Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

रुकुमको सर्वाधिक धनराशीको रुकुमकप फुटबल प्रतियोगीता सुरु

\"rukum_cup-1-750\"रुकुम, ७ कात्तिक । रुकुम जिल्लाको सर्वाधिक धनराशीको रुकुम कप फुटबल प्रतियोगीता आजबाट सुरु भएको छ । समृद्ध समाज नेपाल रुकुमले आयोजना गरेको प्रतियोगीताको जिल्ला विकास समिति रुकुमका योजना अनुगमण तथा प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाईले उद्घाटन गरेका हुन् । रुक्मेणि सहिद स्मृति रंगशाला रुकुमकोटमा आजबाट सुरु भएको प्रतियोगीतामा जिल्लाका ११ ओटा फुटबल समुहले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगीतामा सहभागी समुहलाई ४ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा रुक्मेणी उच्च मावि सी समुह, देउराली युवाक्लव र माछिमी युनाईटेड रहेका छन् । समुह ‘वि’ मा समाज सुधार तथा व्यवस्थापन समिति चौरजहारी, वाईसिएल रुकुमकोट र प्रफि यातायात प्रालि खलंगा, समुह ‘सी’ मा सचेत युवा क्लव चौरजहारी, रुक्मेणि उच्च माविको ए र वि तथा समुह ‘डी’ मा सिद्ध गुफा युवा क्लव सल्ले र झुल्खेत स्टेड क्लव परेका छन् । \"rukum_cup-3-750\"कार्तिक ११ गतेसम्म संचालन हुने प्रतियोगीताको विजताले ८० हजार नगद, कप, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेताले ५० हजार नगद सहित कप प्राप्त गर्दा सेमिफाईनलसम्म पुग्ने २ टिमलाई २०÷२० हजार नगद प्रदान गरिने छ । प्रतियोगीतामा बेष्ट प्लेयर, बेष्ट स्कोरर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र वेष्ट योङ प्लेयर पनि छनौट गरिने छ । बेष्ट प्लेयरलाई ५ हजार तथा अन्यलाई जनहि नगद ३÷३ हजार प्रदान गरिने छ । पहिलो संस्करणमा क्लव देखी खेलाडी सबै जिल्लाका मात्र हुनुपर्ने प्रावधान रहेकामा यो पटक टिम जिल्लाको हुनुपर्ने तर खेलाडी जिल्ला बाहिरका पनि आवद्ध गर्न पाईने आयोजकले नियम बनाएको छ । गत वर्षको विजेता शिद्ध युवा क्लव सल्ले हो । आज एक कार्यक्रमका विच प्रतियोगीताको उद्घाटन गरिएको हो । समृद्ध समाज नेपाल रुकुमका अध्यक्ष सुवोधराज शेर्पालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका योजना अनुगमण तथा प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाईको प्रमुख आतिथ्यता रहेको थियो । \"rukum_cup-4-750\"त्यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष खड्क वहादुर डाँगी, पत्रकार महासंघका उपाध्यक्ष आदर्श केसी, रुक्मिणि मावि रुकुमकोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवचन्द्र समाल, रुक्मिणि वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वसन्त श्रेष्ठ, इलाका प्रहरी कार्यालयका इन्चार्ज हरकसिंह बिष्ट लगाएतको पनि आतिथ्यता रहेको थियो । समृद्ध समाज नेपालका कार्यालय प्रमुख नामेन्द्र सुनारको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको संचालन संस्थाका सदस्य जीवन केसीले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending