Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

चीन पुगेका बाबुरामको ‘वान–वेल्ट, वान–रोड’ बारे प्रबचन : के भने बाबुरामले ? पूर्ण पाठ

चीनको ग्वान्झाओमा भइरहेको \"21st Century Maritime Silk Road International Expo\" मा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले  ‘वान–वेल्ट, वान–रोड’ का विषयमा दिनुभएको व्याख्यानको नेपाली भावानुवाद \"baburam-chinainteraction-1140\"विगत दशकहरुमा एशिया सामाजिक(आर्थिक विकासमा पछाडि परेको थियो । तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दैछ । अब हामीले विश्वव्यापी रूपमा सोच्नुपर्दछ ( बिगतको सफलता र असफलताको घेरा भन्दा पर । एशियाले विश्वलाई हाँक्नको निम्ति, एशिया केन्द्रित विश्वव्यापी जडानलाई नै अहिलेको प्रमुख आवश्यकता मान्नुपर्ने हुन्छ । यस सन्दर्भमा चीनले पहल गरेको एक(पेटी(एक(मार्ग योजनाले एशियाली राष्ट्रहरुलाई जोड्न निक्कै योगदान पुर्याउनेछ । ‘एक–पेटी, एक–मार्ग’ योजनासँगसँगै समुद्री रेशम मार्गले एशियालाई बाँकी विश्वसित जोड्ने कार्यलाई थप वृद्धि गर्नेछ र सहज बनाउनेछ । यसले निश्चय नै एशियाका प्रत्येक देशलाई बृहत लाभ पुर्याउनेछ र कालान्तरमा यी एशियाका गौरव परियोजना बन्नेछन् । हिमाली भेगहरुलाई जोड्ने बहस उठाउँदा यो सधैं भौतिक प्रतिकूलतारबाधाहरुको बिषयसित टकराउने गर्दछ । तथापी इतिहासले हामीलाई अर्कै वास्तविकता देखाउँछ । विगतमा यही हिमाली भेगमा रेशम मार्गका हाँगाहरु सहित थुप्रै व्यापार मार्गहरु हुने गर्दथे जसले नेपाल हुँदै चीन र भारतलाई जोड्दथ्यो । अहिले पनि दुई उदाउँदा अर्थतन्त्र चीन र भारतबीच आर्थिक र भौतिक सम्बन्ध र तालमेल बढ्नु नै शक्तिको सबभन्दा ठूलो श्रोत हुनेछ । र मलाई गर्व छ कि म आफैं प्रधानमन्त्री हुँदा मैले नै भारत र चीनबीच नेपालले एउटा जीवन्त पूलको भूमिका निर्वाह गर्नुपर्दछ र गर्नसक्नेछ भन्ने बहसको शुरुवात गरेको थिएँ । अब भौगोलिक प्रतिकूलताको बिषयले हामीलाई अड्काइराख्न मिल्दैन । आधुनिक पूर्वाधार प्रविधिले हाम्रा सामु थुप्रै समाधानहरु पस्किसकेका छन् । अत्यन्त दुर्गम र निर्माण गर्न असम्भव ठानिएका स्थानलाई पनि आधुनिक रेल प्रविधिद्वारा कसरी जोड्न सकिन्छ भन्ने उदाहरण चिन्घाई–तिब्बत रेलमार्गले देखाइसकेको छ । त्यसकारण, रेल र राजमार्गद्वारा चीनको तिब्बत स्वायत्त क्षेत्र र नेपाललाई जोड्न र सम्भवतः भारतसम्म विस्तार गर्न० दुवै प्राविधिक र आर्थिक रूपले सम्भव छ । तसर्थ चीन–भारत–नेपाल आर्थिक करिडोरको कुरा गर्दा भौगोलिक प्रतिकूलताको पुरानै अवधारणा अब असान्दर्भिक भैसकेको छ । नेपाल र चीनबीच यातायात सम्बन्ध बढाउनुपर्ने विषय पारवहन खर्च कटौती गर्ने अथवा व्यापार वृद्धि गर्नेसित मात्र सम्बन्धित छैन । वास्तवमा यो त हिमाली भेगका दुवैपट्टिका क्षेत्रहरूको अर्थतन्त्रको मूलभूत संरचनामै महत्वपूर्ण सुधार ल्याउने बिषयसित गाँसिएको छ । चीन–नेपाल–भारतलाई जोड्दा विशाल आर्थिक बजार निर्माण हुने र यसले अभूतपूर्व स्तरको उत्पादकत्व, अन्वेषणरनवीनता, पर्यटकीय र साँस्कृतिक साँठगाँठ बढाउन सक्नेछ । भौतिक पूर्वाधार निर्माणको मामिलामा चीन अहिले विशाल अतिरिक्त पूँजी र क्षमताले युक्त छ । चीनसित विन(विन साझेदारी निर्माण गरेर केही विकासोन्मुख देशहरुले यसको फाइदा लिइसकेका छन् । जबकि नेपाल र दक्षिण एशियाका देशहरु आर्थिक वृद्धिको निम्ति यही भौतिक पूर्वाधार विकास गर्ने समस्या नै प्रमुख रूपमा देखा पर्दै आइरहेको छ । त्यसकारण, व्यापक पूर्वाधार विकास र तीब्र आर्थिक वृद्धिको निम्ति चीनसित भएको पूँजी र विशेषज्ञताको उपयोग गर्ने नीति अवलम्बन गर्नु नै बुद्धिमानी हुनेछ । यातायात प्रविधि र विधिहरुमा उल्लेखनीय प्रगति हुँदाहुँदै पनि प्रस्तावित नेपाल–चीन व्यापार मार्गको सम्भाव्यता र प्रतिस्पर्धात्मक क्षमताबारे केही आशंकाहरु अझै प्रकट हुने गरेका छन् । यस्ता आशंकाका प्रमुख श्रोत प्राविधिक र आर्थिक कुरा भन्दा पनि तथाकथित भूराजनीतिक संवेदनशीलता हुनेगरेको छ । भौतिक विकासले सामाजिक सोंच र चिन्तनमा परिवर्तन ल्याउँछू भनेझैं आधुनिक यातायात प्रविधिको आडमा चीन–नेपाल–भारत जोड्ने अभियानले थुप्रै रोचक र सुखद अप्रत्यासित परिवर्तन ल्याउन सक्नेछ र सायद भूराजनीतिक आशंकाहरु पनि निर्मूल पार्न सक्नेछ । अहिले एक्काइसौं शताब्दीमा एशियाली अर्थतन्त्रहरुले सामना गरिरहेको प्रमुख चुनौति भनेको गरीबी र बेरोजगारी हो । ‘एक पेटी, एकमार्ग’को पहलले विश्वव्यापी सम्बन्ध र जडान सुदृढ एवं फराकिलो बनाउने मात्र होइन, यसले संसारलाई नै अझ समृद्ध र शान्तिपूर्ण बनाउनमा मद्दत पुर्याउने छ । यस अर्थमा चीनले लिएको पहललाई स्वागत गर्नु र त्यसमाथि थप विकास गर्नु हाम्रो इच्छाको विषय मात्र नभई सम्पूर्ण एशियाली राष्ट्रहरुको निम्ति एउटा वाध्यता समेत हो । साझा समृद्धिको साझा लक्ष्यद्वारा नै एशियाले विश्वको अगुवाई गर्न सक्नेछ । हामी सबै यही साझा लक्ष्यप्रति प्रतिबद्ध बनौं । धन्यवाद ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending