Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

भरतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने

\"pranab-mukherjee-the-president-of-india-will-not-cast-vote\"काठमाडौं, ११ कात्तिक । मुलुकमा एक मात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । सन् २०१४ मा सार्क सम्मेलनमा भाग लिन आउने पाहुनाको व्यवस्थापन गर्दा चार दिनसम्म विमानस्थल पूर्णतया प्रभावित भएको थियो । त्यसवेला धेरै यात्रुले आफ्नो उडान–तालिका परिवर्तन गरी टिकट रद्द गरेका थिए । अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हुने स–साना घटनाले पनि उडान–अवतरण प्रभावित हुने गर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक नेपाल भ्रमणको ‘भिभिआइपी उडान व्यवस्थापन’मा जुटेको छ । भ्रमण प्रारम्भ हुने मुख्य बिन्दु विमानस्थलबाटै मुलुकको पहिलो छवि झल्कने भन्दै विमानस्थल व्यवस्थापन त्यसको तयारीमा जुटेको हो । मुखर्जी १७ देखि १९ कात्तिकसम्म नेपाल भ्रमणमा आउँदै छन् । यस क्रममा दुई दिन सर्वसाधारणले भने सास्ती भोग्नुपर्नेछ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार राष्ट्रपति मुखर्जी आउने दिन १७ कात्तिकमा ४५ मिनेट विमानस्थल प्रभावित हुनेछ । सो दिन दिउँसो साढे १२ बजे राष्ट्रपति मुखर्जी नेपाल आइपुग्ने कार्यक्रम छ । तीनदिने नेपाल भ्रमणमा आउने राष्ट्रपति मुखर्जीको भारत फिर्ती हुने दिन १९ कात्तिकमा भने अन्र्तराष्ट्रिय विमानस्थल लगभग दिनभरि प्रभावित हुने छ । उक्त दिन मुखर्जी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट शुरुमा जनकपुर जाने कार्यक्रम छ । जनकपुरबाट पोखरा जाने र पोखराबाट काठमाडौं फिर्ता हुने कार्यक्रम छ । काठमाडौं आइसकेपछि राष्ट्रपतिको टोली नयाँदिल्ली प्रस्थान गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending