Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एक थान संविधान त आयो तर द्वन्द्व समाधान हुँदैन– हृदेश त्रिपाठी

\"hridayas_tripathi\" मधेसमा विगत एक महिनादेखि आन्दोनल चली रहेको छ र आन्दोलनका क्रममा झण्डै तीन दर्जन मानिसहरुको ज्यान गई सकेको छ । तर उनीहरुको मागलाई सम्बोधन गरेर अगाडि बढ्ने पक्षमा न त राज्य छ न आन्दोलनलाई रोकेर सार्थक वार्ता गर्ने पक्षमा आन्दोलनरत दल । जनता दिनहुँ विभिन्न बाहाना आक्रान्त छन्, जिम्मेवार नेताहरु गैरजिम्मेवार जस्ता देखिन पुगेका छन् । मधेस आन्दोलनले उठाएका मुद्धा र वार्ताका विषयमा केन्द्रीत रहेर खबरडबली संवाददाता नरेश ज्ञवालीले तराई मधेस लोकतान्त्रीक पार्टीका उपाध्यक्ष हृदेश त्रिपाठीसँग गरेको कुराकानीको संपादित अंश । मधेसी मोर्चाको बैठक बसेर के निर्णय गर्नु भयो ? असोज ३ गतेका दिन संविधानसभाबाट जसरी संविधान जारी गर्ने कार्ययोजना आएको छ त्यस दिनलाई कालो दिनका रुपमा लिँदै आफ्नो शोक र दुःख व्यक्त गर्नका लागि प्रत्तेक जिल्लामा कालो झण्डा लिएर मौन जुलुस निकाल्ने र साँझ एक घण्टाका ब्ल्याक आउट गर्ने तथा ४ गते जिल्ला सदरमुकामहरुमा आम जनताको बीच पारित भएको संविधानलाई जलाउने निर्णय गरेका छौ । त्यस बाहेक अन्य आमहड्तालका कार्यक्रमहरु यथावत राख्ने निर्णय गरिएको छ । संविधानको विरोध किन गर्नु भएको ? परिवर्तनलाई समाप्त गरेर जसरी संविधान आएको छ यसले विगतका परिवर्तनका चाहना, मुद्धा र अन्तरिम संविधानलाई पनि लत्याएको छ । अन्तरिम संविधान भन्दा पनि पछाडि फर्केर आएको संविधान प्रतिगामी छ । यसैले एक थान संविधान त आयो तर द्वन्द्व समाधान हुँदैन । देशलाई मुठभेडमा पु¥याउने तीन दलको हठका कारण मुलुक आज यो परिस्थितिमा आएको छ जसको लामो समयसम्म प्रभावहरु हामीले देख्न पाउनेछौ । त्यसैले हामीले यसको विरोध गरेको हो ।
अन्तरिम संविधान भन्दा पनि पछाडि फर्केर आएको संविधान प्रतिगामी छ । यसैले एक थान संविधान त आयो तर द्वन्द्व समाधान हुँदैन
तपाईको विचारमा वर्तमान गतिरोधको अन्त्य कसरी गर्ने त ? \"hridayeshगतिरोध अन्त्य गर्ने कुरा वहाँ (सत्ताधारी)हरुको हातमा छ । हामी वार्ता र संवादका लागि सधै तयार छौ । तर वहाँहरुले त्यसलाई कहिलै गम्भिरतापूर्वक लिनु भएन । एक दिन लुगा धुन र नुहाईधुवाई गर्न वहाँहरुले छुट्टी मनाउदै संविधानसभा स्थगित गर्नु भएको थियो । जसलाई दुई दिन भनेर प्रचारित गरियो र विश्व जनमतलाई झुक्याउने कोसिस भयो जो कि राजनीतिक वेइमानी हो । हाम्रा कुनै पनि विषयहरु नयाँ छैनन् । विगतका सम्झौताहरु, संविधानसभामा सर्वसम्मत सहमति भएका सहमति र अन्तरिम संविधानमा उल्लेख भएको विषयहरु सम्बोधन गरियोस भन्ने हाम्रो भनाई हो । थारु, आदिवासी, जनजाति, दलित, मुस्लिम, मधेसी समूदायले संविधानप्रति स्वामित्व ग्रहण गरुनु भन्ने हाम्रो भनाई हो । अहिले पारित भएको संविधानको स्वामित्व हामीले लिएका छैनौ । जब हामी स्वामित्व लिएका छैनौं भन्छौ त्यसबाट उत्पन्न हुन्छन हाम्रा प्रतिक्रियाहरु र त्यहीबाट हाम्रा आन्दोलनका स्वरुपहरु उत्पन्न हुन्छन् । जुन संविधानको स्वामित्व हामीले लिदैनौं त्यो संविधान मानि राख्नु पर्ने हामीलाई बाध्यता हुदैन । तसर्थ हामीले विगतका सहमति लागू गरियोस भनेका छौ गतिरोध अन्त्यको उपयुक्त विकल्प भनेको नै त्यही हो ।
हामीले संवादका माध्यमबाट समस्याको समाधान गर्न पहिलेदेखि नै प्रयत्न गरेको हो । तर अर्को पक्षको हठका कारणले यस्तो परिस्थिति सृजना भयो । अहिले पनि हामी वार्ताका लागि हामी तयार छौ । तर त्यो सार्थक वार्ता हुनु पर्‍यो । त्यो विगतको जस्तो कलाविहिन नाटक नहोस
मोर्चाले एकातर्फ वार्ताका लागि तयार छौ पनि भन्ने र अर्को तर्फ संविधानको स्वामित्व पनि लिदैनौ भनेपछि वार्ताको औचित्य के भन्ने प्रश्न उठ्दैन र, यो द्वैद चरित्र होइन ? संवादका लागि हामी हिजो पनि खुला थियौ र आज पनि खुला छौ । आन्दोलन गर्दा गर्दै संवादमा गएको हो । यो मुलुकमा युद्ध गर्दागर्दै पनि संवाद चलि रहेको थियो । हामीले संवादका माध्यमबाट समस्याको समाधान गर्न पहिलेदेखि नै प्रयत्न गरेको हो । तर अर्को पक्षको हठका कारणले यस्तो परिस्थिति सृजना भयो । अहिले पनि हामी वार्ताका लागि हामी तयार छौ । तर त्यो सार्थक वार्ता हुनु पर्‍यो । त्यो विगतको जस्तो कलाविहिन नाटक नहोस । मधेसवादी दल संविधान नै चाहँदैन भने वार्ता गर्नुको के औचित्य भन्ने धारणा रहेको छ, तपाईले पनि झण्डै झण्डै त्यही कुरा गर्नु भयो भने सहमतिको मिलन विन्दु के त ? मैले अघि नै भने अन्तरिम संविधानमा उल्लेख गरिएका विषयबस्तु र सहमति भएका विषयवस्तुहरु र जहाँबाट यो प्रतिगमन सुरु भएको छ त्यसलाई परिमार्जन गरेर हाम्रा विषयहरु सम्बोधन गर्न सकिन्छ । संविधानसभा र संघीयता हाम्रो एजेण्डा हो त्यसलाई क्षतविक्षत पारियो भन्ने हाम्रो चिन्ता हो । नागरिकताको एजेण्डा, समानुपातिक, समावेशी र अन्य विषय जो अन्तरिम संविधानले ग्यारेन्टी गरेको थियो त्यस भन्दा पनि पछि धकेलिएको छ । यहाँ विश्व जनमतलाई के भनेर झुक्याउन खोजिएको छ भने यीनीहरु संविधान नै चाहँदैनन् । विश्व जनमतलाई क्षणिक भ्रमित पार्न नयाँ प्रयोग गरिएको छ । मलाई के थाहा छ भने यो संविधान कार्यान्वयन गर्न कठिन हुनेछ । जुन ढंगले राज्यले आतंक मच्चाउँदै जातिय नरसंहार गरेको छ त्यसले हामीलाई गम्भिर बनाएको छ । किनभने देश त हाम्रो हो तर राज्य हाम्रो होइन । हामीले खोजेको देश पनि हाम्रो र राज्य पनि हाम्रो होस भन्ने हो ।
सार्थक वार्ताका लागि वातावरण बनाउने काम तीन दल र राज्यपक्षको हो । त्यसपछि संवोधन गरिने विषयका बारेमा वहाँहरुले भन्नु भयो भने बाटो देखाउन म देखाउन तयार छु । जुन संवैधानिक, लोकतान्त्रिक र सर्वमान्य हुनेछ ।
मधेसमा देखिएको अवस्थाको अन्त्य गर्दै सार्थक वार्ता कसरी हुन सक्छ त्यसका केही उपायहरु ? हामी आन्दोलनमा छौ र राज्यले आफ्नो अन्तिम अस्त्र सेना प्रयोग गरि सकेको छ । तीन दर्जन भन्दा बढी आन्दोलनकारीहरुको हत्या गरिएको छ । टाउको छातिमा ताकी–ताकी गोली हानिएको छ । मानौ आन्दोलनकारीलाई होइन कि थारु र मधेसीलाई हामी मार्दैछौ भन्ने भाव प्रकट गरिएको छ । अान्दाेलन दमन गर्नका लागि नै सेना परिचालन भएकाे छ । वार्ताको वातावरण बनाउनका लागि राज्यले यी आतंकको अन्त्य गर्नु पर्छ । सेना परिचालन भएको फिर्ता गर्नु पर्‍यो । सार्थक वार्ताका लागि वातावरण बनाउने काम तीन दल र राज्यपक्षको हो । त्यसपछि संवोधन गरिने विषयका बारेमा वहाँहरुले भन्नु भयो भने बाटो देखाउन म देखाउन तयार छु । जुन संवैधानिक, लोकतान्त्रिक र सर्वमान्य हुनेछ ।
संविधान भन्ने निर्जिव वस्तुसँग हाम्रो कुनै विवाद होइन । विवाद भनेको त्यहाँ भित्र रहेका शब्द र नियतहरुसँग हो । अहिलेको संविधानमा प्रयोग भएका शब्द र नियतहरु कुत्सित र द्वन्द्व बढाउने खालका छन्
आन्दोलनकारी दल र सरकारका बीच वार्ता सफल भएमा वर्तमान संविधानलाई स्विकार गरेर जान सक्ने अवस्था रहन्छ ? संविधान भन्ने नामसँग हाम्रो रिस होइन । हामी त संविधान बनाउनका लागि नै आएका हौ । विगतका सबै सम्झौता र प्रतिवद्धताहरु संवोधन गरियोस र त्यही मर्म अनुरुप संविधान बनोस भन्ने हाम्रो चाहना हो । वहाँहरुले एकलौटी र एकतर्फी रुपमा राज्यको पुरानो बनोट र वर्चश्वलाई कायम राख्न जसरी संविधान घोषणा गर्नु भएको छ त्यसमा हाम्रो विरोध हो । संविधान भन्ने निर्जिव वस्तुसँग हाम्रो कुनै विवाद होइन । विवाद भनेको त्यहाँ भित्र रहेका शब्द र नियतहरुसँग हो । अहिलेको संविधानमा प्रयोग भएका शब्द र नियतहरु कुत्सित र द्वन्द्व बढाउने खालका छन् । समस्या भनेको यही हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies