Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

विनोद चौधरीले चोरलाई थापेको पासोमा परेर गैंडा मरेपछि...

\"one_horned_rhino-750\"काठमाडौं, १० कात्तिक । अहिलेका सत्ताधारी कम्युनिष्ट पञ्चायतकालमा मच्चिइमच्चिई गाउँथे, ‘धनीलाई छँदै छ चइन, गरिबलाई चमेली लाग्दछ अइन ।’ नेपालकै सबभन्दा धनीको रुपमा विश्वचर्चित विनोद चौधरीको चितवन कसरास्थित सेभने स्टार होटलका पाहुनालाई राप्ती नदी सयर गराउन डुंगा बनाउँदै गर्दा गैंडा मरेपछि जेल सजाय तोकिएका भारतीय नागरिकको हकमा यो गीतको मर्म ठ्याक्कै मिल्न आउँछ । जनअास्था साप्ताहिकमा खबर छ– १५ भदौदेखि जंगलमा डुंगा बनाउन थालियो, १९ मा त्यो काम सकियो । २४ गते एउटा गैंडा म¥या । उक्त, होटलबाट बिजुली तानेर जंगलमा लगी दिनभर काठ खोप्ने र राति सामान चोरी होला भनेर नांगो तार त्यत्तिकै छाड्ने गरिएको रहेछ । त्यसैमा अल्झिएर विश्वमै दुर्लभ र संरक्षित एकसिंगे गैंडा मरेपछि वेल्डर, इलेक्ट्रिसियन, प्लम्बर, हात्तीका माउतेलाई समातेर मुद्दा चलाइएको थियो । यस प्रकरणमा बहस गर्न होटलका म्यानेजर रितेश भट्ट र प्रकृतिविद् दीपु शशिको तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, सुशिल पन्त चितवन झरे । पुनरावेदनको निम्ति हेटौंडासम्म पनि पुगे । मुद्दा चल्यो ९ जनामाथि । १ जनालाई धरौटी र ४ जनालाई तारेखमा छाडेर जिल्ला अदालतले दुई भारतीयसहित नेपालीका दुई छोरा (जीवन र सुनील महतो) लाई मात्र पुर्पक्षका निम्ति जेल हाल्ने निर्णय सुनायो तर, विडम्बना गरिबका सन्तान हुनुको फलस्वरुप दुई नेपाली छोरा जेलमा छन् भने भारतीय नागरिकलाई एक रात पनि थुनामा नपठाई दूतावासको दबाव र पैसाको प्रभावमा एउटाको किड्नी र अर्कोको फोक्सो खराब भन्ने नक्कली मेडिकल रिपोर्ट बनाएर अस्पतालमै बस्ने सुविधा मिलाइएको छ । दशैं–तिहारको छुट्टीमा समेत घर नगई पाँच जना प्रहरी तिनको सुरक्षतर्थ तैनाथ छन् । अघिल्लो बिहीबार दिनभर बहस सुनेर तथा भएभरका कागजात अध्ययन गरेर पनि निश्कर्षमा पुग्न नसकी पुनरावेदन अदालत हेटौंडाका न्यायाधीशद्वय बाबुराम रेग्मी र वीरेन्द्र कर्णले मुद्दाको मिसिल झिकाउने आदेश जारी गरेका छन् । संरक्षित वन्यजन्तु कसैको लापरबाहीले मरे ५ देखि १५ वर्षसम्म कैदको प्रावधान छ । अझ विदेशीको हकमा त ६ महिनाको निम्ति मात्र सजाय पाए पनि जेल जानै पर्ने नियम छ । तर, यी दुईको हकमा नेपालमा स्थायी बसोबास नगर्ने हुनाले उन्मुक्ति दिइनुपर्छ भन्ने धनी चौधरीहरुको जिकिर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending