Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

रुकुमकप फुटबलको उपाधी माछिमी युनाईटेडलार्इ

\"rukum-footbala-750\"रुकुम, १२ कात्तिक । रूकुमकप फुटबलको उपाधी माछिमी युनाईटेडले जितेको छ । बिहिबार भएको फाईनल खेलमा सिद्घ गुफा युवा क्लब सल्लेलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै माछिमीले उपाधी जितेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नियमित ९० मिनेटको समयमा दुबै टीमबाट कुनै गोल हुन नसकेपछि १५ मिनेटको अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउँमा गएको थियो । पेनाल्टीमा माछिमीका लागि कमल केसी, खुमबहादुर ढकाल, अजय खड्का र किरण केसीले गोल गरे । सिद्ध गुफाका कप्तान सुदिप चन्द र संकेत बुढाथोकीले गोल गर्न नसक्दा रमेश बोहोराले मात्र गोल गरेका थए । गतवर्ष पनि उपाधीका लागि यी दुई टीम विचमै प्रतिस्पर्धा भएकामा पेनाल्टी सुटआउटमै सिद्घ गुफा विजयी भएको थियो । विजेता माछिमीले ८० हजार नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उप विजेता सिद्घ गुफाले ५० हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनलमा पुग्ने रूक्मेणि मावि ए र प्रफि यातायातले २०÷२० हजार नगद प्राप्त गरेका छन् । यसैविच प्रतियोगीताको अनुशासित टीम झुल्खेत स्टेड घोषित भयो । त्यस्तै उत्कृष्ट खेलाडी माछिमी युनाईटेडका कमल केसी, युवा खेलाडी सिद्घ गुफाका संकेत बुढाथोकी, वेष्ट स्कोरर रूक्मेणि माविका सनम बुढाथोकी र वेष्ट डिफेण्डर पनि रूक्मिणिकै विकास थापा घोषित भए । वेष्ट गोल किपर माछिमी युनाईटेटका बिष्णु ओली बन्दा वेष्ट मिडफिल्डर पनि माछिमीकै किरण केसी बने । उत्कृष्ट खेलाडीले ५ हजार र अन्यले ३÷३ हजार नगद सहित ट्रफि हात पारे । एक कार्यक्रमका विच प्रतियोगीताको समापन गरिएको हो । संस्थाका अध्यक्ष सुबोधराज सिर्पालीको अध्यक्षतामा भएको स्थानिय विकास अधिकारी नरेन्द्र कुमार राणाको प्रमुख आतिथ्यता रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending