/  Sat, February 25, 2017

चुलो बनाएरै मासिक १ लाखभन्दा बढी कमाइ !

Chulo८ असार, कञ्चनपुर । सुधारिएको चुलो बनाएर कञ्चनपुरको देखतभूली– ९ कटानकी लक्ष्मी चौधरीले मासिक रुपमा १ लाखभन्दा बढी कमाई गर्दै आएकी छन् ।

दुई वर्षअघि तालिम लिएर दक्ष बनेकी चौधरीले निरन्तर सुधारिएको चुलो बनाउने कार्य गर्दै आएकी छन् । सुधारिएको चुलो बनाउने कार्यमा संलग्न उनले प्रतिचुलो बनाएबापत घरधनीबाट १ सय ५०, नगरपालिका/गाविस कार्यालयबाट ३ सय र संस्थाबाट १ सय गरी ५ सय ५० रूपियाँ  रकम पाउँछिन् । दैनिक ५ देखि ८ वटासम्म सुधारिएको चुलो निर्माण गर्दै आएको उनले बताइन् ।

कञ्चनपुरका नगरपालिका र गाविसलाई धुवाँरहित घोषणा गर्ने सरकारी योजनाअनुरुप सबैले सुधारिएको चुलो राख्न थालेकाले काम गर्न भ्याइनभ्याई भएको उनी बताउँछिन् । सुधारिएको चुलो बनाउने तालिम नलिँदा घरकै काम गरेर बस्नुपरेको विगत कोट्याउँदै उनले भनिन्– “घरको चुलोचौकामै सीमित हुँदा कमाइ थिएन । श्रीमानले मजदुरी गरेर ल्याएको पैसाले जेनतेन परिवार पाल्नका लागि खर्च चलेको थियो ।”

चालीस वर्ष नाघेकी चौधरी सुधारिएको चुलो बनाउने तालिम लिँदा यतिको कमाई होला भनेर नसोचेको बताउँछिन् । “पहिला घरखर्च श्रीमानको मजदुरीबाट चल्थ्यो अब मेरै कमाइले चल्न थालेको छ । बचेको रकम बैंकमा जम्मा गरी पक्की घर बनाउने योजना छ” उनले सुनाइन् ।

हालसम्म कृष्णपुर, दैजी, पीपलाडी, देखभूलीमा गरी ६ सयभन्दा बढी चुलो निर्माण गरेको उनले बताइन् । उनीसँगै सुधारिएको चुलो बनाउने तालिम लिएका तीसभन्दा बढी महिलाले चुलो बनाएर यथेष्ट आम्दानी लिँदै आएका छन् । निर्माण गरिएको सुधारिएको चुलोको विशेषतासँगै चुलो चलाउने तरिकाका बारेमा समेत घरधनीलाई महिलाले बताउने गरेका छन् ।

थोरै दाउरा लाग्ने, छिटो खान पाक्ने, धुवाँ नआउने भएकाले स्थानीय बासिन्दाको रोजाइमा सुधारिएको चुलो परेको चुलो बनाउँदै आएकी मञ्जु चौधरीले बताइन्– “अनिवार्य रुपमा सबैले सुधारिएको चुलो बनाउन थालेकाले दक्ष चुलो, स्टोभ मास्टरलाई कमाई गर्ने अवसर जुरेको छ ।”

“सुधारिएको चुलो बनाउने तालिम लिएका महिलाले मासिक रुपमा पचास हजारदेखि एक लाखभन्दा बढी कमाई गर्न थालेकाले यसलाई पेसाकै रुपमा रोज्न पुगेका छन्” उनले भनिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोलेश्वरमा साधुसन्त र नागाबाबाको बिदाई

डोलेश्वरमा साधुसन्त र नागाबाबाको बिदाई

भक्तपुर,  १४ फागुन । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्त...   
रुकुमको महत पुगेर यसरी नाचे उर्जामन्त्री शर्मा र पूर्वमन्त्री पुन

रुकुमको महत पुगेर यसरी नाचे उर्जामन्त्री शर्मा र पूर्वमन्त्री पुन

रुकुम, १४ फागुन । माओवादी केन्द्रका नेता तथा सर्वाधिक चर्चामा रहेका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर...   
अनाम फूल

अनाम फूल

मिलनकान्छा किराती अभावको भूकम्पले चर्किएर पनि धर्तीको बार्दलीमा उभिरहने सप्तरङ्गी रहर घोल्दै धमिलो...   
तातोपानी नाका खुलाउने तयारी भईरहेको चिनियाँ राजदूतको खुलासा

तातोपानी नाका खुलाउने तयारी भईरहेको चिनियाँ राजदूतको खुलासा

काठमाडौं, १४ फागुन । चिनियाँ राजदूत यु होङले सिन्धुपाल्चोकको तातोपानी नाका चाँडै सञ्चालनमा आउने बताएकी...   
भारतीय मोडल जस्तै ‘गैरदलीय निर्वाचन’ प्रस्तावमा मधेसी मोर्चा

भारतीय मोडल जस्तै ‘गैरदलीय निर्वाचन’ प्रस्तावमा मधेसी मोर्चा

काठमाडौं, १४ फागुन । संविधान संशोधनलाई मुख्य सर्त बनाउँदै आएको मधेसी मोर्चाले गैरदलीय आधारमा स्थानीय...   
महिलाले कसरी हस्तमैथुन गर्छन् ?

महिलाले कसरी हस्तमैथुन गर्छन् ?

हाम्रो समाजका धेरैजसो मानिसले महिलाहरू हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर वास्तविकता त्यस्तो होइन...   
एमालेजन ओलीको इगोका लागी देश किन बन्धकी राखेको ?

एमालेजन ओलीको इगोका लागी देश किन बन्धकी राखेको ?

सरकारले चुनावको घोषणा गरिसकेपछि व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि एमालेले...   
आज सेना दिवस : परेडदेखि आतिशवाजीसम्म

आज सेना दिवस : परेडदेखि आतिशवाजीसम्म

काठमाडौं, १३ फागुन। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली...   
नागाबाबाबारे के सोच्छन् महिला ?

नागाबाबाबारे के सोच्छन् महिला ?

काठमाडौं, १३ फागुन । नागा बाबासँग जोडिएर तस्विर खिचाउन रुचाउने युवा बढ्दै गएका छन् । युवा पुस्ताले...   
शिवरात्रिमा टेलिकमको यस्तो विशेष अफर

शिवरात्रिमा टेलिकमको यस्तो विशेष अफर

काठमाडौं, १२ फागुन । उपभोक्ताहरुलाई यथासक्य सहुलियतपूर्ण दूरसञ्चार सेवा उपलब्ध गराउने कम्पनीको नीति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top