्तरिक द्वन्द्व झिकेर देउवाले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए । विभाजित भएपछि कांग्रेस निकै कमजोर बनेकै कारण २०६४ सालमा एकीकरण गरिएपछि देउवा नेपाली कांग्रेसको बरिष्ठ नेता बन्न पुगेका थिए । देउवा २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएको बेला नै राष्ट्रियता र जनजिविकासम्बन्धी डा.बाबुराम भट्टराईले ४० बुँदे ज्ञापनपत्र बुझाएका थिए । आफ्नो मागहरुको बेवास्ता गरिए जनयुद्ध गर्ने भनिए पनि देउवाले वेवास्ता गरेका कारण माओवादीले जनयुद्धको थालनी गरेका थिए । जुन देउवाको लागि अर्को अभिशाप बन्न पुग्यो । सरकार चुस्त र दुरूस्त हाेइन, जम्बाे बनाउनुपर्छ भन्ने परम्परा पनि देउवाले नै बसाएका थिए । उनकाे मन्त्रीमण्डलले अर्धसतक पार गरेकाे थियाे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies