Khabar Dabali Logo
  April 25, Thu

गगन थापा भन्छन्, ‘मेरी श्रीमती धेरै कमाउँछिन्, उनीमाथि अधिनायक बन्न सक्दिनँ ’

gagan thapaपछिल्लो पटक आमाको खुट्टा कहिले ढोग्नु भयो ?
दुई तीन दिन अघि ढोगेँ । काठमाडौं बाहिर जाने दिन र फर्केको दिन सधैं ढोग्छु ।

आमा कति उमेर हुनुभयो ?

बुवा आमाकै उमेर थाहा छैन ।

युवालाई महिलाप्रति सम्मान गर्ने कुनै विधि सिकाउनु पर्दा ?

बोल्दा विचार पुर्याउनुपर्छ । आमालाई ढोग्नुनै  सम्मान गर्ने उत्तम तरिका हो ।  मेरो बुवाले सुत्नुअघि हजुरआमाको खुट्टा ढोग्नु हुन्थ्यो । हामीले त्यो गरेनौं । म विदेशबाट आउँदा ढोग्छु ।

प्रसंग अर्कोतिर जाउँ, गत संविधानसभाको निर्वाचनमा आमाकै उमेरकी सुप्रभा घिमिरेको चाहना विपरित तपाईंले उमेद्वारी दिनुभयो । तपाईंको नैतिकताले दियो है   ?

मेरो नैतिकताले दिन्थ्यो । यसमा मलाई गल्ती गरेँ भन्ने पश्चाताप पटक्कै छैन । दुईवटा कारण छन् । हामी यतिबेला प्रतिस्पर्धात्मक राजनीति भित्र एउटा पुस्ताले बिदा लिएर अर्को पुस्ताले अवसर पाउनु पर्यो भनिरहेका छौं । मैले ५५ वर्ष उमेरपछि राजनीतिबाट अवकाश लिने घोषणा गरेको छु । म सँग अब १९ वर्ष मात्रै बाँकी छ ।  मभन्दा पछाडीको पुस्ता काबिल आउनेछ । त्यतिबेला म  काम नलाग्ने भइसकेको हुनेछु । बच्चाबच्चीको प्रगतिमा आमाले डाहा होइन, खुसी हुनुपर्छ । त्यतिबेला मैले स्वभाविक रुपमा आफ्नो पोजिसन लिने कोसिस गरेको थिएँ । अघिल्लो संविधानसभामा सुप्रभा दिदिलाई मैले मद्दत गरेकै हो ।  यो पटक पनि उहाँले टिकट पाउनु भएको भए म झोला बोकेर जान्थेँ । संसदीय राजनीतिमा त्यो गरिनँ भने, मैले मूल्य चुकाउनुपर्छ । उहाँसंग व्यक्तिगत रुपमा कुनै आग्रह वा पूर्वाग्रह छैन ।

तपाईंभित्रको मानवीयता वा नारीवादी विचारले उहाँलाई अवसर दिनु पर्छ जस्तो लागेन ?
मानवीयताको कुनै कोण देख्दिनँ । सुप्रभा घिमिरे, पहिलो संविधानसभा निर्वाचनको उमेद्वारको दाबेदार पनि हुनुहुन्थेन । म त्यतिबेला पार्टीको यो निर्वाचन क्षेत्रको प्रमुख थिएँ । संसदीय दलको चुनावमा शेरबहादुर देउबा वा रामचन्द्रसँग उहाँले निर्वाचन हार्ने कुरा मलाई थाहा नभएको हो र ? तर, मैले दुइवटैलाई सहयोग नगरेर उहाँलाई भोट हालें । हामी जम्मा  १२ जना नेताहरु थियौं । मैले जोखिम मोलेरै  उहाँलाई सहयोग गरेँ। मैले सुप्रभा घिमिरे महिला भएका कारण सक्नुहुन्न भनिनँ ।  महिलालाई सम्मान गर्ने एक्सन मैले गरिसकेको छु । म पनि राजनीतिकर्मी हुँ नि ? किनारमा बसेर घटना हेरिरहेको मान्छे त होइन ।  निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुने भन्ने कुरा स्वभाविक  कुरा हो ।

पछिल्लो पटक कुन विकसित देश घुम्नुभयो ?
जापान घुमेको हो ।

देशको विकट क्षेत्रमा कहाँ जानु भएको थियो ? कुन उद्देश्यले ?

म पछिल्लो पटक म्याग्दीको घारा पुगेको थिएँ । त्यसको केही दिनपछि रसुवाको सरमथली गएँ । मलाई म्याग्दीको घारा भन्दा रसुवाको सरमथली विकट लाग्यो । बाटो पनि धारा भन्दा कच्चि छ । घारामा पचास लाखको बास्केटबलको कोट देखेँ ।  घारामा महोत्सव उद्घाटन गर्न गएको थिएँ । रसुवामा खेलकुदको उद्घाटन गर्न ।

कहाँ बस्नु भयोे ?

लजमा बसेँ ।

जनताको घरमा बस्न मन लागेन ?
मलाई तत्कालै याद छैन ।

तपाईंले पार्टीको फ्रेम भन्दा बाहिरका मान्छेहरु कत्तिको भेट्नुहुन्छ ?

पार्टी बाहिरका मान्छेपनि भेट्छु । म को हो भनेर सबैलाई थाहा छ,त्यसैले समस्या हुन्छ ।

प्रचण्ड–बाबुरामले कांग्रेस रहदैन उसलाई मसल दिन्छौं भन्नुभएको थियो । ‘कांग्रेसको कुरा छोड्दीनु । हामी फुच्चेहरु नै तपाईंहरुलाई हराउन काफी छौं’ भन्ने कन्टेक्स्टमा धनकुटामा भनेको थिएँ ।

तर बाहिर प्रचण्ड जहाँ उठ्छन त्यहाँबाट  गगनले लड्दैछ भनेर आयो । मैले त्यसलाई करेक्सन गर्ने तिर लागिन । ‘प्रचण्ड बाबुराम जहाँ लड्छन् लड्न तयार छु आउनुस् लडौं’ भनेको हो । यही कुरालाई आधार मानेर मलाई लड्न पठाएको भए म जान्थेँ ।

तपाईंसँग जागिर माग्न कत्तिको आउनु हुन्छ ?
एकदमै धेरै आउँछन् ।

पछिल्लो पटक तपाईंसँग कस्तो प्रकृतिको जागिर माग्न आउनु भएको थियो ?
क्यासीनोमा भन्दिन प¥यो भनेर  आउनु भएको थियो । हेरौंला भनेर पठाएँ । सबै भन्दा बढी आउँछन् । धेरै यदि केहि मागिन्छ भने, त्यो जागिर हो ।

तपाईंले कतै भन्नु भएको थियो, ‘मेरो मासुपसलमा १५ जना मान्छेलाई रोजागरी दिएको छु सबैले यसो गरे विकास हुन्छ ।’ के यो दिर्घकालिन विकासको बाटो हो ?
यसमा केही प्रश्नहरु छन् । राजनीति गर्ने मान्छेको जिविकोपार्जनको कुनै बाटो हुनुपर्छकी पर्दैन ? त्यो समाजलाई थाहा हुनुपर्छकी पर्दैन  ? तर यहाँ जीवीकोपार्जनको बाटो सबैको छ । नत्र जिन्दगी कसरी चल्छ ?  सबैले केही गरिरहेको छ । राजनीति गर्ने मान्छेको जिविकोपार्जनका लािगे पारदर्शी बाटो हुनुपर्छ । त्यो बाटोबारे समाजले थाहा पाउनु  जरुरी छ ।
युवा पुस्ता बेरोजगार छ । उनीहरुलाई उद्यमशील बनाउन कृषिमा उत्प्रेरित गर्नुपर्छ । जागिर माग्ने भन्दा पनि दुई जनालाई जागिर दिने सोच चाहिएको छ । सानो इन्टरप्राईजेज चलाएँ भने दुई जनालाई जागिर दिन सक्छु । मैले आफ्नो विजनेसलाई सामाजीक अभियानको रुपमा सोचेको थिएँ एक हद सम्म सफल भयो । कहिलेकाहीँ कृषि मन्त्रालयलाई व्यङ्ग्य गरेर भन्ने गरेको छु,–‘तपाईंको कारणले भन्दा हाम्रो कारणले युवा पुस्ता कृषिमा आए ।’

कृषिमा ठूलो समस्या छ । जस्तो उदाहरणको लागि दुई चार लाख खर्च गरेर खोर बनाएर अनुदान खोज्न भौतारिने प्रवृति छ। त्यसोे गर्दा त्यो मान्छेको दुई चार लाखपनि फस्छ । त्यसले उसलाई कमर्सियल पनि बनाउँदैन । नाफा पनि हँुदैन । आम्दानी गर्नको निम्ति युवा पुस्ताले कृषिको विजनेश चुनौतीपूर्ण छ भन्ने थाहा पाइराख्नुपर्छ । यो संवेदनशील पनि छ । काम गर्नुअघि विजनेश प्लान बनाएर मात्रै गर्नुपर्छ । पहिला खोर बनाएर सुरु गर्ने होइन । हजारौं मान्छेहरु जो कृषिमा आएका छन् उनीहरु फसीरहेको देखिरहेको छु।

‘फलानो कतारबाट आएर भैंसी पालेको’ समाचार पत्रिकामा आउँछ तर पाँच सय मान्छेको विजोग भएको समाचार आएको छैन। औद्योगीक क्षेत्रले नै नेपालमा रोजगारीको श्रजना गर्ने हो । जापानमा पुर्वाधारले रोजगारी श्रजना गर्दैन । नेपालमा पुर्वाधार विकासले पनि गर्छ । किनभने, नेपालमा पुर्वाधार विकास भएकै छैन । हाईड्रोपावर, फास्ट्रयाक निर्माणले पनि रोजगारी दिन्छ ।

आफ्नै कारखानामा गागन थापा मजदुर भएका कुनै दिन छ ?

छैन । समयको कारणले संभव हुँदैन ।

तपाईंले खन जोत गर्नु भएको छ ?

पहिले–पहिले यही घरमा गरेँ । मैले १७ वर्षको उमेरदेखि काम गर्न थालेको हो । किताब पसल र कफि फ्याक्ट्रीमा काम गरेँ । बुवाले एसएलसी पछि पकेटमनि आफैले कमाउनुपर्छ भन्नु हुन्थ्यो । त्यस लगत्तै म त्यहाँबाट निस्केँ ।

बेलुका १० बजे सम्म मैले ट्युसन पढाउथेँ ।  मनग्य आम्दानी हुन्थ्यो । त्यसपछि एफएममा कार्यक्रम चलाउन थालेँ । त्यहाँ पनि चित्त बुझेन अर्को साथीसँग मिलेर ग्लोबल मिडिया सर्भिस खोेलेँ । त्यसपछि मैले बुम इन्टरनेश्नल खोलेँ । चालिस पचास जना डिजेहरु हाम्रो कम्पनीको प्रडक्टहरु अहिले क्रियाशिल छन् । पछि त्यो पनि छोडेँ । कृषि पनि रातारात सुरु गरेको हो ।

तपाईंको ईतिहास पनि रातारात परिवर्तन हुने रहेछ । संसदिय राजनीतिमा कृषि समितीको सभापति पनि रातरात मिलेको हो ?
मैले छान्न पाउने भएकाले त्यही समिति छानेको हो ।  कृषिमा काम गरेको हुनाले मलाई त्यसमा इच्छा थियो ।

अर्को प्रसंगतीर जाउँ तपाईंले फुटबल खेलबारे आलेख लेख्नु भएको थियो  । तपाईंलाई सबै भन्दा मनपर्ने खेलाडि वा टिम कुन हो ?
मैले थाहा पाएदखि म ब्राजीलको   समर्थक हो ।  अहिले नेयमार मन पर्छ ।

म मेरो परिवारको हकमा केहि गर्न सक्दिनँ । मेरो छोरीको निर्णय गर्ने अधिकार मसँग छैन ।  मरो छोरीको बारेमा निर्णय गर्ने अधिकार मेरो श्रीमतिको पनि बराबर छ । मेरी श्रीमतीले मेरो कस्टको लागि उसको प्राइस किन पे गर्छ ? उसले दुःख गरेर कमाएको पैसाले राम्रो स्कुलमा लगेर छोरी पढाउँछ । म आफै प्राइभेट स्कुल पढेर आएको हो । म आफै प्राइभेट स्कुल पढ्ने, अनि  मेरो बच्चालाई चाहीँ नराख्ने भन्ने हुदैनँ । मेरो परिवारको सदस्यलाई प्रभाव पार्न नसक्ने रहेछु । मेरी श्रीमतीले धेरै पहिलेदेखि भन्दै आएकी छिन्,–‘तिमी त राजनीति गर्ने मान्छे देखाउनलाई आफ्नो बच्चालाई सरकारीमा लगेर हाल्देलाउ म त्यो त मान्दिनँ नी ?’

खेलकै प्रसंगमा अर्काे खेलतिर जाँअाै, पछिल्लो समय नेपाली चलीहरु चिन भारत र खाडीका मुलुकहरुमा खेलौना बन्न बाध्य छन् । यो समस्या के लाग्छ तपाईंलाई भूमिगत खेल नै हो ?
यो नेपालको मात्रै समस्या होइन । म युरोपतिर त्यस्तै छ । यसमा कुनै लजिकले काम गर्दैन । जो संलग्न छ उ सिधै दण्डको भागिदार बन्नुपर्छ । यो  विशुद्धरुपमा ह्युमन ट्राफीकिङ्ग हो ।

यसमा राज्यको कुनै भूमिका छैन ?

विकसित देशका मान्छेहरुपनि बाहिर गएर कमाएर ल्याउनुपर्छ भन्ने मान्यता राख्छन् । नेपालमा पनि नयाँ होइन । केही दिन अघि विपी कोइरालाले लेख्नुभएको ६ सालको दस्ताबेज हेर्दै थिएँ । त्यतिबेला उहाँको चिन्ता १० औं हजार मान्छे रोजगारीको लागि भारत गएको  विषयमा थियो । त्यसलाई फर्काउँछु भन्नु भएको थियो । अहिले लाखौं मान्छे खाडीमा जान्छन् भन्दैछौं । संख्या फरक भएपनि अवस्था उही हो ।

यो मेरो कार्यक्षत्र पनि हो । माइग्रेसन लेभलको सेक्टरमा काम पनि गर्छु । बेला बलामा हामीले सरकारलाई पनि झकझक्याउने काम गरिरहेका हुन्छौं । कसैले राजगारी दिन नसकेको मनिसहरु बाहिर जानु,स्वभाविक हो । नेपालले यसलाई तत्कालै रोक्न सक्दैन ।

अर्को प्रसंग दोस्रो संविधानसभाको निर्वाचनको बेला तपाईंले ‘प्रचण्ड जहाँबाट उठ्यो त्यहिँबाट निर्वाचन लड्छु’ भन्नुभयो । तपाईंको त्यतिखेरको नियत प्रचण्डलाई हराउनु हो की संविधान बनाउनु थियो ?
यसमा दुइवटै कुरा थियो । त्यो मैले एउटा सन्दर्भमा भनेको थिएँ । प्रचण्ड–बाबुरामले कांग्रेस रहदैन उसलाई मसल दिन्छौं भन्नुभएको थियो । ‘कांग्रेसको कुरा छोड्दीनु । हामी फुच्चेहरु नै तपाईंहरुलाई हराउन काफी छौं’ भन्ने कन्टेक्स्टमा धनकुटामा भनेको थिएँ ।

तर बाहिर प्रचण्ड जहाँ उठ्छन त्यहाँबाट  गगनले लड्दैछ भनेर आयो । मैले त्यसलाई करेक्सन गर्ने तिर लागिन । ‘प्रचण्ड बाबुराम जहाँ लड्छन् लड्न तयार छु आउनुस् लडौं’ भनेको हो । यही कुरालाई आधार मानेर मलाई लड्न पठाएको भए म जान्थेँ ।

तपाईंको दुई छोरी मध्ये जेठीलाई विद्यालय भर्ना गर्नु भयो होला । सरकारी वा निजी कुन विद्यालय भर्ना गर्नु भयो ?
नीजिमा भर्ना गरेको छु ।

नेताले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने अनि सामुदायीक विद्यालयमा पढाउनुपर्छ भनेर भाषण गर्दै हिन्ने यो कसरी मिल्छ ?
भाषण गर्दा यस्तो कहिले पनि भनेको छैन । तपाईंले इन्ट्रेस्टिङ कुरा सुनाउनु भयो । मैले संसदमै सामुदायीक विद्यालय पढाउने कति जना छौं भनेर सोधेको थिएँ । दुइ जना मात्रै भेटिए ।

म मेरो परिवारको हकमा केही गर्न सक्दिनँ । मेरो छोरीको निर्णय गर्ने अधिकार मसँग छैन ।  मरो छोरीको बारेमा निर्णय गर्ने अधिकार मेरो श्रीमतिको पनि बराबर छ । मेरी श्रीमतीले मेरो कस्टको लागि उसको प्राइस किन पे गर्छ ? उसले दुःख गरेर कमाएको पैसाले राम्रो स्कुलमा लगेर छोरी पढाउँछ । म आफै प्राइभेट स्कुल पढेर आएको हो । म आफै प्राइभेट स्कुल पढ्ने, अनि  मेरो बच्चालाई चाहीँ नराख्ने भन्ने हुदैनँ । मेरो परिवारको सदस्यलाई प्रभाव पार्न नसक्ने रहेछु । मेरी श्रीमतीले धेरै पहिलेदेखि भन्दै आएकी छिन्,–‘तिमी त राजनीति गर्ने मान्छे देखाउनलाई आफ्नो बच्चालाई सरकारीमा लगेर हाल्देलाउ म त्यो त मान्दिनँ नी ?’

मैले त्यो च्वईसको रेस्पेक्ट पनि गर्नु प¥यो । अविभावक भएर मैले पनि सक्दिन होला । नेता भएर ठूलो समाजको ठूलो चित्र हेरौंला । बाबु मात्रै भएर हेर्दा राम्रै शिक्षा दिन खोज्छु ।

तपाईंको आफ्नै परिभाषामा आफ्नै छोरीको बाबा मात्रै हो या आम मान्छेको नेता पनि हो ?
आम देशवासीको नेता हुँ । मेरो व्यक्तिगत सन्दर्भमा ,आम मान्छे हुने सुविधा मसँग थियो नी  । आम हुनु हुदैन भनेर कसैले निवेदन दिएको होइन । मैले छानेर गएको हो । म संग आम मान्छे हुने सुविधा छैन । जस्तो मेरो बुवा आम मान्छे हो । मेरो श्रीमति आम मान्छे हो । आम  मान्छे भनेको खराब होइन । तर म चाहीँ आम मान्छे हुने सुविधामा छैन । आम मान्छेले जसरी सोचेको हुन्छ, राजनीतिकर्मीलाई त्यसको आधारमा धारणा बनाउने सुविधा छैन ।

राजनीति गर्नेले आम मान्छेको भलो चाहाछ । आफ्नो श्रीमती परिवार भन्दामाथि रहन्छु भन्छ । तपाईंको भनाई अनुसार त श्रीमती वा छोरीको फ्रेमभन्दा बाहिर जान सक्नु भएन नी ?
यो त मेरो बारेमा हो नी । उदाहरणको लागि मलाई निको नहुने रोग लाग्यो भने म नेपाल सरकारको पैसाले उपचार गर्दिनँ । किनभने त्यसमा ठूलो नैतिक विषय छ । त्यो नैतिक विषय भनेको, सरकारले मलाई के भनेर बढि सुविधा दिने ? सरकारको नजरमा सबै नागरिक बराबर हो नी त ? त्यो बेला मेरो निर्णय लागु हुन्छ । मैले भन्दा बढी मेरी श्रीमतीले कमाएर घरमा ल्याउँछिन् । उनैले छोरीहरूको पढाईको जिम्मा लिएकी छिन् । त्यस्तो बेला, म राजनीति गर्ने मान्छेले, ‘तिमीले यो गर्न पाउँछौ। यो गर्न पाउँदिनौ भन्ने अधिकार मसँग छैन । मैले मेरो बारेमा निर्णय गर्न पाउँछु । उनीमाथि पनि मैले निर्णय गरेँ भने  त अधिनायक भए नी ?

प्रस्तुतीः सुदीप / सरिता

असार ६ गते, २०७२ - १४:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिवियाली जनतालाई गद्धाफीका ६ निशुल्क सेवा– विना व्याज रिणदेखि, सबैलाई घरसम्म

लिवियाली जनतालाई गद्धाफीका ६ निशुल्क सेवा– विना व्याज रिणदेखि, सबैलाई घरसम्म

एजेन्सी। लिबियाका पूर्वशासक जनरल मुअम्मर गद्दाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ। उनलाई विश्वकै तानाशाहका...   
एयर इन्डियाको विमानमा आगाे लाग्याे

एयर इन्डियाको विमानमा आगाे लाग्याे

नयाँ दिल्ली । एयर इन्डियाको विमानमा आगलागी भएको छ। दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको...   
‘नो ट्याक्स, नो एनसेल’ ! के हो ? एनसेलको कर प्रकरण ?

‘नो ट्याक्स, नो एनसेल’ ! के हो ? एनसेलको कर प्रकरण ?

काठमाडौं । हिजो आज सामाजिक संजालका भित्ताहरूमा ुनो ट्याक्स, नो एनसेलु नामको ह्यास ट्याग निकै चर्चामा...   
नेकपाका कान्छा जिल्ला अध्यक्ष कटुवाललाई ११ प्रश्न – ‘ युद्ध ! सुन्दै डरलाग्दो ! कसरी सम्झनुहुन्छ ?’

नेकपाका कान्छा जिल्ला अध्यक्ष कटुवाललाई ११ प्रश्न – ‘ युद्ध ! सुन्दै डरलाग्दो ! कसरी सम्झनुहुन्छ ?’

नेकपा एकतापछि विनोद कटुवाल उदयपुरका जिल्ला अध्यक्षमा चयन भएका छन् । सम्भवत ३२ वर्षका कटुवाल नेपालकै...   
लोकतन्त्र दिवस : भिक्षा होइन, हजारौंको बलिदानी र लाखौंको संकल्पको परिणाम

लोकतन्त्र दिवस : भिक्षा होइन, हजारौंको बलिदानी र लाखौंको संकल्पको परिणाम

काठमाडौं । जनताको बलसामु निरङ्कुश राजतन्त्रको केही सीप नचलेपछि २०६३ सालमा आजैका दिन तत्कालीन राजा...   

सन्दर्भ : लोकतन्त्र दिवस –यी हुन् जनआन्दोलनमा जिवन आुहति दिने शहिदहरु

काठमाडौं । आजभन्दा ठिक १३ वर्ष अघि आजैका दिन लोकतन्त्र स्थापित भएको थियो । माओवादी जनयुद्ध र जनयुद्धको...   
लोकतन्त्र पुनर्बहालीका १३ वर्ष पूरा, सहिदको सपना अधुरा

लोकतन्त्र पुनर्बहालीका १३ वर्ष पूरा, सहिदको सपना अधुरा

नयाँ पत्रिका दैनिकबाट सहिद सेतु विकका छोराको वीर अस्पतालमा उपचार गर्दा ६ लाख ऋण ०६२/६३ को जनआन्दोलनमा...   
एनआईसी एशियाको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

एनआईसी एशियाको नयाँ शाखा काठमाडौंको मनमैंजुमा

काठमाडौं । एनआईसी एशिया बैंक लि.को तारकेश्वर नगरपालिका वडा नं ११, काठमाडौंस्थित मनमैंजुमा शाखा विस्तार...   
मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

काठमाडौं । कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी...   
डडेलधुरामा बस दुर्घटना : ६ को मृत्यु, २ दर्जन बढी घाईते

डडेलधुरामा बस दुर्घटना : ६ को मृत्यु, २ दर्जन बढी घाईते

डडेल्धुरा । डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top