Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

टुबोर्ग फुटबल प्रतियोगिता सुरु

[caption id=\"attachment_97067\" align=\"aligncenter\" width=\"750\"]\"फार्इल फार्इल तस्वीर[/caption] चितवन, १ कार्तिक । नारायणगढको क्याम्पाचौरमा आजदेखि टुबोर्ग विकास रनिङ सिल्ड फुटबल नकआउट प्रतियोगिताको १२औँ संस्करण सुरु भएको छ । यो प्रतियोगितामा भारतका चारसहित १५ वटा टोलीले स्पर्धा गर्नेछन् । आज पहिलो दिन चितवन ११ र हिमालयन युथ क्लब कैलालीबीच खेल हुँदैछ । कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक विकास सिल्ड समितिका प्रचारप्रसार संयोजक सिद्धार्थलाल चुकेले बताउनुभयो । क्याम्पाचौर मैदानमा तीन हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगितामा भारतको सिवाङ, सिक्किम, कालिम्पोङ, र खर्साङ टोली सहभागी हुँदैछन् । नेपालबाट थ्रिस्टार क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, मनाङ मस्र्याङ्दी क्लब, विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल सहभागी छन् । त्यस्तै मोरङ फुटबल क्लब, झापा–११, हिमालयन स्पोर्टस क्लब, सहारा क्लब पोखरा, सुदूरपश्चिम, हिमालयन शेर्पा क्लब र चितवन ११ सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले तीन लाख नगद र रनिङ सिल्ड पाउनेछन् । त्यस्तै उपविजेताले एक लाख ५० हजार र प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई १०÷१० हजार नगद पुरस्कार दिइने चुकेले बताउनुभयो । त्यस्तै ‘फेयर प्ले अवार्ड’का रुपमा ट्रफीसहित २५ हजार नगद प्रदान गरिनेछ । ‘म्यान अफ टुर्नामेन्ट’का रुपमा नगद २५ हजार र सर्वाधिक गोलकर्तालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । हरेक दिनको खेलमा पाँच हजार दर्शक भित्रने अपेक्षा आयोजकको छ । क्वार्टर फाइनल अघिका खेलमा एकसय र दुई सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ भने क्वार्टर फाइनलमा एक सय ५० र दुई सय ५० रुपैयाँ एवम् फाइनलमा दुई सय र तीन सय रुपैयाँ राखिएको छ । खेल सम्पन्न गर्न ६७ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिता १६ वर्षपछि हुन लागेको हो । युवा पुस्ताको सक्रियतामा पुनः खेल सुरु हुन लागेको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending