Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

ओलीलाई उछिन्दै प्रधानमन्त्री बन्लान् देउवा ?

\"deuwa_oli_pm\"खबरडबली । ३ असोजमा संविधान आएपछि एक हप्तामा नयाँ प्रधानमन्त्री चुनिनुपर्ने भएपछि मैदानमा अहिले दुई उम्मेदवार देखिएका छन् ।  एमाले अध्यक्षा केपी अाेली र नेता शेरबहादु देउवा ।   यस अघि सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने अघिल्लो दिन अर्थात् २६ माघ २०७० मा कांग्रेस र एमालेबीच सात बुँदे सहमति हुँदा एक वर्षमा संविधान बनाउने र एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने मौखिक सहमति भएको थियो । तर, एक वर्षमा संविधान बन्न सकेन । र, सोही सात बुँदे नै धरापमा पर्यो । निर्धारित समयमा संविधान नबनेपछि सत्ता सहयोगी दल एमाले कांग्रेससँग असन्तुष्ट बन्यो ।   बिस्तारै एमाले एमाओवादीसँग नजिक भयो । एमाओवादीले पनि ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा वचन दियो । १२ वैशाखको भूकम्पपछि दलहरु एक ठाउँमा उभिएर जेठ २५ मा १६ बुँदे सहमति गर्दै संविधानमा अग्रसर भए । प्रक्रियामा प्रवेश गरी अब ३ असोजमा संविधान घोषणा हुनेछ र एक हप्तामा नयाँ सरकार ।   अब संविधान निर्माणपछि गठन हुने सोही प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओली पहिलो दाबेदारका रुपमा छन् । तर, उनलाई प्रधानमन्त्री बनाउन एमालेबाटै असहयोग, कांग्रेसकै नेताले नमान्ने र एमाओवादी निर्णायक हुँदा कांग्रेसकै नेता शेरबहादुर देउवा पनि प्रधानमन्त्रीका लागि उत्तिकै प्रभावशाली दाबेदार देखिएका छन् ।   देउवाको आँखा कांग्रेसको भावी सभापतिमा छ । तर, ‘प्रधानमन्त्रीमा इच्छा छैन, सभापति प्राथमिक विषय भए पनि ओलीमा सहमति भए सबैलाई मिलाउन सक्ने नेता’को हैसियतमा आफूलाई भित्रभित्रै दाबेदार बनाइरहेका छन् । प्रधानमन्त्री भएर महाधिवेशनमा जान सकिए, झन् सफल हुने आन्तरिक विश्लेषणमा देउवा लागेको उनी निकट स्रोत बताउँछ । ‘देउवाजीको लागि प्रधानमन्त्री अहिले प्राथमिकतामा छैन । पार्टी सभापति सभापति मात्रै प्राथमिक विषय हो मेहनत सभापतिकै लागि बढी छ’ देउवा निकट रहेका एक केन्द्रीय सदस्य भन्छन्, ‘ओलीमा सहमति भएन र सहमतिमा अगाडि सारिए देउवाजीको आपत्ति हुँदैन ।’   ओलीलाई प्रधानमन्त्री बनाउन आपत्ति नहुने देउवाले बताए पनि ‘सहमति जसको नाममा हुन्छ उही व्यक्ति प्रधानमन्त्री बन्छ’ भन्दै कुटनीतिक रुपमा आफूलाई प्रधानमन्त्रीका लागि भित्रभित्रै तयारी गरिहरको छन् । ‘समानुपातिक समावेशीताको व्यवस्था गर्ने, विभिन्न आयोग गठन गर्ने र पछिल्लो समय असन्तुष्ट दललाई समतिमा ल्याउन पहल गरी सबैलाई मिलाउन सक्ने नेताको छवि देउवाले बनाउनुभएको छ’ उनी निकट स्रोत भन्छ, ‘सभापति र प्रधानमन्त्रीको दाबेदारी आधारलाई बलियो बनाउन यसले सकारात्मक सन्देश दिन्छ ।’   जवर्जस्त दाबी नगर्ने तर, ओली आफ्नो दलको सहमति, एमाओवादीको इच्छा र विदेशीको समेत चाहनालाई बुझ्नमा देउवा केन्द्रित छन् । यी तिनै पक्षको कुरा बुझेपछि अबको केही दिनमा प्रधानमन्त्री चुनिने बेलासम्म देउवा आफूलाई बलियो दाबेदारका रुपमा अघि लगाउने धुनमा छन् । तीन दलका शीर्ष नेता ओलीलाई प्रधानमन्त्री बनाउन तयार भए देउवाको यो प्रयास खेर जानेछ । अप्ठ्रो अवस्थामा नेता देउवा तीनपटकसम्म नेपालको प्रधानमन्त्री भइसकेका छन् । यद्यपी प्रधानमन्त्री सुशील कोइराला संविधान बने लगत्तै अमेरिका जाने दुई हप्ता उतै बस्ने भएपछि सरकार गठन असोजको तेस्रो सात मात्रा सुरु हुने आँकलन भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies