Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पार्किङस्थलको आभावमा वीरगन्ज कुरुप बन्दै

वीरगन्ज २९ असोज । सवारी साधन पार्किङ गर्ने स्थान व्यवस्थित नहँुदा आर्थिक एवम् व्यापारिक नगरी वीरगन्ज कुरुप बन्दैगएको छ । व्यवस्थित पार्किङस्थलको आभावमा जथाभावी गाडी पार्किङ गर्नाले यहाँका सर्वसधारण तथा वीरगन्जमा आउने यात्रु समेत समस्यामा पर्ने गरेका छन् । सवारी साधन पार्किङ गर्नेस्थल नभेटिएपछि याताउती भौतारिरहेका छौं, टाटा सोमु गाडी लिएर वीरगन्ज आएका भारत विहार सीतामढी नरहाका गीरधारी गुप्ता भन्छन् “जथाभावी पार्किङ गराँै भने ट्राफिक प्रहरीले कारबाही गर्ने डरले सीमा क्षेत्रमै गाडी छोडेर बीरगन्ज आएका छौ” । बीरगन्ज अव्यवस्थित सहरको रुपमा देखिएको छ । सहरको मुख्य भाग घन्टाघर, मीनाबजार, माइस्थान, आदर्शनगर र अस्पताल चौक भरिभराउ भएको तथा ‘ई’ रिक्सा, रिक्सा र मोटरसाइकल अवरोधका कारणले ट्राफिक जाम हुने समस्या यहाँ व्याप्त रहेको छ । दैनिकजसो काम विशेषले आउने सेवाग्राहीको भिड हुने ठाउँमा सवारी सधान पार्किङ गर्नेस्थल नहँुदा जथाभावी पार्किङ गर्नाले बाटो अवरोध हुने गरेको छ । खास गरेर ‘ई’ रिक्सा जथाभावी पार्किङ गर्नाले सडक जाम हुने गरेको सर्वसधारण तथा साना सवारी सधानलाई हिड्न समेत अप्ठ्यारो हुने गरेको स्थानीयवासीको गुनासो छ । बजार क्षेत्रमा पार्किङस्थल नभएका कारण अव्यवस्थित हुनुका साथै बजारमा समान किन्न आउनेले पसल अगाडी नै सवारी सधान पाकिङ गर्नाले सर्वसधारणलाई मर्का पर्ने गरेको छ । व्यवस्थित पाकिङस्थलको आभावमा जथाभावी सवारी साधन राख्नाले आर्थिक नगरी वीरगन्जको सौन्दर्य मासिदै गई कुरुप बन्दै गएको हुँदा व्यवस्थित पार्किङस्थल निर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending