Ntc summer Offer
Khabar Dabali २६ माघ २०८१ शनिबार | 8th February, 2025 Sat
Investment bank

एन्फाको नेतृत्व कसको पोल्टामा ? छिनोफानो आज

\"anfa\"काठमाडौं, ८ कात्तिक । अखिल नेपाल फुटवल संघ (एन्फा)मा गणेश थापाले २० वर्षदेखि एकछत्र राज गरे । एकछत्र रुपमा थापाले राज गरेकै कारण एन्फा भनेकै थापाको निजी क्लव जस्तो मानिँदै आएको थियो । एन्फामा एकलौटी गर्दै आएका थापाले संस्थाको दुरुपयोग गर्ने काम गर्दै आएको कुरा विश्व फुटवल महासंघ फिफले प्रमाणित गरिदयो । फिफाले तत्कालिन अध्यक्ष गणेश थापालाई निलम्बन गर्दै तत्काल निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्न दबाब दिएपछि सोमवार औपचारिक रुपमा नयाँ नेतृत्व चयन हुँदैछ । एन्फाको हरेक वर्ष हुने साधारणसभाबाट थापाले स्वघोषित अध्यक्ष हुँदै आएका थिए । औपचारिकतामा सीमित हुने साधारणसभामा यसपटक भने नेतृत्वका लागि निर्वाचन नै हुँदैछ । आगामी एक वर्षका लागि हुने नेतृत्वका लागि वर्तमान कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र कर्माछिरिङ शेर्पा प्रतिष्पर्धी छन् । उपाध्यक्ष पदका लागि तीन जना प्रतिपष्र्धी छन् । मणि कुँवर, दीपक खाती र उपेन्द्रमान सिंह प्रतिपष्पर्धी छन् । कुवँर श्रेष्ठ खेमाका हुन् भने खाती शेर्पा खेमाका हुन् । स्वतन्त्र खेमाका सिंह राष्ट्रिय टोलीका पूर्व कप्तान हुन् । आफूलाई संस्थापन पक्षको बताएका श्रेष्ठले एन्फाका निलम्बित अध्यक्ष थापाकोसमेत साथ छ । श्रेष्ठ र शेर्पा दुबै कांग्रेस निकट मानिन्छन् । तर शेर्पालाई नेपाली कांग्रेसले औपचारिक रुपमै सघाएको छ । एन्फाको ४५ मध्ये अधिकांश जिल्लाको कांग्रेसको नेतृत्व रहेको छ भने अन्य क्लवहरुमा पनि कांग्रेसकै बाहुल्यता छ । एक वर्षदेखि एन्फाको कार्यवाहक अध्यक्षको रुपमा कार्यरत श्रेष्ठले न्यु रोड टिम (एनआरटी) बाट २०२८ सालदेखि ०३२ सालसम्म व्यावसायिक फुटबल खेलेका थिए । उनी आफ्नो खेल जीवनमा राष्ट्रिय टोलीमा नपरे पनि १९७२ मा थाइल्यान्डमा भएको एक आमन्त्रण प्रतियोगितामा सहभागिता हुने मौका पाएका थिए । उनी खेलाडी जीवन छाडेपछि फुटवल क्लवको नेतृत्व गर्दै आएका थिए । एनआरटीको झण्डै ७ वर्ष अध्यक्ष सम्हालेका श्रेष्ठले एन्फाको दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिवको अनुभव पनि संगाल्ने मौका पाएका थिए । शेर्पा भने एन्फाका तत्कालिन अध्यक्ष थापासँगै सुँगुरी खेल्दै आएका ब्यक्ति हुन् । थापाविरुद्धको आन्दोलनमा उनले नै नेतृत्व गर्दै आएका शेर्पा एन्फाको विवादका बेला उपाध्यक्ष भएका थिए । हिमालयन शेर्पा क्लवका संस्थापक शेर्पाले क्लवको नेतृत्व गरेकैबेला क्लवलाई सीबाट बी डिभिजन हुँदै ए डिभिजनमा उक्लिएको थियो । एन्फा उपाध्यक्ष हुँदा थापाको विरोध गरेकै कारण शेर्पालाई निलम्बितसमेत गरिएको थियो । एन्फाको साधारणसभामा ४५ जिल्ला, १२ वटा ए डिभिजन, ५ वटा बी डिभिजन ३ वटा सी डिभिजन, महिला फुटवल संघ, रेफ्रि संघ, खेलाडी संघका गरी १ सय ८८ प्रतिनिधि छन् । सहभागी मध्ये ६७ जनाले मात्रै मतदान गर्न पाउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy