Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यस्ताे थियाे माओवादी जनयुद्धको पहिलो ‘होलटाइमर’ राइफल, एउटै बन्दुकले सुरू भएकाे थियाे जनयुद्ध

\"maoist-Rifle\"काठमाडौं । तस्वीरमा भएको ३–०–३ राइफल माओवादी जनयुद्धको तयारीको राइफल हो । यही राइफलबाट माओवादीका केन्द्रीय नेताहरुलाई पहलिो सैन्य तालिम दिइएको थियो । माओवादी नेता देव गुरुङको सहयोगमा मनाङका ब्रिटिश लाहुरेबाट सहयोग लिइएका २ थान राइफल मध्ये अर्को एक राइफल चालु अवस्थामा थिएन । चल्ने अवस्थामा भएको यही राइफलबाट प्रचण्ड, बाबुराम, बादल लगायतले चितवनको राप्ती किनारमा माओवादी नेताहरुले तालिम लिएको भन्ने भनाईहरु बाहिर आएका छन् । तात्कालीन माओवादीसँग त्यतिबेला यही एउटामात्रै राइफल थियो । नेपाल प्रहरीले बोक्ने गरेको यो प्रकृतिको हतियार एउटै हुनाले गर्दा माओवादी नेताहरुले यसलाई मध्य नेपाल हुँदै पश्चिम नेपालका धेरै जिल्लाहरुमा पुर्याउँथे । गाउँमा शिकार गर्ने गरिएका केही थान भरुवा बन्दुकहरु यही राइफलको सहायतामा प्राप्त गरेको तात्कालीन माओवादी नेताहरु बताउँछन् । जनयुद्धको सुरुवाती अवस्थामा एउटै राइफल हुनुको कारण यसलाई ‘होलटाइमर’ राइफल भनिन्थ्यो । जनयुद्ध सुरु भएको केही समयमै गाउँगाउँका जमिन्दार तथा सामन्तको घरबाट केही थान ‘टुएल्बर’ (बाह्रबोर) बन्दुक माओवादीको हात लाग्यो । होलटाइमर राइफल, टुएल्बर र भरुवा बन्दुक जस्ता कमसल हतियारहरुको बलमा नै माओवादीले जनयुद्ध लडेको थियो । जनयुद्धको तयारीको अवस्थामा उक्त राइफललाई दाङबाट रोल्पा लगेका पूर्वजनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङ भन्छन्, –‘हामीले जनयुद्धको तयारीकै चरणमा त्यो राइफल दाङबाट रोल्पा लगेका हौं ।’ जनयुद्धको सैन्य शक्ति निर्माण गर्नमा यो होलटाइमर राइफलको ठूलो देन रहेको माओवादी नेताहरु बिर्सदैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies